Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

धानबालीमा ग्वारोको समस्या बढ्दो, किसान चिन्तित

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज ८, २०८०
धानबालीमा ग्वारोको समस्या बढ्दो, किसान चिन्तित

वीरगंज (पर्सा), ८ असोज । धानबालीमा ग्वारो रोग किराको समस्या फैलिएपछि पर्साका किसान चिन्तित बनेका छन् । पर्साको जगरनाथपुर, धोबिनी, ठोरी, जिराभवानीलगायत विभिन्न स्थानमा ग्वारो किराको समस्या फैलिएपछि किसान चिन्तित बनेका हुन् । गत भदौको दोस्रो साता यता धानबालीमा देखिएको ग्वारो किराको समस्याले धानबालीमा क्षति पुर्‍याइरहेको स्थानीय किसान बताएका छन् । ग्वारो किराले आफूहरुको करिब ५० प्रतिशतभन्दा बढी धानबालीमा क्षति पुर्‍याएको धोविनी गाउँपालिका(५ का स्थानीय शिवनाथ यादवले बताउनुभयो । वर्षाको अभावमा धानबाली सुक्दै गएको बेला धानबालीमा देखिएको ग्वारोको समस्याले आफू थप समस्यामा परेको उहाँको कथन छ ।

“ग्वारो किराले धानबालीको पात खाइदिने, उम्रिदै गएको धानको बोटमा क्षति पुर्‍याइरहेको छ”, जगरनाथपुर गाउँपालिकाका किसान हरिशङ्कर कुर्मीले भन्नुभयो, “सुरुमा वर्षा नभएर ठूलो रकम खर्चिएर वैकल्पिक सिँचाइबाट जेनतेन धान रोपाइँ गरे, अहिले आएर ग्वारो किराले बाली नै सखाप गर्न थालेपछि हामी चिन्तामा डुबेका छौँ ।” धानबालीमा लागेको ग्वारोको रोकथाम र नियन्त्रणका लागि आवश्यक सहयोग गरिदिन स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग उहाँले आग्रह गर्नुभयो । धानबालीमा ग्वारो किराको प्रकोपले खेतमै धान सुक्न थालेको पीडित किसानको भनाइ छ । खेतमा असन्तुलन, गुणस्तरीय रसायनिक मलको अभाव तथा प्रतिकूल वातावरणका कारण धानबालीमा ग्वारो किराको प्रकोप बढेको कृषि ज्ञान केन्द्र पर्साका प्रमुख मुनिलाल कुशवाहाले बताउनुभयो ।

पुतली जातको ग्वारो धानको ढाड नै काट्ने गर्दा सुक्ने गरेको पाइएको उहाँको भनाइ छ । खेतमा प्रयोग गरिने रसायनिक मल, डिपिए, युरिया, पोटास लगायतको मात्रा नमिल्दा पनि बालीको जरो कमजोर भई किराको आक्रमण बढेको र यसको रोकथाम र नियन्त्रणका लागि सो क्षेत्रमा प्राविधिक खटाइएको प्रमुख कुशवाहाले बताउनुभयो । समयमा बर्षा पर्याप्त नभए पनि पानी तान्ने मोटर तथा अन्य वैकल्पिक सिँचाइको व्यवस्था मिलाएर भए पनि किसानले पर्सामा ९५ प्रतिशत जग्गामा धान रोपाइँ गरेको प्रमुख कुशवाहाको भनाइ छ । पर्सा जिल्लामा ५४ हजार सात सय ३२ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामध्ये ४७ हजार एक सय ३० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ । यसवर्ष ९५ प्रतिशत अर्थात ४५ हजार चार सय ३० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको प्रमुख कुशवाहाले जानकारी दिनुभयो । पर्सामा भदैया, चैते र वर्षे गरी तीन किसिमका धान उत्पादन हुँदै आएको छ ।

‘‘जिल्लाको दक्षिणी भेगका किसान गण्डक सिँचाइ आयोजनाको सिँचाइ प्रणालीबाट सिँचाइ गरेर धान रोपाइँ गरेका छन्”, प्रमुख कुशवाहाले भन्नुभयो, ‘‘अन्य भेगका किसान पानी तान्ने मोटर, पम्पसेट जडान गरेर धान रोपाइँ गरेका छन् ।” तुलनात्मक रुपमा अन्य ठाउँभन्दा पर्साको ठोरी, पर्सागढी, बहुदरमाई र जगरनाथपुर गाउँपालिका क्षेत्रमा बढी धान रोपाइँ भएको उहाँको भनाइ छ । रासस

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वाेच्चको अल्पकालीन अन्तरिम आदेश

‘इन्काउन्टर’को आवरणमा हत्या : डीआईजी, सिडिओदेखि हवल्दारसम्म अनुसन्धानको घेरामा

फाल्गुन २९, २०८२
पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

फाल्गुन २७, २०८२
शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

फाल्गुन २७, २०८२
पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

फाल्गुन २७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि