वीरगंज (पर्सा), १६ असोज । भारतबाट तस्करी गरी ल्याइएको २३ क्विन्टल केराउ वीरगंजबाट प्रहरीले बरामद गरेको छ । वीरगंज महानगरपालिका १६ रेल्वे रोडमा अजय साहले सञ्चालन गरेको जय माँ गल्ला किराना स्टोर्समा प्रहरीले छापा मारेर २३ क्विन्टल २५ केजी केराउ बरामद गरेको हो ।
गोदाममा अनधिकृत रूपमा भण्डारण गरेर राखिएको ९३ बोरा केराउ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाले जानकारी दिए । बरामद केराउको बजार मूल्य २ लाख ७९ हजार रुपैयाँ रहेको डिएसपी थापाले बताए ।
डिएसपी थापाका अनुसार बरामद केराउ थप अनुसन्धानका तथा कारबाहीको लागि सोमबार नै वीरगंज भन्सार कार्यालयमा बुझाइएको छ ।
प्रतिक्रिया दिनुहोस् !