Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जिल्ला प्रहरी कार्यालय पर्सा जसपा नेपाल पर्सा रास्वपा पर्सा जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

अन्तर्राष्ट्रिय सन्धी विपरित नेपाल भारत दशगज्जा क्षेत्रमा भारतीय एसएसबीको चेकपोष्ट

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज ३, २०८०
अन्तर्राष्ट्रिय सन्धी विपरित नेपाल भारत दशगज्जा क्षेत्रमा भारतीय एसएसबीको चेकपोष्ट

वीरगंज (पर्सा), ३ असोज । नेपाल भारत सीमा क्षेत्रको दशगज्जा स्थित रहेको मित्तेरी पुलमा भारतीय एसएसबीले अस्थायी चेकपोष्ट स्थापना गरेको छ । वीरगंज रक्सौल दशगज्जा क्षेत्रमा पर्ने मित्तेरी पुल स्थित भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अस्थायी चेकपोस्ट स्थापना गरेको हो । चेक पोस्टमा खटिएका एसएसबी जवानहरूले दुवै तर्फबाट आवतजावत गरिरहेका सवारीसाधनलाई चेकजाँच गरिरहेका छन् । यस नाकाबाट दिनहुँ हजारौंको संख्यामा मान्छेहरू पैदल तथा गाडीमा व्यावसायिक, धार्मिक र पारिवारिक कामले नेपाल-भारत आउजाउ गर्ने गरेका छन् ।

भारतीय एसएसबीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मनोजकुमार शर्माले अन्तर्राष्ट्रिय मापदण्डको पालना गरेर भारतीय भूमिमै चेकपोष्ट स्थापना गरिएको बताए । उनले चेक पोष्ट स्थापना गर्दा भारतले नेपालसँग भएका कुनै पनि सम्झौता अथवा सन्धीको उल्लंघन नगरेको भन्दै दुवै देशको सुरक्षा, मानव तस्करी र चोरी पैठारी नियन्त्रण गर्ने उद्देश्यले चेकपोष्टको स्थापना गरिएको बताए । एसएसबीको केन्द्रीय सर्कुलर अनुसार रक्सौल-वीरगंज नाका हुँदै आवतजावत गर्ने तेश्रो मुलुकका नागरिकमाथि निगरानी बढाउनका लागि यहाँ चेकपोष्टको स्थापना गरिएको इन्स्पेक्टर शर्माको भनाई छ ।

यता पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालले यस नाकाबाट आवतजावत गर्ने तेश्रो मुलुकका नागरिकमाथि निगरानी बढाउन एसएसबीले चेकपोष्ट स्थापना गरेको बताए । उनले मित्तेरी पुल नेपाल र भारत दुवै देशको रहेको र स्थापित चेक पोस्ट भारतीय भूमिमै रहेको प्रस्ट पारे । चाँडपर्वको बेला नेपाल भारतका नागरिकहरु वीरगंज रक्सौल ओहरदोहर गरि रहेको मौका छोपी तेश्रो मुलुकका नागरिकहरु आवत जावन गर्न सक्ने अवस्थालाई माध्यनजर गर्दै भारतीय एसएसबीले चेकपोष्ट स्थापना गरेको बताए ।

यसैगरि सशस्त्र प्रहरी बल नम्बर १३ गण वीरगंजका प्रमुख एवं सशस्त्र प्रहरी उपरीक्षक किशन कर्मचार्यले पनि चेकपोष्ट भारतीय भूमिमै रहेको बताए । उनले यस नाकाबाट आवत जावत गर्ने तेश्रो मुलुकको नागरिकहरुमाथि निगरानी बढाउनकै लागि चेकपोष्ट स्थापना गरिएको बताए । अन्तर्राष्ट्रिय सन्धीअनुसार विशेष परिस्थिति बाहेक अन्य समयमा चेकपोस्ट राख्न नपाइने प्रावधान हुँदाहुँदै भारतीय एसएसबीले दशगज्जा क्षेत्रमा चेकपोष्ट स्थापना गरेर नेपाल भारत सम्झौता विरुद्ध कार्य गरेको बुद्धिजीवीहरुको भनाई छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वमन्त्रीद्वय गुप्ता र श्रेष्ठ विरुद्धको मुद्दाः साक्षी तथा प्रमाण बुझ्‌ने प्रक्रिया अघि बढाउने आदेश

पूर्वमन्त्रीद्वय गुप्ता र श्रेष्ठ विरुद्धको मुद्दाः साक्षी तथा प्रमाण बुझ्‌ने प्रक्रिया अघि बढाउने आदेश

चैत्र ३०, २०८२
सशस्त्र प्रहरीको गाडीले ठक्कर दिदाँ एकजना घाइते

सशस्त्र प्रहरीको गाडीले ठक्कर दिदाँ एकजना घाइते

चैत्र ३०, २०८२
विवाहेतर सम्बन्धको विवादले प्रहरी जवान चौरसियाको हत्या भएको खुलासा

विवाहेतर सम्बन्धको विवादले प्रहरी जवान चौरसियाको हत्या भएको खुलासा

चैत्र ३०, २०८२
भाउजुमाथि कुटपिटको आरोपमा वडाध्यक्ष थारुको स्पष्टीकरणः ‘घटनामा मेरो कुनै संलग्नता छैन’

भाउजुमाथि कुटपिटको आरोपमा वडाध्यक्ष थारुको स्पष्टीकरणः ‘घटनामा मेरो कुनै संलग्नता छैन’

चैत्र ३०, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि