Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

छिपहरमाई गाउँपालिका अध्यक्ष र अधिकृतको बद्मासी, इन्धन र डिपिआरमा मात्रै एक करोड उडाए

निर्माण नै नभएको योग तथा भजन आश्रम डिपिआर, इन्धन एवं विविध खर्चमा मात्रै एक करोड बढि रकम सिध्याए

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज १४, २०८०
छिपहरमाई गाउँपालिका अध्यक्ष र अधिकृतको बद्मासी, इन्धन र डिपिआरमा मात्रै एक करोड उडाए

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), १४ असोज । पर्साको छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ताको भ्रष्टाचारको पोल विस्तारै खुल्दै गएको छ । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहलाई रबर स्टाम्पको रुपमा प्रयोग गरेको गरेको भ्रष्टाचारको पोल महालेखा परीक्षकको लेखा परीक्षण प्रतिवेदनबाट पुष्टि भएको छ । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहको मिलोमतोमा अध्यक्ष गुप्ताले आ.व. २०७८/०७९ मा कामै नभएको मात्र ३ वटा शिर्षकमा एक करोड भन्दा बढि रकम उडाएका छन् ।

अध्यक्ष गुप्ता र प्रमुख प्रशासकीय अधिकृत साहले योग तथा भजन आश्रम निर्माणको लागि डिपिआर तयार, इन्धन तथा विविध खर्चमा मात्रै १ करोड ३ लाख ३० हजार ८५२ रुपैयाँ उडाएका छन् । उनीहरुले योग तथा भवन आश्रम निर्माणको लागि डिपिआर तयारको लागि १६ लाख ६८ हजार २५२ रुपैयाँ खर्च गरेका छन् भने इन्धनमा ६९ लाख ६५ हजार ६०० रुपैयाँ उडाएका छन् । यसैगरि विविध खर्चको नाममा १६ लाख ९७ हजार रुपैयाँ खर्च गरेका छन् ।

डिपिआर तयारको नाममा साढे १६ लाख बढि रुपैयाँ खर्च भएको छ जबकी डिपिआर तयारी नै भएको छैन । महालेखा परीक्षण प्रतिवेदनले गाउँपालिकाले गो.भौ.नं. १९७।०७८।७।१७ बाट विनिता इन्जिनियरिङ्ग प्रा.लि.लाई योग तथा भजन आश्रम निर्माणका लागि डिपिआर निर्माण वापत रु १६,६८,२५२।- भुक्तानी गरेको छ । गाउँपालिकाले उक्त कार्यको लागि लागत अनुमान तयार नगरेको, उक्त कार्यको लागि आवश्यक विशेषज्ञतासम्बन्धी कागजात पेश नभएको, उक्त संस्थाले पेश गरेको खर्चको तेरिजमा रहेको पारिश्रमिक तथा अन्य लागतको आधार पुष्टी हुने कागजात समेत पेश नभएको, उक्त भवन निर्माणको लागि हालसम्म कुनै बजेट विनियोजन नभएको, कुनै कार्य समेत नभएको, दर्ता किताब पेश नगरेको, शिलबन्दीको लागि सूचना प्रकाशन गरेको विवरण समेत पेश नभएको तथा डिपिआर दाखिला समेत नगरेको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यसरी कामै नगरी साढे १६ लाख रुपैयाँ बढि खर्च गरिएको छ, त्यो पैसा कागज बनाएर मात्रै भ्रष्टाचार भएको पुष्टि भएको छ । भ्रष्टाचारमा चतुर मानिएका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतले अध्यक्ष गुप्ताको इसारामा खुलेयाम भ्रष्टाचार गरेको लेखा परीक्षण प्रतिवेदनबाट पुष्टि हुँदा समेत सम्बन्धित निकाय मौन रहँदा अध्यक्ष गुप्ताको राजनीति संरक्षण पनि तैनाथ रहेको बुझिन्छ । यि त उदाहारण मात्रै हुन्, यस्ता विविध शिर्षकमा गुप्ताले करोडौं लुटेका छन् । गाउँपालिकाको बजेटलाई धुँवा जस्तो उडाएर विभिन्न शिर्षकमा कमिशन कुम्ल्याई करोडौं कतुत सम्पत्ति कमाएका छन् । उनको भ्रष्टाचारको पोल विस्तारै खुल्दै गएको छ ।

अब इन्धन खर्चको कुरा गरौं, गाउँपालिकाले इन्धन खर्चमा मात्रै करिब ७० लाख रुपैयाँ धुवाँमा उडाएका छन् । इन्धन खर्चमा बार्षिक ७० लाख रुपैयाँको हाराहारीमा बजेट उडाउने प्रमुख प्रशासकीय अधिकृतको रुपमा देवनाथ साह चिनिन्छन् । उनी जुन पालिकामा गएपछि उनको इन्धन खर्च मात्रै बार्षिक करिब ७० लाख रुपैयाँ हुन्छ । उनी सखुवाप्रसौनी गाउँपालिकामा हुँदा पनि करिब ६५ लाखको हाराहारीमा इन्धनमा मात्रै बजेट उडाएको समाचार यसै अनलाइनले सार्वजनिक गरेको थियो ।

गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले आ.व. २०७८/०७९ मा इन्धनमा मात्रै  ६९ लाख ६५ हजार ६०० रुपैयाँ खर्च गरेका छन् । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको लेखा परीक्षण प्रतिवेदनमा इन्धन खर्चको मापदण्ड तयार नै नगरि सवारी साधन अनुसार बार्षिक इन्धन खर्च र उपयोगको विवरण खुल्नेगरि अभिलेख समेत नराखी अन्धाधुन्धा इन्धन खर्च गरिएको उल्लेख गरिएको छ । जबकी कार्यालयमा चारपाँग्रे गाडी २ वटा, एम्बुलेन्स १ वटा, ट्याक्टर २ वटा, जेसिबी १ वटा तथा मोटरसाइकल २१ वटा प्रयोगमा छन् । स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधा सम्बन्धी ऐन, २०७७ अनुसूचि (क) मा गाउँपालिका प्रमुखलाई प्रतिमहिनाका दरले १०० लिटर इन्धन सुविधा दिने व्यवस्था छ, जस अनुसार बार्षिक १२०० लिटर, कार्यालय प्रमुखले चढ्ने चारपाँग्रे गाडीलाई पनि बार्षिक १२०० लिटर तथा मोटरसाइकललाई प्रतिमहिना १० लिटरको दरले २ हजार ५२० लिटर इन्धन खर्च गर्नुपर्ने हुन्छ तर यहाँ ऐन नियमलाई धज्जी उडाउँदै अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले आफ्नो निजी सम्पत्ति सरह इन्धनको नाममा पालिकाको करिब ७० लाख रुपैया उडाएका छन् ।

यसैगरि विविध खर्चको नाममा आफ्नो कार्यकर्ताहरुलाई सप्लायर्स मार्फत पालिकाबाट लाखौं रकम भुक्तानी गरिएको छ । महालेखा परीक्षकण प्रतिवेदन अनुसार आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३९(५) अनुसार खर्चको पुष्ट्याई हुने प्रमाण, कागजात संलग्न गरेर मात्रै खर्च लेख्नुपर्ने व्यवस्था छ । गाउँपालिकाले यो वर्ष विविध खर्च वापत रु १६ लाख ९७ हजार खर्च गरेको छ । विभिन्न समयमा खाना खाजामा खर्च गरेको रकमको बिल पेश भएको गरेतापनि खर्च गर्नुपर्ने आधार स्पष्ट हुने कागजात नदेखिएको उल्लेख गरिएको छ । यसबाट पनि अध्यक्ष गुप्ता र प्रमुख प्रशासकीय अधिकृत साहले गरेको भ्रष्टाचार पुष्टि हुन्छ ।

अध्यक्ष र अधिकृत दुबै मिली कमिशनको लागि पालिकाको बजेटलाई धुँवा जस्तो उडाएका छन् । नियम विपरित लाखौं रकम खर्च गरेका छन् । विभिन्न शिर्षकमा खर्चको नाममा उनले कमिशनको लागि धमाधम रकम निकाशा गरेको पाइएको छ । दुधको साक्षी विरालो भएझै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहले भ्रष्टाचारमा पूर्ण रुपमा खुलेर सघाएका छन् । आर्थिक वर्ष २०७८।०७९ मा मात्रै महालेखा परीक्षकको कार्यालयले छिपहरमाई गाउँपालिकाको बेरुजु रकम २ करोड ६४ लाख ७६ हजार ८६३ रुपैयाँ बेरुजु देखाएको छ । यसबाट पनि अध्यक्ष र अधिकृतले गरेको भ्रष्टाचार छताछुल्ल भएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

एल.एस. न्युरो एण्ड जनरल अस्पतालमा ५७ जनाद्वारा रक्तदान, १७ महिला सहभागी

एल.एस. न्युरो एण्ड जनरल अस्पतालमा ५७ जनाद्वारा रक्तदान, १७ महिला सहभागी

असार २०, २०८३
आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि