Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

विद्युत चोर्ने दलका नेताहरुले दिए कर्मचारीलाई हात भाँचिदिने धम्की

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज १३, २०८०
विद्युत चोर्ने दलका नेताहरुले दिए कर्मचारीलाई हात भाँचिदिने धम्की

गौर (रौतहट), १३ असोज । रौतहटमा विद्युत चोरी रहेको अवस्थामा विद्युत प्राधिकरणले फेला परेर कारवाही प्रक्रिया अगाडि बढाएपछि माओवादी केन्द्रका नेताहरुले विद्युत प्राधिकरणका कर्मचारीहरुलाई धम्की दिएका छन् । विद्युत प्राधिकरणले मिटर छड्के जाँच गर्दा जिल्लाको वृन्दावन नगरपालिका वडा नम्बर ३ का रामप्रसाद पटेलको घरमाबाट मिटर बेपता पारी सर्भिस केवलबाट सोझैं जडान गरी मोटर, पंखा बती लगायत अन्य विद्युतिय उपकरणहरु चलाइरहेको अवस्थामा फेला पारिएको चन्द्रनिगाहपुर वितरण केन्द्रका प्रमुख धिरेन्द्र कुमार यादवले बताए । पटेल माओवादी केन्द्रबाट गत स्थानीय तहको निर्वाचनमा वृन्दावन नगरपालिकाका नगर प्रमुखका प्रत्यासी हुन् ।

नेता पटेलले उनको घरमा शंकर राउतको नाममा ग्राहक नम्बर ००९१५०७३ जडान रहेको मिटर बिगारेर चोरी गरेको फेला परेपछि सो घरमा रहेका विद्युतिय सामाग्रीहरु खोलेर केन्द्रमा ल्याउँदा पटेल र सोही नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष सिकिन्दर पटेलले असोज ११ गते बिहिबार ४०–४५ जना मानिसहरु ल्याएर कार्यालयमा आफ्नो कार्यकक्षमा कर्मचारीहरुलाई तथानाम गाली गलौज गरी आफुलाई हातपात गर्न खोजेको वितरण केन्द्रका प्रमुख यादवले बताए ।

‘उनीहरुले मलाई हातपातको प्रयास गर्नुका साथै अबदेखी चुहावटमा कारवाही भयो भने कर्मचारीहरुको हातसात भाचिदिने धम्की दिएका छन्,’ उनले भने, ‘यस्तो असुरक्षित र त्रासको वातावरणमा काम गर्न सकिदैन् । हामीलाई सुरक्षा चाहियो ।’ पटेलले आफुलाई ५ दिनभित्र सरुवा गर्ने धम्की दिएको यादवको भनाइ छ। उनले मान्छेहरुले जतिसुकै दवाव र धम्की दिएपनि आफुहरुको चुहावट नियन्त्रण र चुहावट गर्नेहरुलाई कारवाही गर्ने अभियान कुनै पनि हालतमा नरोकिने बताउँदै दोषी उपर कारवाहीको माग गरे ।

विद्युत चोरी गर्नेहरुले गल्ती महसुष गर्नुको सट्टा उल्टै कर्मचारीहरुलाई तर्साउने, धम्की दिने , आक्रमण प्रयास गर्ने गरेकाले आफुहरु असुरक्षित वातावरणमा काम गर्न नसक्ने भन्दै सुरक्षाको माग गरेर इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा निवेदन दिएका छन् । निवेदनमा वडाध्यक्ष पटेलले यस अघिपनि बारम्बार चुहावट कारवाही हुँदा सो कार्यालयमा आई आफ्नो अनुकूल जरिवाना तोक्न लगाउने र कर्मचारीले नमानेमा धम्कीदिने गर्ने गरेको उल्लेख छ ।

यता राम प्रसाद पटेलले भने आफु सो घरमा धेरै नबस्ने हुँदा घरमा विद्युत चोरी भ‌एको विषयमा आफु जानकार नभ‌एको र प्राधिकरणमा आफु धम्की दिन नभ‌इ घटना बारे बुझ्न ग‌एको जिकिर गरे ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

भोटेकोशी बाढीपछि वीरगंज नाकामा आयातको चाप, दैनिक ७० प्रतिशतले बढ्यो राजस्व

भोटेकोशी बाढीपछि वीरगंज नाकामा आयातको चाप, दैनिक ७० प्रतिशतले बढ्यो राजस्व

भदौ २५, २०८३
वीरगंज महानगरले मलको मूल्य बढायो, वडाध्यक्षकै विरोध ‘किसानमाथि थप भार नथपौं’

वीरगंज महानगरले मलको मूल्य बढायो, वडाध्यक्षकै विरोध ‘किसानमाथि थप भार नथपौं’

भदौ २५, २०८३
कलैया अस्पतालको एक्सरे मेसिन ठप्प, बिरामी निजी क्लिनिकमा धाउन बाध्य

कलैया अस्पतालको एक्सरे मेसिन ठप्प, बिरामी निजी क्लिनिकमा धाउन बाध्य

भदौ २५, २०८३
वीरगंजमा भाईरल रोगका बिरामीमा कोरोना संक्रमण पुष्टि

नारायणी अस्पतालमा ५० शव अट्ने शवगृह बन्दै, विपद्मा शव व्यवस्थापन सहज हुने

भदौ २५, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि