Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

स्वास्थ्य क्षेत्रमा देखिएको समस्या समाधानको लागि सरकार प्रयासरत छ : स्वास्थ्यमन्त्री बस्नेत

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज १३, २०८०
स्वास्थ्य क्षेत्रमा देखिएको समस्या समाधानको लागि सरकार प्रयासरत छ : स्वास्थ्यमन्त्री बस्नेत

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), १३ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले नारायणी अस्पताल विकासको लागि स्वास्थ्य मन्त्रालय सकारात्मक रहेको बताएका छन् । नारायणी अस्पताल स्थापनाको १३१ औं बर्षको अवसरमा आयोजित प्रथम बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले नारायणी अस्पताल सहित देशभरिकै स्वास्थ्य क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्न आफू लागि परेको बताएका हुन् ।

चिकित्सकहरुको दरबन्दी अभावको कारण मुलुकभरि नै स्वास्थ्य क्षेत्रमा समस्या देखिएकोले यसतर्फ सरकार गम्भिर रहेको भन्दै केही दिनदेखि स्वास्थ्यकर्मीमाथि भइरहेको आक्रमणप्रति पनि सरकार गम्भिर रहेको र केही स्थानमा चिकित्सकहरुमाथि भएको आक्रमणको घटनामा संलग्नलाई आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइसकिएको बताए । उनले स्वास्थ्यकर्मीहरुको सुरक्षाको ग्यारेन्टीको लागि गृहमन्त्रालयबाट नै ७७ जिल्लामै सर्कुलर जारी भइसकेको जानकारी गराउँदै नारायणी अस्पतालमा किड्नी ट्रान्सप्लान्ट, अस्पतालको भौतिक संरचनाको विकास, पोखरिया अस्पतालको विकासमा आफू गम्भिर रहेको बताए ।

राजनीति भन्दा पनि सामाजिक कार्यमा आफू बढि सक्रिय रहेको कारण स्वास्थ्यमन्त्रीको कार्यभार सम्हालेदेखि नै यस क्षेत्रमा देखिएको समस्या समाधानको लागि गृहकार्य गरि रहेको बताए । उनले स्वास्थ्य क्षेत्रमा वीरगंजमा मात्रै होइन, देशभरिनै समस्या देखिएको छ, तत्कालको लागि ३ हजार भन्दा बढि चिकित्सक तथा २९ हजार भन्दा बढि स्टाफ नर्सको आवश्यकता छ, तर दरबन्दी पुरा हुन सकेको अवस्था छैन, जसले गर्दा सर्वसाधारणहरुको उपचारमा समस्या भइरहेकोले दरबन्दी अभावलाई पुरा गर्न स्वास्थ्य मन्त्रालय लागि परेको बताए ।

नारायणी अस्पताल विकासको लागि करिब डेढ अर्वको योजना सर्वोच्च अदालतमा अड्किएको छ, यसलाई अन्तिम नतिजासम्म पुर्‍याउन हरसम्भव प्रयास गर्ने मन्त्री बस्नेतले प्रतिबद्धता जनाए । त्यसको साथसाथै नारायणी अस्पतालमा उपकरणको अभाव छ, यसलाई पनि समाधान गर्न सरकारको तर्फबाट उपकरण उपलब्ध गराउने प्रतिबद्धता जनाए । उनका अनुसार दरबन्दी अभावले गर्दा एकजना चिकित्सकले ४ जनाको काम गर्नुपरेको अवस्था छ, जसले गर्दा विरामीले सन्तोषजनक उपचार पाउन नसकेको आफूलाई अवगत रहेको भन्दै सबैभन्दा पनि दरबन्दी बढाउन सरकारले पहल गर्ने विश्वास दिलाए ।

‘शिक्षा र स्वास्थ्यमा व्यापार नगरौं’ भन्ने हामी नारा लगाउँछौं तर कार्यान्वयनमा ल्याउँदैन, यही सबैभन्दा ठूलो समस्या हो भन्दै मन्त्री बस्नेतले शिक्षा र स्वास्थ्यमा देखिएको व्यापारीकरणलाई पनि अन्त्य गर्नुपर्ने बताए । अहिले अन्य देशले हाम्रा चिकित्सकहरुलाई लोभ लाग्दो तलब दिएर रेड कार्पेट ओछ्याई स्वागत गर्न तयार छ, दैनिक चिकित्सक एवं स्टाफ नर्सहरुको माग बढ्दै छ, तर हामीले हामीसँग भएका चिकित्सकहरुको व्यवस्थित एवं सुरक्षाको ग्यारेन्टी गर्न नसकेको कारण पनि स्वास्थ्य क्षेत्रमा समस्या देखिएको बताए ।

मुलुकलाई सबैभन्दा बढि राजस्व दिने वीरगंज विस्तारै कमजोर हुँदै गएको छ, व्यापारीहरु पलायन भएर अन्यत्र गएको अवस्था छ, यसमा यहाँका राजनीतिक दलदेखि हामी सबै दोषी छौं भन्दै मन्त्री बस्नेले भाषण भन्दा काम गर्नेतर्फ लाग्यौं भने वीरगंजको अवस्य विकास हुन्छ र स्वास्थ्य मन्त्रालयबाट हुने यहाँको विकासको लागि प्रत्येक समय आफू तयार रहेको विश्वास व्यक्त गरे । उनले स्वास्थ्य क्षेत्रमा विगत भन्दा हाल केही सुधार भएको भन्दै नारायणी अस्पताल भवन निर्माणको लागि सर्वोच्च अदालतमा अड्केको मुद्दा टुँगो लगाउन आफू हरप्रयास गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा सांसद प्रदीप यादवले अजय चौरसिया, प्रभू हजरा, प्रदेशसभा सदस्य श्याम पटेल, जनाद्र्धन सिंह क्षेत्री, वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह लगायत मुलुककै दोश्रो जेठो अस्पतालको रुपमा रहेको नारायणी अस्पतालको विकासमा सरकारले खासै वास्ता नगरेको आरोप लगाएका थिए । उनीहरुले नारायणी अस्पतालमा पर्सा जिल्लाको मात्रै नभई पूर्वदेखि पश्मिच, उत्तर देखि भारतीय सीमावर्ती सहरका स्थानीयहरुले उपचारका लागि आउने गरेकोमा सरकारले गरेको वेवास्ताको कारण नारायणी अस्पताल आफै थलो परेको गुनासो पोखेका थिए । नारायणी अस्पताल जीणर् हुनुमा सरकार दोषी रहेको भन्दै यसको विकासको लागि राजनीतिक दलहरुले केही पहल गरेपनि विभिन्न बहानामा रोकिने गरेको स्मरण गराउँदै यसको लागिको लागि सरकारको तर्फबाट पहल हुनुपर्ने माग गरेका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वाेच्चको अल्पकालीन अन्तरिम आदेश

‘इन्काउन्टर’को आवरणमा हत्या : डीआईजी, सिडिओदेखि हवल्दारसम्म अनुसन्धानको घेरामा

फाल्गुन २९, २०८२
पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

फाल्गुन २७, २०८२
शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

फाल्गुन २७, २०८२
पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

फाल्गुन २७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि