Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

माटो पेलेर तेल निस्किदैन, नियम कानुन भित्र रहेर बैभव वीरगंज बनाउछु : नगर प्रमुख सिंह

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज २, २०८०
माटो पेलेर तेल निस्किदैन, नियम कानुन भित्र रहेर बैभव वीरगंज बनाउछु : नगर प्रमुख सिंह

वीरगंज (पर्सा), २ असोज । वीरगंज महानगरपालिका प्रमुख राजेशमान सिंहले माटो पेलेर तेल ननिस्कने बताउदै नियम कानुन भित्र रहेर बैभव वीरगंज बनाउने अभियानमा आफू जुटेको बताउनु भएको छ । एक कार्यक्रममा नगर प्रमुख सिंहले अबको ३ बर्ष ९ महिना भित्रै नमुना वीरगंज होईन, बैभव वीरगंज बन्ने दावी गर्नु भयो । उहाँले गाउँ नपस्नेहरुले गाउँको विकास भएन भनेर सामाजिक संजाल लगायतका भित्ताहरु रंग्याउने गरेको बताउदै त्यस्ता व्यक्तिलाई वीरगंज महानगरपालिकाको वडा नम्बर १७ देखि ३२ सम्म पस्न आग्रह गर्नुभयो ।

महानगरपालिकाको ग्रामिण क्षेत्रको विकासका लागि मास्टर प्लान बनाएर आफू अगाडी बढेको बताउदै नगर प्रमुख सिंहले आफ्नो कार्यकालमा भ्रष्टाचार र अनियमिता भयो भन्नेहरुलाई अख्तियार बोलाएर अनुसन्धानका लागि फाईल लैजान चुनौती दिनुभयो । उहाँले आफ्नो १५ महिने कार्यकालमा भए गरेका कामका सम्पूर्ण फाईलहरु र निवर्तमान मेयर विजय सरावगीको कार्यकालको फाईलहरु पनि अख्तियारमा लगेर परिक्षण गर्न चुनौती दिदै जसले भ्रष्टाचार गरेको छ त्यसलाई कारवाही हुनु पर्छ भन्नु भयो । नगर प्रमुख सिंहले हाल दैनिक ज्यालादारी र डोर हाजिरमा कार्यरत ४ सय ९० जना कर्मचारी हटाईएको बताउदै ३२ वडामा वडा अध्यक्षले ५/५ जना सफाई कर्मी, १ जना ड्राईभर, १ जना कम्प्यूटर अपरेटर र १ जना कार्यालय सहयोगी गरी २ सय ५६ जना नियुक्त गरेको बताउदै आफूले कसैको दवावमा कर्मचारी नियुक्ती नगरेको र अहिले कर्मचारी हटाउँदा सबै भन्दा बढी प्रभाव नगर प्रहरी र दमकलमा परेको बताउनु भयो ।

वीरगंज महानगरपालिकामा हाल कर्मचारी हटेसँगै ३२ जना नगर प्रहरी र ६ जना फायर मैन मात्रै रहेको बताउँदै यसले महानगर चलाउन कठिन भए पनि आफूहरुले प्रयास गरी रहेको बताउनु भयो । नगर प्रमुख सिंहले विपक्षी तथा वीरगंजका २/४ जना पत्रकारले आफूलाई आरोप लगाउदै आएको बताउदै आरोपले आफू उल्टै मजबुद हुने र उर्जा प्राप्त हुने दावी गर्नुभयो । उहाँले आफू कहिल्यै पछाडी फर्केर नहेर्ने बताउदै आफू व्यापारी नभई जनताको सेवक रहेको बताउनु भयो । नगर प्रमुख सिंहले महानगरका ३२ वडामा फोहोर उठाउने ट्याक्टर नभएको अवस्थामा रकम जुटाएर ट्याक्टर खरिद गरिएको बेला त्यसैलाई भ्रष्टाचार भन्ने पूर्व व्यापारी मेयरले नाफा घाटा हेरेको बताउँदै जनताको सेवकले जनताको दुःख मात्रै हेर्ने दावी गर्नु भयो ।

वीरगंजको विकास सँगै शिक्षा, स्वास्थ्यलाई प्रमुख एजेण्डा बनाउदै आफू अगाडी बढी रहेको बताउदै नगर प्रमुख सिंहले नारायणी अस्पताल सहितका वीरगंजका अस्पतालहरुको सुधारमा महानगरपालिका लागेको बताउनु भयो । उहाँले शिक्षा र स्वास्थ्य क्षेत्रका माफियातन्त्रलाई  जरै देखि उखेल्न आफू लागि परेको बताउदै सर्वसुलभ गुणस्तरीय स्वास्थ्य र  शिक्षाको व्यवस्थापनमा महानगर जुटि रहेको खुलासा गर्नुभयो । नगर प्रमुख सिंहले नगर क्षेत्रको व्यापार, व्यवसाय, कलकारखानाको लागत निकालेर व्यवसायीसँग कर लिने, घरवहाल करलाई व्यवस्थित गर्ने अभियानमा महानगर जुटि रहेको बताउदै गत आर्थिक बर्ष २०७८/७९ भन्दा २०७९/८० मा ६ करोड बढी राजस्व उठाएको दावी गर्नु भयो ।

बैभव वीरगंज अभियान अन्तरगत नगरको सौन्दर्यकरण, सरसफाई, धार्मिक क्षेत्रको संरक्षण, सम्वर्द्धन, ढलनलको व्यवस्थापनमा महानगरपालिका रात दिन जुटेको बताउदै उहाँले महानगरमा आएका ग्रामिण वडाहरुको वृहत्तर विकासका लागि करोडौको बजेटका योजनाहरु केही संचालनमा आएको र केही आउने अवस्थामा रहेको जानकारी पनि दिनुभयो । उहाँले रामजानकी मन्दिरको जग्गामा बाटो नबन्ने दावी गर्दै हल्ला र हावाका पछाडी नलाग्न आग्रह गर्नु भयो ।  नगर प्रमुख सिंहले पुरानो बसपार्कको सटरमा के राखिन्छ डेढ महिना पछि हेर्नका लागि प्रतिक्षा गर्न नगरवासीलाई आग्रह गर्दै वीरगंजवासीको साथ सहयोगले मात्रै बैभव वीरगंजको लक्ष्य हासिल हुने दावी गर्नुभयो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

जेष्ठ ३, २०८३
मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

जेष्ठ ३, २०८३
संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

जेष्ठ ३, २०८३
लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

जेष्ठ ३, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि