Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
नेशनल मेडिकल कलेज रास्वपा पर्सा राष्ट्रिय धोती दिवस हरिखेतान बहुमुखी क्याम्पसमा विवाद सामुदायिक विद्यालय हरिखेतान क्याम्पस विवाद वीरगंजमा लगाइएको कर्फ्यू हट्यो साम्प्रदायिक तनावले शिक्षा प्रभावित
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

छिपहरमाई गाउँपालिका अध्यक्ष गुप्ताले धर्मको नाममा चन्दामा मात्रै साढे १८ लाख सिध्याए

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज ४, २०८०
छिपहरमाई गाउँपालिका अध्यक्ष गुप्ताले धर्मको नाममा चन्दामा मात्रै साढे १८ लाख सिध्याए

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), ४ असोज । छिपहरमाई गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा चन्दाको नाममा साढे १८ लाख बढि रकम सिध्याएका छन् । आफ्नो आसेपासे एवं कार्यकर्ताहरुलाई विभिन्न पर्वको बहानामा चन्दाको नाममा १८ जनालाई १८ लाख ५८ हजार बजेट सिध्याएका हुन् । कोष तथा लेखा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको २०७८/०७९ को लेखापरीक्षण प्रतिवेदनमा अनुत्पादक कार्य भन्दै १८ लाख ५८ हजार बेरुजु देखाएको छ । अध्यक्ष गुप्ताले तीन देखि चार महिनाको अवधिमा मात्रै चन्दाको नाममा साढे १८ लाख बढि रकम झ्वाम बनाएका छन् । गाउँपालिका श्रोतका अनुसार कमिशनको लागि आफ्नो कार्यकर्ताहरुलाई विभिन्न पर्वको बहानामा पालिकाको बजेटमा भ्रष्टाचार गरेको बताइएको छ । अध्यक्ष गुप्ताले २०७८ कात्तिकदेखि माघसम्ममा १८ जनालाई विभिन्न चन्दाको बहानामा १८ लाख ५८ हजार रुपैया पालिकाको बजेट सिध्याएका छन् ।

उनले छिपहरमाई गाउँपालिका वडा नं. ५ मा बकरईद मनाउन अयुब अन्सारीलाई ७५ हजार रुपैया, वडा नं. २ मा बकरईद मनाउन वृजेश प्रसाद यादवलाई १ लाख २५ हजार रुपैयाँ, वडा नं. २ मा छठघाट निर्माण गर्न करन साह कलवारलाई १ लाख २५ हजार रुपैयाँ, वडा नं. ५ मा छठघाट निर्माण गर्न केदार सहनीलाई १ लाख रुपैयाँ, केदार सहनीर्लाइ नै पुनः दिपावली मनाउन २० हजार रुपैयाँ, केदार सहनीलाई छठघाट निर्माण गर्न तेश्रो पटक २ लाख रुपैयाँ, वडा नं. १ मा छठघाट निर्माण गर्न राजकिशोर प्रसाद चौरसियालाई ५० हजार रुपैयाँ, वडा नं. ३ मा छठघाट निर्माण गर्न राजकिशोर प्रसाद चौरसियालाई नै पुनः ५० हजार, वडा नं. ४ मा छठघाट निर्माण गर्न साहेब महतोलाई ७५ हजार रुपैयाँ, वडा नं. १ मा बकरईद मनाउन राजकिशोर प्रसाद चौरसियालाई नै पुनः तेश्रो पटक ७५ हजार रुपैयाँ, वडा नं. २ मा छठघाट निर्माण गर्न केदार सहनीलाई नै चौथो पटक ३ लाख ५० हजार रुपैयाँ, वडा नं. ३ मा बकरईद मनाउन राजकिशोर प्रसाद चौरसियालाई नै पुनः चौथो पटक ८६ हजार रुपैयाँ, वडा नं. ३ मा छठघाट निर्माण गर्न राजकिशोर प्रसाद चौरसियालाई नै पाँचौ पटक २ लाख रुपैयाँ, वडा नं. १ मा छठघाट निर्माण गर्न राजकिशोर प्रसाद चौरसियालाई नै छैठो पटक २ लाख ७५ हजार रुपैयाँ र वडा नं. ५ मा दुर्गा पुजाको लागि केदार सहनीलाई पाँचौ पटक ५० हजार रुपैया दिएका छन् ।

अध्यक्ष गुप्ताले छिपहरमाई गाउँपालिकाबाट साढे १८ लाख रुपैयाँमध्ये राजकिशोर प्रसाद चौरसियालाई मात्रै ६ पटक गरि ७ लाख ३८ हजार रुपैयाँ चन्दा दिएका छन् भने केदार सहनीलाई ५ पटक गरि ६ लाख २० हजार रुपैयाँ दिएका छन् । अध्यक्ष गुप्ताले आफ्ना आसेपासेलाई एवं कार्यकर्ताहरुलाई खुसी पार्नको लागि जनताको करको पैसालाई धुवाँ जस्तो उडाएका छन् । आफू पुर्खयौली धनाड्य रहेको रवाफ देखाउने गुप्ता आफ्नो खल्तीबाट चन्दा दिनुपर्नेमा कार्यकर्तालाई खुसी पार्न एवं कमिशन असुल्नको लागि धर्मको नाममा लुटतन्त्र नै मच्चाएका छन् । पालिका आफ्नो निजी सम्पत्ति रहेको जस्तो धर्मको नाममा दुईजना कार्यकर्तालाई दिपावली पर्व मनाउन भनेर पैसा बाँडेका छन् र यस कार्यमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतले साथ दिएको बताइएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको लेखा परीक्षण प्रतिवेदनमा देखिएको बेरुजु बजेटबाट चन्दा लिनेमा यि दुईजना मात्रै गरिब विपन्न परिवारका रहेछन् भन्ने गाउँपालिकाबासीले बुझ्नुपर्ने देखिन्छ । अध्यक्ष गुप्ताले चन्दा पनि दिने बेलामा कुन धर्मको नाममा कुन धर्मावलम्बीलाई रकम दिइएको छ ? ख्याल समेत गरेका छैनन्, यसैबाट उनले गरेको भ्रष्टाचारको पुष्टि हुन्छ । बकरईद मनाउन यादव र चौरसिया थरका कार्यकर्तालाई बजेटबाट रकम दिएका छन् ।

कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार ‘स्थानीय सरकार संचालन ऐन, २०७४ मा कुनै संस्था वा व्यक्तिलाई पर्व, जात्रा, उत्सव मनाउन खर्च तथा सहयोग गर्ने व्यवस्था भएको देखिदैन । पालिकाले निम्न गोधारा भौचरबाट निम्न सम्बन्धित प्रतिनिधिहरु तथा कर्मचारीलाई छठ, तिहार, दशैं, होली, शिवरात्री आदी पर्व मनाउन पालिकाबाटै वडाहरुलाई योजना छनौट गरी बजेट व्यवस्था गरी टुक्रा-टुक्रा पारी खर्च गरेको छ । ती कार्यले पूँजी निर्माणमा योगदान पुर्‍याउने अंश घट्न गई पूँजीगत कार्य प्रगतिमा असर गर्ने अवस्था एकातिर देखिन्छ भने अर्को तर्फ यस्तो खर्चले प्रतिफल नदिने हुन्छ । यस्तो वितरणमुखी एवं आर्थिक सहायता वितरण प्रक्रियालाई नियन्त्रण गर्नुपर्ने भनी गतविगतमा सुझाउ दिँदै आएकोमा यो वर्ष पनि विभिन्न व्यक्ति तथा संस्थालाई रु. १८,५८,०००/- वितरण गरेको छ । यस्तो खर्च कानून सम्मत नभएकोले अनियमित भएकोले यस्तो खर्चमा नियन्त्रण हुनुपर्दछ ।’ भन्ने उल्लेख गरेको छ ।

जनताले तिरेको करबाट विकास निर्माण गर्नुपर्नेमा अध्यक्ष गुप्ताले कसरी लुट्न सकिन्छ भन्ने तल्लिन रहेको लेखा परीक्षण प्रतिवेदनबाटै पुष्टि हुन्छ । जनताले तिरेको कर अध्यक्ष गुप्तालाई धर्मको नाममा कार्यकर्तालाई बाँड्नको लागि दिइएको हो ? कि विकास निर्माणको लागि दिइएको हो भन्ने छिपहरमाईबासीहरुले सामाजिक सञ्जाल मार्फत विरोध जनाउन थालेका छन् । छिपहरमाई गाउँपालिकाका युवा जितेन्द्र यादवले सामाजिक सञ्जालमा कोष तथा लेखा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्दै ‘गापा अध्यक्ष गुप्ता जी यहीँ विकास हो ? बजेटलाई चन्दाको रूपमा वितरण गर्नु ? यादवले बकरीद मनाउन छ कि १ लाख २५ हजार बकरीद मनाउन चन्दा दिनु भएको छ कति कमिशन खाएर बजेटलाई चन्दाको रूपमा बाँड्नु भएको छ ? विद्यालायमा शिक्षक व्यवस्था गर्ने बजेट छैन् र चन्दा बाड्न बजेट छ ? कति राम्रो विकासको नमूना पेश गर्नु भएको छ ?’ भनेर लेखेका छन् । यसैगरि इन्जिनियर राहुल कुमार पाण्डेलेपनि सामाजिक सञ्जालमा लेखा परीक्षण प्रतिवेदन पोष्ट्याउँदै सोही प्रश्नलाई दोहर्‍याएका छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

यस वर्षको स्व. गोपाल गिरी स्मृत्ति पत्रकारिता पुरस्कार देवकोटालाई

यस वर्षको स्व. गोपाल गिरी स्मृत्ति पत्रकारिता पुरस्कार देवकोटालाई

माघ १, २०८२
नेपाल एसबिआई बैंक लुट प्रकरण : ‘घरभेटीकै योजनामा लुट’ बयानपछि घरधनी पक्राउ

नेपाल एसबिआई बैंक लुट प्रकरण : ‘घरभेटीकै योजनामा लुट’ बयानपछि घरधनी पक्राउ

माघ १, २०८२
बढ्दो जाडोमा विपन्नलाई राहत : पर्सा र बारामा नेपाल प्रहरी श्रीमती संघद्वारा न्यानो कम्बल वितरण

बढ्दो जाडोमा विपन्नलाई राहत : पर्सा र बारामा नेपाल प्रहरी श्रीमती संघद्वारा न्यानो कम्बल वितरण

माघ १, २०८२
धार्मिक आस्था, सांस्कृतिक गौरव र जैविक विविधताको सन्देशसहित माघे सङ्क्रान्ति सम्पन्न

धार्मिक आस्था, सांस्कृतिक गौरव र जैविक विविधताको सन्देशसहित माघे सङ्क्रान्ति सम्पन्न

माघ १, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि