वीरगंज (पर्सा), १६ असोज । प्रहरीले भन्सार छली चोरी पैठारी गरी ल्याएको विभिन्न किसिमका सामानहरु बरामद गरेकाे छ । जिल्ला प्रहरी कार्यालय अर्न्तगतका प्रहरी कार्यालयबाट मंगलबार रु ३ लाख २३ हजार ३ सय पन्चान्वे बराबरकाे भन्सार छली चोरी पैठारी गरी ल्याएका समानहरु बरामद भएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।
सर्टिङ थान कपडा १२४ मिटर, कुर्ता सुरवाल ४८ पिस, सलको थान कपडा २४० मिटर, चामल ६ बोरा, चिनी ७७ के.जी., रेडबुल ८८ पिस, ग्याँस सिलिण्डर ३ थान, ग्याँस चुल्हा २ पिस, केराउ ५० के.जी., चक्लेट-२६४ प्याकेट, प्याज १८९ के.जी लगायतका सामानहरु बरामद गरिएकाे प्रवक्ता थापाले वताए ।
बरामद सामानहरु आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा पठाइएको प्रवक्ता थापाले प्रेस विज्ञप्ती मार्फत सार्वजनिक गरेका छन् ।
प्रतिक्रिया दिनुहोस् !