Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जसपा पर्सामा विवाद : समानान्तर जिल्ला समिति गठन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज १०, २०८०
जसपा पर्सामा विवाद : समानान्तर जिल्ला समिति गठन

वीरगंज (पर्सा), १० असोज । पर्सामा जनता समाजवादी पार्टी (जसपा) नेपालकाे समानान्तर समिति गठन भएकाे छ । वीरगंजस्थित अनमाेल पार्टी प्यालेशमा जसपा सचेतक समेत रहेका पूर्व मन्त्री एवम् सांसद प्रदिप यादवकाे प्रमुख आतिथ्यतामा आयाेजित नेता कार्यकर्ताहरुकाे भेलाले  सिंघासन साह तेलीकाे अध्यक्षतामा जसपाकाे समानान्तर जिल्ला कार्यसमित गठन गरेकाे हाे । तेली, बहुदरमाई नगरपालिकाका मेयर पनि हुन् ।

उक्त जिल्ला कार्यसमितिकाे उपाध्यक्षमा ग्यासुदिन मियाँ, अजय चाैरसिया र मिथिलेश सिंह, सचिवमा उमेशलाल सहनी, सहसचिवमा सुशील साह कानु, सुनिल कुशवाहा र नुर आलम अन्सारी, काेषाध्यक्ष प्रेमकुमारी सिंह, सदस्यमा असलम आलम, अजय सर्राफ, बैजुलाल स्वर्णकार, नेक महम्मद अन्सारी, सुनिता शर्मा, सुरज मानन्धर, खैरुदिन मियाँ र प्रतिमा सिंह रहेका छन् ।

भेलालाई सम्बाेधन गर्दै प्रमुख अतिथी सांसद यादवले रामनरेश यादव अध्यक्ष रहेकाे जिल्ला तदर्थ समितिकाे वैधानिकता सकिएपछि बुधबार नेता कार्यकर्ताकाे भेलाबाट तेलीकाे अध्यक्षतामा जसपाकाे जिल्ला कार्यसमिति पुनर्गठन गरिएकाे बताए । उनले भने, यादव अध्यक्ष रहेकाे समिति तदर्थ समिति थियाे, उक्त तदर्थ समितिकाे वैधानिकता बढीमा ६ महिनामात्रै थियाे । तर वर्ष बित्दासमेत तदर्थ समितले न त जिल्ला अधिवेशन गरेर नयाँ जिल्ला समिति गठन गर्न सक्याे न समितिलाई नै पुर्णता दिन सक्याे । त्यसकारण बुधबार जिल्ला कार्यसमिति पुनर्गठन गरिएको हाे, याे नै वैधानिक जिल्ला कार्यसमिति हाे, समानान्तर समिति हाेइन ।

समानान्तर जिल्ला समिति गठनले जसपा पर्सा भित्र दुई गुटबिच लामाे समयदेखि चल्दै आएकाे विवाद छताछुल्ल भएकाे छ । पर्सामा गत निर्वाचनदेखि जिल्ला नेतृत्वको विषयलाई लिएर दुई गुटमा विभाजित नेताहरुबिच चर्काे विवाद चल्दै आएकाेमा थियाे । पर्सामा जसपाभित्र जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादव, पुर्व मुख्यमन्त्री लालबाबु राउत लगायतका नेताहरुकाे एक गुट छ भने अर्काे गुटकाे नेतृत्व सांसद यादवले गरिरहेका छन् । यादवकाे गुटमा जसपाका केन्द्रीय सदस्य समेत रहेका वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह र जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफले साथ दिइरहेका छन् ।

बुधबार तेलीकाे अध्यक्षतामा समानान्तर जिल्ला कार्यसमिति गठन भएपछि जसपाका जिल्ला अध्यक्ष रामनरेश यादव र सचिव तबरेज अहमदले भने बुधबार नै अपरान्ह एक विज्ञप्ति जारी गरेर तेलीकाे अध्यक्षतामा गठित समिति अवैधानिक रहेकाे बताएका छन् । अध्यक्ष यादव र सचिव अहमदद्वारा संयुक्त रुपमा जारि गरिएकाे विज्ञप्तिमा पार्टी संगठन भताभुङ्ग पार्ने, अराजक प्रवृति र व्याक्तिवादी चिन्तन भएका, पटक पटक पार्टीकाे नीतिनियम विरुद्धको कार्य गर्दै आएका व्याक्तिहरुकाे साेचमा परिवर्तन नदेखिनु पार्टीको लागि आत्मघाती भएकाे टिप्पणी गरिएकाे छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

चिकित्सकमाथि आक्रमणको विरोधमा वीरगंजमा प्रदर्शन, स्वास्थ्यमन्त्रीको राजीनामा माग

चिकित्सकमाथि आक्रमणको विरोधमा वीरगंजमा प्रदर्शन, स्वास्थ्यमन्त्रीको राजीनामा माग

साउन १०, २०८३
बगैचामा लुकाएर राखिएको १४० किलो गाँजा बरामद

बगैचामा लुकाएर राखिएको १४० किलो गाँजा बरामद

साउन १०, २०८३
प्रहरी निरीक्षक जटाशंकर यादव ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

प्रहरी निरीक्षक जटाशंकर यादव ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

साउन १०, २०८३
लिटिल बडी प्रि-स्कुलमा मेहन्दी प्रतियोगिता: आकांक्षा बान्या प्रथम

लिटिल बडी प्रि-स्कुलमा मेहन्दी प्रतियोगिता: आकांक्षा बान्या प्रथम

साउन १०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि