Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
नेशनल मेडिकल कलेज प्रतिनिधिसभा निर्वाचन पर्सामा चुनावी सरगर्मी उत्कर्षमा रास्वपा पर्सा निर्वाचन प्रहरी छनोट प्रतिनिधिसभा उम्मेदवार रास्वपा सभापति रवि लामिछाने पर्सामा एमालेको चुनावी गणित
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

छिपहरमाई गाउँपालिका अध्यक्ष गुप्ताको गन्हाउँदो भ्रष्टाचार, करोडौं लुटेर वीरगंजमा आलिसान होटल

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज ८, २०८०
छिपहरमाई गाउँपालिका अध्यक्ष गुप्ताको गन्हाउँदो भ्रष्टाचार, करोडौं लुटेर वीरगंजमा आलिसान होटल

वीरगंज (पर्सा), ८ असोज । छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ताले चुनाको बखत विकासको ढोल बजाई कहिलेपनि नसक्किने गरि आफ्नो व्यक्तिगत विकास गरेका छन् । ‘साफ नियत, सही विकास’ भन्ने नारा सहित निर्वाचनमा विजयी भएदेखि अध्यक्ष गुप्ताले न कहिले साफ नियतसँग काम गरे, न कहिले सही विकास गरे ! विकास निर्माणको नाममा करोडांै रकम भ्रष्टाचार गरि वीरगंजको मुटु मानिने घण्टाघर नजिकै आलिसान होटल खडा गरेका छन् ।

घण्टाघरदेखि १०० मिटर उत्तरपट्टिबाट पूर्वतर्फ जाने गल्लीमा आलिसान होटल खडा गरेका हुन् । शिवा आँखा हस्पिटल छेउमै अध्यक्ष गुप्ताले ५ तल्ले भवन निर्माण गरि होटल संचालन गर्न लागेको बताइएको छ । होटलको अहिलेसम्म नाम दिइएको छैन, तर निर्माण कार्य सम्पूणर् सकि सकेको छ । अध्यक्ष गुप्ताले विभिन्न कामको बहानामा गाउँपालिकाको करोडौं बजेट कुम्ल्याएर वीरगंजमा आलिसान होटल खडा गरेका हुन् । आफ्नो पूर्खयौली सम्पत्ति बढि रहेको भन्दै ढोल पिट्ने अध्यक्ष गुप्ताको भ्रष्टाचार विस्तारै छर्लङ्ग हुँदै गएको छ ।

गाउँपालिकाबासीमा विकास निर्माणको झुठो ढोल बजाई अध्यक्ष गुप्ता दोश्रो पटक गाउँपालिका प्रमुखमा विजयी भए । पहिलो पटकको ५ वर्षे कार्यकालमा खासै विकास निर्माण गर्न नसकेका गुप्ता दोश्रो कार्यकालमा कसरी गाउँपालिकाको बजेटलाई लुटेर आफ्नो निजी सम्पत्ति थुपार्न सकिन्छ भन्ने योजनामा तल्लिन छन् । जसको उदाहारण हामी पटक पटक प्रस्तुत गर्दै आएका छौं । कमिशनको लोभमा चन्दामा नै साढे १८ लाख बढि रकम कार्यकर्तालाई बाँडेर सिध्याएका छन् भने साढे ३५ लाख बढि रुपैयाँ कोष तथा लेखा नियन्त्रण कार्यालयको लेखा परीक्षकबाट अनुमति नै नलिई आसेपासेलाई बाँडेका छन् ।

गुप्ताले जति पनि पैसा बाँडेका छन्, सबैमा आधा कमिशन लिएको श्रोतले जनाएको छ । कमिशन विना केही खास व्यक्तिलाई लाखौं लाख रुपैयाँ कसरी दिए ? त्यसले पनि उनको कमिशनको कार्यलाई उदाङ्गो बनाएका छन् । दुई तीनजना कार्यकर्तालाई पर्वको नाममा साढे १८ लाख बढि रुपैयाँ बाँडेका छन्, जबकी पालिकामा हजारौं व्यक्तिहरु छन्, तर सीमित दुई तीनजनालाएई मात्रै किन पर्वको नाममा फजुल खर्च बढाइएको छ ? यसबाट पनि गाउँपालिका अध्यक्षको कमिशनको धन्दाको छर्लङ्ग भएको छ ।

त्यति मात्रै होइन, अध्यक्ष गुप्ताले केही मिडियालाई सूचना प्रकाशन बापत साढ ३५ लाख रुपैयाँ बाँडेका छन् । पर्सा जिल्लामा तीन सय भन्दा बढि पत्रपत्रिकाहरु छन्, तर दुई तीनजनालाई मात्रै लाखौं रकम दिएर कमिशन कुम्ल्याएको मिडिया श्रोतले जानकारी दिएको छ । अध्यक्ष गुप्ता कमिशन विना २० रुपैयाँको बिल पास गर्दैनन् तर आ.व. २०७८/०७९ मा एउटै मिडियालाई ५ लाख ६४ हजार रुपैयाँ, अर्कोलाई २ लाख ६१ हजार ३७५ रुपैयाँ भुक्तानी गराएका छन् । यसैगरि अर्कोलाई १ लाख रुपैयाँ भुक्तानी गराएका छन् ।

कोष तथा लेखा नियन्त्रण कार्यालयले जारी गरेको लेखा परीक्षण प्रतिवेदनमा गाउँपालिकाले पुरानो वर्षको भुक्तानी हुन बाँकी रकमलाई मलेप फारम नम्बर २२१ भरि आन्तरिक लेखापरीक्षकबाट प्रमाणित नगराई अर्को वर्ष खर्च गरेकोले यसलाई नियन्त्रण गर्न आवश्यक रहेको भनेर बेरुजु देखाएको छ । आ.व. २०७८/०७९ को लेखा परीक्षण प्रतिवेदनमा ‘नियम ३९ (१३) मा अघिल्लो आर्थिक वर्षमा भुक्तानी हुनुपर्ने रकम भुक्तानी हुन बाँकी रहेमा मलेप फारम नम्बर २२१ (भुक्तानी हुन बाँकीको कच्चावारी) भरी आन्तरिक लेखा परीक्षकबाट प्रमाणित गराएर मात्र खर्च गर्नुपर्ने व्यवस्था छ । पालिकाले २०७७/०७८ मा निम्नानुसार खर्च रु ३५ लाख ६६ हजार ८२३ रुपैयाँ भुक्तानी हुन बाँकीको कच्चावारी संलग्न नगरी यो आ.व. २०७८/०७९ मा भुक्तानी दिइएको छ । भुक्तानी हुन बाँकीको कच्चावारी प्रमाणित गराएको छैन भने यस्तो खर्च गाउँसभाबाट पारित गराई खर्च गरेको छ । यस्तो कार्यमा नियन्त्रण हुनुपर्दछ’ भनेर उल्लेख गरिएको छ ।

यि त उदाहारण मात्रै हुन्, अध्यक्ष गुप्तालाई कमिशन दिए जस्तोसुकै मिडियाको नाममा लाखौं रकम पास गरिदिने गरेको बताइएको छ । तथ्याँकमा देखिएका मिडियाहरु वीरगंजमा खासै देखिदैनन् तर अध्यक्ष गुप्ताले कमिशनको लागि विभिन्न सूचना प्रकाशनको नाममा लाखौँ रकम बाँडेका हुन् । पर्सा जिल्लामा ३ सय भन्दा बढि पत्रपत्रिकाहरु दर्ता छन्, जसमा २५ देखि ३० वटा पत्रपत्रिका बजारमा हेर्न पाइन्छ तर अध्यक्ष गुप्ताले लाखौं भुक्तानी गरेको पत्रपत्रिका खाली गाउँपालिका अध्यक्ष गुप्ताको कार्यालयमा मात्रै हेर्न पाइन्छ ।

यसरी घुमाउरो पाराले अध्यक्ष गुप्ताले गाउँपालिकाको बजेटलाई लुटेर खोक्रो बनाई रहेका छन् । गाउँपालिकाबासीहरुलाई गुमराहमा राखी निर्वाचन जितेका अध्यक्ष गुप्ताले वीरगंजमा करोडौंको होटल खडा गरेकोले पनि उनको भ्रष्टाचारीलाई उजागर गरेको छ । उनको आयश्रोत कति हो ? र कहाँबाट यत्ति सम्पत्ति जोडि रहेका छन्, त्यसमा पनि कोष तथा लेखा नियन्त्रण कार्यालयले सार्वजनिक गर्ने गरेको लेखा परीक्षण प्रतिवेदनबाट पनि अध्यक्ष गुप्ताले कम्बल ओढेर घ्यू पिउने गरेको पुष्टि हुन्छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

प्याब्सन पर्साको अन्तर-विद्यालय क्रिकेट तथा फुटबल प्रतियोगिता सुरु

प्याब्सन पर्साको अन्तर-विद्यालय क्रिकेट तथा फुटबल प्रतियोगिता सुरु

माघ ८, २०८२
निर्वाचन प्रहरीप्रतिको उत्साह: रोजगारी र राष्ट्रसेवाको खोजीमा नारायणी रङ्गशालामा आमाहरुको भीड !

निर्वाचन प्रहरीप्रतिको उत्साह: रोजगारी र राष्ट्रसेवाको खोजीमा नारायणी रङ्गशालामा आमाहरुको भीड !

माघ ८, २०८२
दुई जितपछि तेश्रोको खोजीः पर्सा-१ मा फेरि इतिहास दोहोर्‍याउन ‘प्रदीप यादव’ मैदानमा

दुई जितपछि तेश्रोको खोजीः पर्सा-१ मा फेरि इतिहास दोहोर्‍याउन ‘प्रदीप यादव’ मैदानमा

माघ ८, २०८२
‘नाराभन्दा नीति रोज्ने उम्मेदवार’: पर्सा-१ मा नेकपाबाट अजय चौरसियाको राजनीतिक उदय !

‘नाराभन्दा नीति रोज्ने उम्मेदवार’: पर्सा-१ मा नेकपाबाट अजय चौरसियाको राजनीतिक उदय !

माघ ७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि