Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जसपा पर्सामा भाँडभैलो ! सुरेन्द्र कुर्मीलाई नगर प्रमुख सिंह र सांसद यादवले अन्तर्घात गरेको आरोप

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज १२, २०८०
जसपा पर्सामा भाँडभैलो ! सुरेन्द्र कुर्मीलाई नगर प्रमुख सिंह र सांसद यादवले अन्तर्घात गरेको आरोप

• अनिल तिवारी
वीरगंज (पर्सा), १२ असोज । जनता समाजवादी पार्टीमा फेरि एकपटक विवाद सुरु भएको छ। विगतको चुनावमा घात–अन्तरघातबाट सुरु भएको जसपा पर्साको गुटबन्दी उत्कर्षमा पुगेको छ। पार्टीका पर्सा जिल्ला अध्यक्ष रामनरेश यादव र जसपाका संघीय सचेतक प्रदीप यादवबीचको गुटबन्दीले पार्टीमा भाँडभैलो भएको छ।

सांसद प्रदीप यादवले जिल्ला अध्यक्ष रामनरेश यादविरुद्ध सिंघासन साह तेलीलाई समानान्तर अध्यक्ष बनाउनुभएको छ। बुधबार अनमोल पार्टीमा बसेको विद्रोही समूहको बैठकले जिल्ला कार्यसमितिको अध्यक्षमा तेलीलाई बहुमतले अध्यक्ष बनाइएको दाबी गरेको छ। तर यादवले आफू अध्यक्ष नै रहेको दाबी गर्न छोड्नुभएको छैन। जिल्ला कमिटीका बहुमत सदस्यको बैठकले यादवलाई अध्यक्षबाट हटाएर तेलीलाई अध्यक्ष चयन गरिएको बताइएको छ।

सांसद यादव र अध्यक्ष रामनरेश यादवबीच गत आमनिर्वाचनमा टिकट वितरणलाई लिएर सुरु भएको विवाद चुलिँदै गएको हो। अध्यक्षबाट यादवलाई हटाएर समानान्तर जिल्ला कमिटी गठन भएको सांसद यादव समूहले दाबी गरिरहेको छ। दुई चिरा भएको पर्सा जसपामा अध्यक्ष यादवलाई पूर्वमुख्यमन्त्री लालबाबु राउत र सुरेन्द्र कुर्मीको साथ र केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको ‘आशीर्वाद’ रहँदै आएको छ।

जिल्ला अध्यक्ष यादवलगायतका नेता राउतसितको समूहमा छन्। सांसद प्रदीप यादवलाई वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलगायतले सघाउनुभएको छ। लोसपाबाट एमाले र त्यसपछि मेयरको टिकट पाउने सर्तमा पार्टी प्रवेश गरेका नगर प्रमुख अध्यक्ष सिंह आपराधिक चरित्र भएको व्यक्ति भन्दै अध्यक्ष रामनरेश यादवले विरोध गर्नुभएको थियो। संघीय चुनावमा पर्सा क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका सुरेन्द्र कुर्मीलाई नगर प्रमुख सिंह र प्रदीप यादवले अन्तर्घात गरेको आरोप यादव समूहको छ।

सांसद यादव जिल्ला अध्यक्ष हुँदा पार्टी कारबाहीमा परेपछि रामनरेशलाई अध्यक्ष बनाइएको थियो। बुधबार वीरगन्जको अनमोल पार्टी प्यालेसमा सांसद यादवको प्रमुख आतिथ्यमा आयोजित विरोधी खेमाको भेलाले सिंघासन साह तेलीको अध्यक्षतामा जसपाको समानान्तर जिल्ला कार्यसमित घोषणा गरेको थियो। तेली, बहुदरमाई नगरपालिकाका मेयरसमेत हुनुहुन्छ। उक्त जिल्ला कार्यसमितिको उपाध्यक्षमा ग्यासुदिन मियाँ, अजय चौरसिया र मिथिलेश सिंह, सचिवमा उमेशलाल सहनी, सहसचिवमा सुशील साह कानु, सुनिल कुशवाहा र नुर आलम अन्सारी, कोषाध्यक्षमा प्रेमकुमारी सिंह हुनुहन्छ।

त्यसैगरी सदस्यहरूमा असलम आलम, अजय सर्राफ, बैजुलाल स्वर्णकार, नेक महम्मद अन्सारी , सुनिता शर्मा, सुरज मानन्धर ,खैरुदिन मियाँ र प्रतिमा सिंह हुनुहुन्छ। केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले एउटा समूहलाई काखी च्यापेर हिँडेकाले समानान्तर समिति पर्सामा टेलेर मात्रै भएको एक नेताले बताउनुभयो। उहाँले भन्नुभयो, ‘यस्तै रवैया रह्यो भने प्रदेशमा पनि समानन्तर समिति गठन हुन सक्छ।’

मधेश प्रदेशका जसपा प्रमुख सचिव दिनेश यादवले रामनरेश यादव नै अध्यक्ष रहेको बताउँदै समानान्तर कमिटी गठन भएको सम्बन्धमा छानबिन सुरु भएको बताउनुभयो। ‘पर्सा जिल्लाका अध्यक्ष अहिले रामनरेश यादव नै हुनुहुन्छ,’ उहाँले भन्नुभयो, ‘समानान्तर कमिटी गठन भएको विषयमा प्रदेश समितिले छानबिन सुरु गरिसकेको छ।’

जसपाका प्रमुख सचेतक एवं सांसद प्रदीप यादवले रामनरेश यादव अध्यक्ष रहेको जिल्ला तदर्थ समितिको वैधानिकता सकिएपछि बुधबार जिल्लाका नेता कार्यकर्ताको भेलाबाट तेलीको अध्यक्षतामा जसपाको जिल्ला कार्यसमिति पुनर्गठन गरिएको बताउनुभयो। ‘यादवको अध्यक्षतामा बनाइएको तदर्थ समितिको वैधानिकता बढीमा ६ महिना मात्रै थियो,’ उहाँले भन्नुभयो, ‘तर एक वर्ष बित्दासमेत अधिवेशन गराउन नसकेकोले नयाँ जिल्ला समिति गठन गरिएको हो। यो समानान्तर जिल्ला समिति होइन, यही नै वैधानिक जिल्ला कार्यसमिति हो ।’

जसपाका जिल्ला अध्यक्ष रामनरेश यादवले बुधबार गठन भएको समितिलाई चुनावमा अन्तर्घात गर्नेहरुको क्लब गठन भएको बताउनुभयो। मन्त्री नपाएपछि आफ्नै केन्द्रीय अध्यक्षको विरोधमा पार्टी घेराउ गराउने र भाँडभैलो मच्चाउने सांसद यादवको पुरानो चरित्र भएको जिल्ला अध्यक्ष यादवको आरोप छ। प्रदेश र संघको चुनावमा पार्टीका उम्मेदवारलाई हराउने सबै एक थलोमा उभिएर क्लब बनाएको र त्यसले संगठनलाई खासै फरक नपर्ने उहाँको दाबी छ।

जिल्ला अध्यक्ष रामनरेश यादवले भने बुधबार नै एक विज्ञप्ति जारी गरेर तेलीको अध्यक्षतामा गठित समिति अवैधानिक रहेको बताउँदै आवश्यक कारबाही अगाडि बढाइएको बताउनुभएको छ। जिल्ला सचिव तबरेज अहमदको समेत हस्ताक्षर रहेको उक्त विज्ञप्तिमा पार्टी संगठन भताभुंग पार्ने, अराजक प्रवृत्ति र व्यक्तिवादी चिन्तन भएका, पटक–पटक पार्टीको नीतिनियमविरुद्धको कार्य गर्दै आएका व्यक्तिको सोचमा परिवर्तन नदेखिनु पार्टीका लागि आत्मघाती काम भएको उल्लेख छ।

कुशवाहा भन्नुहुन्छ– मैले गुट फेरेको छैन
दुवै खेमाको जिल्ला उपसचिवमा परेका सुनील कुशवाहाले विज्ञप्ति जारी गर्दै आफू संस्थापन पक्षतर्फ नै रहेको जनाउनुभएको छ। तेलीको अध्यक्षतामा गठन भएको समितिमा आफूलाई उपसचिवमा राखिएको प्रति विरोध जनाउँदै कुशवाहाले रामनरेश यादवको अध्यक्षताको समिति नै वैध भएको र आफू त्यसै समितिको उपसचिव रहेको विज्ञप्तिमा उल्लेख छ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मौसमका कारण नेकपा पर्साको जिल्ला एकता कार्यक्रम असोज १४ गते सर्‍यो

मौसमका कारण नेकपा पर्साको जिल्ला एकता कार्यक्रम असोज १४ गते सर्‍यो

अशोज ६, २०८३
नेका वडा नं. १२ को अधिवेशन सम्पन्न

नेका वडा नं. १२ को अधिवेशन सम्पन्न

अशोज ६, २०८३
सार्वजनिक जग्गा अतिक्रमण गरि बनाइएका घर टहरा हटाइयो

सार्वजनिक जग्गा अतिक्रमण गरि बनाइएका घर टहरा हटाइयो

अशोज ६, २०८३
दसैँमा वीरगंज बजार सुनसान, रक्सौलमा गुल्जार ! सडक फुटपाथमा भीडभाड, सपिङ सेन्टर सुनसान

दुई दशकअघि वीरगंज विश्वविद्यालयका लागि दिएको एक दिनको तलब, अनुसन्धानको घेरामा !

अशोज ६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि