• मुस्कान श्रेष्ठ
वीरगंज (पर्सा), १२ असोज । नेपाल चिकित्सक संघ नारायणी शाखाले अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु माथि आक्रमण गर्ने दोषीलाई कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ । संघले बिहीबार एक विज्ञप्ती जारी गर्दै पछिल्लो समय स्वास्थ्यकर्मीहरु माथि भौतिक आक्रमणको घ्टना बढ्दै गएको भन्दै दोषीलाई कारवाहीको माग गरेका हुन् । विरामीको उपचारमा संलग्न चिकित्सकहरु माथि हातपात गर्ने घटना एकपछि अर्काे हुदै गएपनि सरकार मुखदर्शक भएको भन्दै संघले असन्तुष्टी जनाएको छ ।
स्वास्थ्य संस्थाहरु तोडफोड गर्ने चिकित्सक माथि हमला गर्ने जस्ता उछृंखल क्रियकलापले अस्पतालमा कार्यरत चिकित्सकहरुले त्रासको वातावरण आफ्नो पेशागत दायित्व निर्वाह गर्नु परेको संघद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । विरामीको सेवामा अहोरात्र खट्ने चिकित्सकहरुमाथि भौतिक आक्रमण भएपनि सरकारले स्वास्थ्यकर्मीहरुलाई सुरक्षा प्रदान गर्न नसकेको विरोधमा नेपाल चिकित्सक संघको नारायणी शाखाले शुक्रबार ओपिडि सेवाहरु बन्द गर्ने निर्णय गरेकोे छ । सोही निर्णय अनुसार सम्पूर्ण सरकारी तथा निजी अस्पताल, क्लिनिक, मेडिकल कलेज, नर्सिङ होमलगायतका स्वास्थ्य सेवा बन्द गर्न अनुरोध गरेको छ ।
यस्तै आफूहरुको माग सम्बोधन नभए थप संघर्षका कार्यक्रमहरु घोषणा गर्ने पनि नेपाल चिकित्सक संघ नारायणी शाखाका अध्यक्ष डा. मनोज कुमार गुपताद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ । पछिल्लो समय चितवन, काठमाण्डौँ, पोखरालगायतका स्वास्थ्य संस्थाहरुमा स्वास्थयकर्मी माथि आक्रमण तथा दुरव्यवहार हुने क्रम बढेपनि सरकारले चासो नदेखाएकोे विरोधमा देशभरमा चिकित्सकहरु बिरामी छाडेर सडकमा उत्रिएका छन् ।
प्रतिक्रिया दिनुहोस् !