Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

युवा उद्यमीहरुबीच व्यावसायिक र व्यक्तिगत सम्बन्ध विस्तारको लागि औद्योगिक भ्रमण

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज ६, २०८०
युवा उद्यमीहरुबीच व्यावसायिक र व्यक्तिगत सम्बन्ध विस्तारको लागि औद्योगिक भ्रमण

वीरगंज (पर्सा), ६ असोज । युवा उद्यमीहरूबिच व्यावसायिक र व्यक्तिगत सम्बन्ध विस्तारका लागि नेपाली युवा उद्यमी मञ्च (एनवाइईएफ) वीरगञ्ज र जनकपुर च्याप्टरले संयुक्त रूपमा औद्योगिक भ्रमण आयोजना गरेका छन् । दुई वटा च्याप्टरका युवा ४० जना उद्यमीले वीरगञ्जका पतञ्जलि आयुर्वेद प्रालि र मारुती पेपरको भ्रमण गरेका हुन् । एनवाइईएफ वीरगञ्जका अध्यक्ष सन्दीप अग्रवालको अध्यक्षतामा स्वागत कार्यक्रमको आयोजना भएको थियो ।

कार्यक्रममा जनकपुरका उद्यमीहरूको स्वागत गर्दै अध्यक्ष अग्रवालले उद्यमबारे नयाँ विषयवस्तुको जानकारी र वीरगञ्ज र जनकपुर क्षेत्रमा युवा उद्यमीबिच व्यक्तिगत सुसम्बन्ध विस्तारमा भ्रमण आयोजना गरिएको बताए । त्यस्तै एनवाइईएफ जनकपुरका अध्यक्ष सोनु कुमारले भ्रमणबाट उद्यमका आएका नयाँ विषयको जानकारीसँगै व्यक्तिगत सम्बन्ध प्रगाढ भएको बताए । औद्योगिक भ्रमणका क्रममा पतञ्जलि आयुर्वेदका व्यवस्थापक युवराज सुवेदीले नेपालमा जडीबुटीको पर्याप्त उपलब्धता रहेको भन्दै त्यसको अपेक्षित उपयोग हुन नसकेको बताए । पतञ्जलिले सकभर स्थानीय स्रोतसाधनको उपयोग गर्दै उत्पादन बजारमा ल्याएको जानकारी दिए । उनले पतञ्जलिले आयुर्वेद औषधि उत्पादन गर्ने योजना बनाएको पनि बताए ।

युवा उद्यमीहरूले नेपालकै ठूलो मारुती पेपरको भ्रमण गरे । भ्रमणका क्रममा उद्योगका प्रबन्ध निर्देशक दीपेश अग्रवालले मारुती पेपर नेपालकै सबैभन्दा ठूलो पेपर उद्योग भएको जानकारी दिए । उद्योगले खेर गइरहेका पुराना कार्टुन प्रोसेसिङ गरेर क्राफ्ट पेपर उत्पादन गर्दै आएको उनले बताए । उद्योग सञ्चालनमा आएपछि अहिले यस्तो पेपरको आयात प्रतिस्थापन भएको उनको दाबी थियो । मारुती ग्रुपद्वारा सञ्चालित उद्योगले क्राफ्ट पेपर उत्पादन गर्नुका साथै स्वचालित प्रविधिबाट विभिन्न आकारका कार्टुन उत्पादन गर्दै आएको जानकारी प्रबन्ध निर्देशक अग्रवालले बताए ।

उद्योग भ्रमणअघि आयोजित औपचारिक कार्यक्रममा आर्थिक अभियान दैनिकका पत्रकार ओमप्रकाश खनालले युवा उद्यमीहरू नवप्रवर्तनको अवधारणाबाट उद्यममा अघि बढ्नुपर्ने बताए । कुनै पनि उद्यमका हात हाल्नुअघि त्यस्तो उद्यमको समस्या, चुनौती र त्यसको समाधानका उपायबारे राम्ररी जानकार भएर मात्रै सहभागी हुन सुझाव दिए । अध्ययनविना अघि बढ्दा कयौँ उद्योगको लगानी सङ्कटमा परेको उदाहरण उनले दिए ।

एनवाइईएफ वीरगञ्जका निवर्तमान अध्यक्ष राकेश साहले उद्यमीहरूले व्यावसायिक सम्बन्धलाई विस्तार गर्दै जानुपर्ने धारणा व्यक्त गरे भने पूर्व अध्यक्ष अनुप अग्रवालले युवाहरू आर्थिक रूपान्तरणका संवाहक भएको बताए । उनले आर्थिक र सामाजिक विकासको नेतृत्वमा युवाहरूको सहभागिताबाट मात्रै लक्ष्यमा राखिएको समृद्धि हात लाग्न सक्ने बताए ।

कार्यक्रममा एनवाइईएफ वीरगञ्जका सल्लाहकार राहुल अग्रवालले कुनै पनि उद्यम र उद्यमीको सफलताको लागि व्यावसायिक सम्बन्ध महत्त्वपूर्ण हुने बताए । कार्यक्रमको सहजीकरण एनवाइईएफ सदस्य एवम् यात्रा डेली डटकमका सञ्चालक आशुकुमार सर्राफले गरेका थिए । औद्योगिक भ्रमणको संयोजन मोहित गुप्ता र राहुल अग्रवालले गरेका थिए । औद्योगिक भ्रमणपछि सहभागीहरूबिच विभिन्न मनोरञ्जनात्मक खेलहरू खेलाइएको थियो । सो सेसनको सञ्चालन पङ्कज अग्रवाल र विपिन बावरीले गरेका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मधेशमा मानसिक स्वास्थ्य संकटः सामाजिक लाञ्छना र विशेषज्ञ अभावले आत्महत्याको जोखिम !

मधेशमा मानसिक स्वास्थ्य संकटः सामाजिक लाञ्छना र विशेषज्ञ अभावले आत्महत्याको जोखिम !

असार २६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

स्कुल बसको अचानक मोडाइले दुर्घटनाः मोटरसाइकल चालकको मृत्यु, दुई गम्भीर घाइते

असार २५, २०८३
वीरगंज मुख्यक सडक विस्तारः अतिक्रमित संरचना हटाउने अभियान जारी

वीरगंज मुख्यक सडक विस्तारः अतिक्रमित संरचना हटाउने अभियान जारी

असार २५, २०८३
अब साप्ताहिक पत्रिकाले पनि लोककल्याणकारी विज्ञापन पाउने

अब साप्ताहिक पत्रिकाले पनि लोककल्याणकारी विज्ञापन पाउने

असार २५, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि