Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज महानगरपालिका वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

संविधान दिवसमा ६७० कैदीको सजाय मिनहा, वीरगंज कारागारबाट १७ जना कैदी कारागारमुक्त

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज ३, २०८०
संविधान दिवसमा ६७० कैदीको सजाय मिनहा, वीरगंज कारागारबाट १७ जना कैदी कारागारमुक्त

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), ३ असोज । संविधान दिवसको अवसरमा वीरगंज कारागारबाट १७ जना कैदीहरु कारागारमुक्त भएका छन् । आठौं संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा देशभरिमा ६ सय ७० जना कैदी बन्दीको कैद माफी गरिएकोमा वीरगंज कारागारबाट १७ जना कैदी कारागारमुक्त भएका हुन् । कारागार मुक्त हुनेहरुमा ३ जना महिला तथा १४ जना पुरुष रहेका छन् । कर्तव्य ज्यान मुद्दाका ३ जना, लागुऔषध मुद्दाका जेष्ठ नागरिक २ जना, गर्भपतन मुद्दाका २ जना, सवारी ज्यान मुद्दाका ४ जना, वन मुद्दाका १ जना, नकबजनी चोरी मुद्दाका ३ जना तथा डाँैका मुद्दाका २ जना गरि १७ जना कैदीको कैद सजाय मिनहा भएको वीरगंज कारागार कार्यालयले जानकारी दिएको छ ।

कारागारमुक्त हुनेहरुमा लागुऔषध मुद्दाका जेष्ठ नागरिक जिल्ला पर्सा जगरनाथपुर गाउँपालिका – ४ निवासी राजेश्वर प्रसाद यादव, सोही प्रकृतिका जेष्ठ नागरिक बहुदरमाई नगरपालिका वडा नं. ९ का सहजद्दीन भन्ने समदीन मियाँ, कर्तव्य ज्यान मुद्दाका ४० प्रतिशत कैद भुक्तान गरिसकेका बारा करैयामाई गाउँपालिका – ४ का मनिर मियाँ अन्सारी, सोही प्रकृतिका पर्सा बहुदरमाई नगरपालिका – ७ का चन्द्रिका राउत अहिर, गर्भपत मुद्दाकी बारा विश्रामपुर – ५ कि मनुरमा देवी कनुइन तथा पशुपतिया देवी, कर्तव्य ज्यान मुद्दाका बारा सिम्रौनगढ नगरपालिका – ३ की हसबुन खातुन रहेकी छिन् ।

यसैगरि सवारी ज्यान मुद्दाका ५० प्रतिशत कैद भुक्तान गरिसकेका बारा जितपुर सिमरा उपमहानगरपालिका – ११ का बालेश्वर चौधरी, वन मुद्दाका बारा निजगढ नगरापालिका – ११ का टिटाई गुरो, नकबजनी चोरी मुद्दाका भारत घर भई हाल बारा कलैया उपमहानगरपालिका – ५ का रोशन कुमार सहनी, कलैया – ४ का दिपक कुमार साह, सवारी ज्यान मुद्दाका भारतको मोतिहारीका रामपुकार महतो नुनिया, पर्सा वीरगंज महानगरपालिका – १ का अमर साह सोनार भन्ने अमर कुमार सोनार, डाँका मुद्दाका पर्सा कालिकामाई गाउँपालिका – ३ का अकलेश भन्ने सागर पटेल, नितेश महतो केवट, नकबजनी चोरी मुद्दाका वीमनपा – १३ का बलबीर सिंह तथा सवारी ज्यान मुद्दाका पर्सा जगरनाथपुर गाउँपालिका – २ का सुरेन्द्र महरा रहेका छन् ।

कारागारमुक्त हुनेहरुलाई वीरगंज कारागारका कर्मचारी नासु नवराज बर्तौलाले अविर टिका लगाई विदाई गरेका थिए । उनले कारागारभुक्त भएका कैदीहरुको विदाई गर्दै विगतमा वितेका दिनहरुलाई विर्सेर अगामी जीवनको यात्रा सुखमय होस् भन्ने शुभकामना समेत दिएका थिए । आगामी दिनमा यस्ता अपराधिक क्रियाकलाप जस्ता कार्यबाट टाढा रही इमान्दारीतापूर्वक काम गरेर आफ्नो परिवारसँग सुखमय जीवन वितोस् भन्ने शुकामना सहित यहाँबाट सकारात्मक सुधार भएका कुरालाई आफ्नो जीवनमा लागु गर्न समेत आग्रह गरे ।

संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ तथा फौजदारी कसुर नियमावली, २०७६ मा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले कैदी बन्दीको कैद मिनाहा गर्न सक्ने व्यवस्था अनुसार राष्ट्रपति पौडेलले विगत वर्षहरू झै देशका विभिन्न कारागारमा रहेका ६ सय ७० जना कैदीको कैद सजाय मिनहा गरेका हुन् । सोही अनुसार वीरगंज कारागारबाट १७ जना कैदीले राष्ट्रपतिबाट आम माफी पाएर कारागारमुक्त भएका हुन् । विभिन्न मुद्दामा कैदी जीवन विताई रहेकामध्ये ४० देखि ५० प्रतिशत कैद सजाय मिनहा गरिसकेका र चालचलनमा सुधार आएका कैदीहरुमध्ये कारागार प्रशासनको सिफारिसमा राष्ट्रपतिबाट कैद सजाय माफी पाउँदै आएका छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पम्प जडान गर्ने क्रममा मिस्त्रीको मृत्यु

महिला मृत अवस्थामा फेला, हत्या गरिएको हुन सक्ने आशंका

बैशाख ३०, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

राजस्व चुहावट मुद्दामा दोषी ठहरिएका प्रबिन्द्र साह गोढ पक्राउ

बैशाख ३०, २०८३
छात्राहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले मेहन्दी तालिम

छात्राहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले मेहन्दी तालिम

बैशाख ३०, २०८३
सीमाक्षेत्रमा लागू औषधविरुद्ध जनचेतना अभियान

सीमाक्षेत्रमा लागू औषधविरुद्ध जनचेतना अभियान

बैशाख ३०, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि