Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

अधिकांश मासु पसल मापदण्डविपरीत संचालनमा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज ९, २०८०
अधिकांश मासु पसल मापदण्डविपरीत संचालनमा

जनकपुरधाम, ९ असोज । यहाँका अधिकांश मासु पसल मापदण्डविपरीत सञ्चालन भएको पाइएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनुषाको अगुवाइमा आजदेखि सुरु भएको अनुगमनका क्रममा जनकपुरधामस्थित रेल्वे स्टेशन क्षेत्रमा रहेका मासु पसलको अवस्थाबारे जानकारी लिइएको थियो । केन्द्रका प्रमुख डा सञ्जीवकुमार ठाकुरले अनुगमनका क्रममा अधिकांश पसलहरू दर्ता बिना सञ्चालनमा रहेको पाइएको बताउनुभयो । उहाँले मासु जाँचसम्बन्धी ऐन नियमअनुसार न्यूनतम मापदण्डसमेत पालना नगरेको र गुणस्तरहीन मासुसमेत भेटिएको बताउनुभयो ।

“धनुषाको मासु बजारका समस्याका विषयमा सञ्चारमाध्यममा समेत समाचार आएपछि अनुगमन गरेका हौँ”, उहाँले भन्नुभयो, “जसमा अधिकांश व्यवासायीले न्यूनतम मापदण्ड पनि पालना नगरेको पायौँ, केहीलाई नियन्त्रणमा लिएका छौँ भने केहीलाई कार्यालयमा उपस्थित हुन निर्देशन दिएका छौँ ।” अनुगमनका क्रममा करिब ३० केजी दुषित मासु नष्ट गरिएको छ । पशुपक्षी रोग अन्वेषण प्रयोगशाला धनुषामा कार्यरत डा राकेश मोहन सिंहले नियन्त्रणमा लिइएका मासु परीक्षणका लागि नमूना प्रयोगशालामा पठाइएको बताउनुभयो ।

घरेलु तथा साना उद्योग कार्यालय धनुषाका सूचना अधिकारी मनोजकुमार कणर्ले अनुगमन गरिएका पसलमध्ये अधिकांश दर्ताबिना सञ्चालन भइरहेको पाइएको बताउनुभयो । उहाँले ज्यूँदो कुखुरा बेच्ने अनुमति लिए पनि मासु काटेर बेच्ने गरेको, मासु र अण्डा एकै ठाउँमा राखेर बिक्री गरिरहेको पाइएपछि दर्ता गरी मापदण्ड अनुसार सञ्चालन गर्न निर्देशन दिएको बताउनुभयो । पशुसेवा विज्ञ केन्द्र प्रमुख डा ठाकुरले पहिलो चरणमा जनकपुर बजार क्षेत्रमा र त्यसपछि अन्य स्थानमा अनुगमन गरिने बताउनुभयो । अनुगमनमा मासु पसल, भेटेरेनरी र डेरीको अनुगमन गरिने उहाँको भनाइ छ । अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय धनुषासहित सरोकारवालाका प्रमुख एवं प्रतिनिधिहरूको सहभागिता थियो । रासस

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

१५ वर्षदेखिको बेवास्तापछि नगवा ‘नहरको सडक’मा अस्थायी राहत, स्थायी समाधानको माग यथावत

१५ वर्षदेखिको बेवास्तापछि नगवा ‘नहरको सडक’मा अस्थायी राहत, स्थायी समाधानको माग यथावत

साउन १२, २०८३
निर्माणाधीन पुलछेउको पानी जमेको खाल्डोमा डुबेर दुई दिदीबहिनीको मृत्यु

निर्माणाधीन पुलछेउको पानी जमेको खाल्डोमा डुबेर दुई दिदीबहिनीको मृत्यु

साउन १२, २०८३
नारायणी अस्पतालका ६५ चिकित्सकको सामूहिक राजीनामा, आन्दोलन थप चर्कियो

नारायणी अस्पतालका ६५ चिकित्सकको सामूहिक राजीनामा, आन्दोलन थप चर्कियो

साउन १२, २०८३
चिकित्सकमाथि आक्रमण र प्रहरी दुर्व्यवहारको विरोधमा देशभर आकस्मिकबाहेक सेवा ठप्प

चिकित्सकमाथि आक्रमण र प्रहरी दुर्व्यवहारको विरोधमा देशभर आकस्मिकबाहेक सेवा ठप्प

साउन १२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि