Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
नेशनल मेडिकल कलेज राष्ट्रिय धोती दिवस सामुदायिक विद्यालय रास्वपा पर्सा हरिखेतान बहुमुखी क्याम्पसमा विवाद छिपहरमाई काण्डमा अख्तियारको चार्जशीट हरिखेतान क्याम्पसमा व्यवस्थापनको मनपरी हरिखेतान क्याम्पस विवाद
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

कलैया – ४ का वडाध्यक्षको दादागिरी, छड सिमेन्ट नदिएपछि सडक विस्तारको नाममा घर भत्काए

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज ५, २०८०
कलैया – ४ का वडाध्यक्षको दादागिरी, छड सिमेन्ट नदिएपछि सडक विस्तारको नाममा घर भत्काए

कलैया (बारा), ५ असोज । कलैया उपमहानगरपालिका वडा नं. २३ निवासी अनिल पटेलले वडा नं. ४ का वडाध्यक्षले रिसिबी साध्न निजी जग्गामा निर्माण गरिएको घर (गोदाम) भत्काएको आरोप लगाएका छन् । कलैया बरियारपुर हुलाकी सडक खण्ड अन्तर्गत वडा नं. ४ स्थित पर्ने हनुमान मन्दिरदेखि उत्तरपट्टि कलैया अदालतसम्म जाने बाटो बनाउने नाममा हनुमान मन्दिर स्थित निजी जग्गामा निर्माण गरिएको गोदाम भत्काएको आरोप लगाएका हुन् ।

नक्सामा हुलाकी सडक स्थित हनुमान मन्दिरदेखि अदालत जाने बाटो कायम नरहेको अवस्थामा पटेल र उनको पश्चिमपट्टि रहेको जग्गाधनीले १०/१० फिट जग्गा दिई बाटो बनाएका छन् । कलैया उपमहानगरपालिकाका पूर्व नगरप्रमुख राजेश राय यादव एवं पूर्ववडाध्यक्ष जाटाशंकर सहनीको पहलमा सामाजिक व्यवहार अनुसार दुबै पक्षबाट जग्गाधनीले २० फिट जग्गा दिई बाटो निर्माण गराएका थिए ।

पटेलले सडक निर्माणको लागि आफ्नो निजी जग्गाबाट १० फिट जग्गा दिएका छन् । त्यहाँ कच्ची ग्राइभेल सडक निर्माण गरिएको छ । निजी जग्गा २० फिट दिएर सडक निर्माण गरेतापनि वर्तमान वडाध्यक्ष रामेश्वर प्रसाद यादवले पुरानो रिसिवी साध्न ३० फिटको जग्गा निर्माण गर्ने भनेर घर भत्काएको घरधनी पटेलको आरोप छ । वडाध्यक्ष यादवले कलैया उपमहानगरपालिकाका नगर प्रहरी सहित डोजर बोलाएर एकाविहानै घर तोडेको पटेलको भनाई छ ।

एक हप्ता अगाडि मात्रै घरधनी पटेलले सडक विस्तार हुने कुरा जानकारी पाएका थिए । वडाध्यक्ष यादवले घरधनी पटेललाई फोनमा घर कहिले तोड्ने भनेर सोधेपछि निजी जग्गामाथिको घर तोड्ने वडाध्यक्षको ग्राइन डिजाइनबारे थाहा पाएपछि पटेलले उच्च अदालत जनकपुर, अस्थायी इजसाल वीरगंजमा भदौ २९ गते मुद्दा दर्ता गराएका थिए । त्यस पश्चात उच्च अदालतले असोज ७ गते आइतबार छलफल पेशीको लागि कलैया उपमहानगरपालिकालाई पत्र पठाए पश्चात वडाध्यक्षले ५ गते एकाविहानै दलबल सहित पुगी घर भत्काएका थिए ।

वडाध्यक्ष यादवले अदालतमा मुद्दा किन दिएको ? भन्दै घर तोडेको सँगै रहेका वडा नं. ६ का वडाध्यक्ष रामविश्वास ठाकुरले बताए । घर भत्काउने बखत घरधनीले सोधपुछ गर्दा घरधनी एवं परिवारका सदस्यहरुलाई कुटपिट समेत गरेको घरधनी पटेलको भनाई छ । वडाध्यक्षले कुनैपनि जानकारी नदिई एकाविहानै घरमा सूचना टाँस गरि तोडेको स्थानीयहरुको भनाई छ । घर तोडफोड हुन थाले पश्चात स्थानीयले घरधनी पटेललाई खबर गरेका थिए । त्यस पश्चात घरधनी पटेल आएर सोधपुछ गर्दा वडाध्यक्षका कार्यकर्ता एवं नगर प्रहरी पटेलमाथि हातपात गरेका थिए । वडाध्यक्षका कार्यकर्ता एवं नगर प्रहरीले घरधनी पटेलका बुवामाथि हेलमेट हिर्काएका थिए भने नगर प्रहरीले पटेलका भाईलाई लठ्ठी र मुक्काले नाकमा हानी कुटपिट गरेका थिए ।

वडाध्यक्षले गुण्डागर्दी शैलीमा अन्य केही स्थानीयहरुको पनि घर तोडफोड गरेको स्थानीयहरुको भनाई छ । उनीहरुका अनुसार कसैलाई केही जानकारी नदिई २० फिटको सडक हुँदाहुँदै थप सडक विस्तार गर्ने बहानामा जथाभावी तोडफोड गर्ने गरेको स्थानीयहरुको आरोप छ । केही दिनदेखि वडाध्यक्षको दादागिरी बढेको उनीहरुको भनाई छ । यसबारे वडाध्यक्ष रामेश्वर प्रसाद यादवसँग बुझ्दा स्थानीय सरकार ऐन अन्तर्गत ३० फिटको सडक विस्तार गर्नको लागि घर भत्काएको बताए । उनले स्थानीय सरकारले त्यस ठाउँमा ३० फिटको सडक विस्तार गर्न स्थानीयसँग सहमति गरे अनुसार नै त्यहाँका घरहरु भत्काउने कार्य गरेको बताए ।

सडक विस्तार गर्नको लागि सबै नियम कानूनी प्रक्रिया पुर्‍याएको उनको भनाई छ । तर घरधनीले आफ्नो निजी जग्गाबाट सडक दिँदा पनि घर भत्काएको बताए । सडक विस्तारबारे आफूहरुलाई कुनैपनि जानकारी नरहेको स्थानीयहरुको भनाई छ । घर भत्काइएका घरधनी अनुसार यहाँका स्थानीयसँग कुनै किसिमको छलफल अर्थात सहमति नभएको बताए । वडाध्यक्षले आफ्नो निहीत स्वार्थ पुरा एवं पुरानो रिसिवी साध्न यो प्रोपगण्डा मच्चाएको बताए । वडाध्यक्षले उच्च अदालतको पत्रलाई पनि अपहेलना गरेका छन् । छलफल पेशीको लागि असोज ७ गते बोलाएको जानकारी पाएलगत्तै वडाध्यक्षले असोज ५ गते नै घर तोडफोड गरेका छन् ।

छड सिमेन्ट नदिँदा गोदाम तोड्ने योजना
वडाध्यक्ष यादवले असार मसान्तमा आफ्नो निजी कार्यको लागि घरधनी पटेलसँग १ करोड बराबरको छड सिमेन्ट उधारो मागेका थिए । छड सिमेन्ट उधारो नदिएपछि वडाध्यक्षले पटेलको गोदाम नै भत्काइदिने योजना बनाइएको बताइएको छ । निजी कामको लागि १ करोड बराबरको छड सिमेन्ट उधारो नदिएले गोदाम तोड्ने धम्की दिँदै आएको घरधनी पटेलको भनाई छ । घरधनी पटेलले छड सिमेन्टको काम गर्दै आएका छन् । एक हप्ता अघि पनि वडाध्यक्षले घर तोड्ने धम्की दिएको घरधनी पटेलको भनाई छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

माघ ५, २०८२
पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

माघ ५, २०८२
पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

माघ ५, २०८२
माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माघ ५, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि