Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
नेशनल मेडिकल कलेज रास्वपा पर्सा राष्ट्रिय धोती दिवस हरिखेतान बहुमुखी क्याम्पसमा विवाद सामुदायिक विद्यालय हरिखेतान क्याम्पस विवाद वीरगंजमा लगाइएको कर्फ्यू हट्यो साम्प्रदायिक तनावले शिक्षा प्रभावित
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

प्रहरीको करिब २० घण्टाको प्रयासपछि बालसुधार गृहको झडप साम्य

बालसुधार गृहका कैदीहरुबीच झडप, ९ कैदी सहित १२ जना घाइते

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ २७, २०८०
प्रहरीको करिब २० घण्टाको प्रयासपछि बालसुधार गृहको झडप साम्य

वीरगंज (पर्सा), २७ भदौ । वीरगंज महानगरपालिका – ४ वीर्ता स्थित बालसुधार गृहका बालकैदीहरुबीच मंगलबार राति झडप हुँदा ९ जना कैदी घाइते भएका छन् । मंगलबार राति करिब ८ बजेदेखि कैदीहरुबीच भएको उत्पन्न विवादलाई नियन्त्रण लिन पुगेका प्रहरीमाथि कैदीहरुले गरेको ढुंगामुढाले ३ जना प्रहरी घाइते भएको छ । बाल सुधार गृहमा विगत २ हप्ता अघि भक्तपुर स्थित बाल सुधार गृहबाट ल्याइएका १८ जना कैदी र वीरगंज स्थित पहिलादेखि नै बस्दै आएका बालकैदीहरुबीच विवाद भई झडप हुँदा भक्तपुर स्थितका १२ जना कैदी घाइते भएका छन् भन् बालसुधार गृह मंगलबार रातिदेखि बुधबार दिउँसोसम्म तनावग्रस्त रह्यो ।

मंगलबार राति भएको झडपमा भक्तपुरबाट ल्याइएका मध्ये ९ जना बालकैदी एवं ३ जना प्रहरी घाइते भएका छन् । घाइते भएका सुधार गृहका ९ जना बालकलाई मङ्गलवार राति नारायणी अस्पतालमा उपचार गराई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ । भक्तपुरको बाल सुधार गृहमा भदौ ४ मा उत्पात मच्चाएकामध्ये १८ जना बाल कैदीहरूलाई वीरगंजको बाल सुधार गृहमा ल्याएर राखिएको थियो । भक्तपुरबाट ल्याएर राखिएका बालकहरूले मङ्गलवार बेलुकी सुधार गृहका नाइकेसँग विवाद गरेर कुटपिट गरेपछि यहाँका बालकैदी र भक्तपुरबाट ल्याइएका बालकैदीबीच झडप भएको थियो ।

सुधार गृहभित्र उनीहरुले तोडफोड गर्न थालेपछि ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । प्रहरीले स्थिति नियन्त्रणमा लिन आधा दर्जन भन्दा बढि राउण्ड अश्रु ग्याँस पनि प्रहार गरेको थियो । बालकैदीहरुले बुधबार दिउँसोसम्म पनि होहल्ला, तोडफोड एवं प्रहरीमाथि ढुँगामुढा गरेका थिए । भक्तपुरबाट आएका बालकैदीहरुले आएदेखि नै यहाँ बस्ने मनसायमा थिएनन् । प्रहरीको करिब २० घण्टाको प्रयासपछि साम्य भएको थियो । मंगलबार रातिदेखि तनावग्रस्त बनेको बाल सुधार गृहको अवस्था बुधबार अपरान्ह देखि साम्य भएको हो । बाल सुधार गृहकै गेट अगाडि बुधबार अपरान्ह स्थानीय प्रशासन र प्रदर्शनकारी बालकैदीहरुबिच वार्ता भएको थियो । वार्तामा सहमती जुटेपछि सुधार गृहमा तोडफोड गर्नुको साथै बिरोध प्रदर्शन गर्दै बाहिर समेत निस्केका बालकैदीहरू सुधार गृह भित्र प्रवेश गरेका हुन् । सुरक्षाका लागि खटाइएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई पनि फिर्ता पठाइएको छ ।

वार्ता कै क्रममा बाल कैदीबन्दीहरुले सुधार गृहका पूर्व चौकीदार गुड्डु यादवलाई पक्राउ गरि कारवाही गर्न अडान राखेका थिए । गत जेष्ठ १५ गते राष्ट्रपतिबाट माफी पाएर रिहा भएका यादवले आफुहरुलाई यातना दिएको, बासी खाना खुवाउने गरेको, खान नमाने कुटपिट गर्ने गरेको, यादवको उर्दी नमान्दा आफुहरुलाई पिसाबसमेत खुवाएको, आफन्त भेट्न आउदाँ पैसा असुल्ने गरेको लगायतका काम गरेकाले उनलाई पुनः पक्राउ गरि कारबाही गर्न उनिहरुले माग गरे । उनीहरुले अहिलेपनि सुधार गृहमा कानुनले उपलब्ध गराएको सम्पूणर् सुविधा नपाएको, खानाको मात्रा पर्याप्त र गुणस्तरीय नभएको, एउटै कोठामा १७/१८ जनालाई कोचेर राखिएको, सुरक्षाका लागि खटिएका प्रहरीले गालीगलौज र दुर्व्यवहार गरिरहेको, बिरामी पर्दा औषधी उपचार पाउन नसकेको, शौचालय र सफा खानेपानीको व्यवस्था नभएकोले यी सबैको व्यवस्थापन गरिदिनुपर्ने मागपनि राखेका थिए ।

वार्ताका क्रममा प्रदर्शनकारी बालकैदीहरूले तीन सातापहिले भक्तपुर बाल सुधार गृहबाट ल्याएर राखिएका १८ जना बालकैदीहरुलाई पनि अन्यत्र पठाउन माग गरेका थिए । बालकैदीहरूले राखेका यी सबै माग सम्बेधन गर्न पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले आफ्नो तहबाट पुरा हुने मागहरु पुरा गर्ने र अन्य मागहरुको हकमा सम्बन्धित ठाउँमा पहल गर्ने वताए । अधिकारी रेग्मीले अबदेखि प्रत्येक महिना सुधार गृहको अनुगमनमा आफै आउने प्रतिबद्धता समेत जनाए । उनले भने,‘ ‘म अब प्रत्येक महिनामा एक पटक आफै सुधार गृहको अनुगमनमा आउँन्छु, त्यस क्रममा तपाईहरु आफ्नो गुनासो राख्नु होला,’ । त्यसपछि आन्दोलनरत बालकैदीहरु प्रदर्शन स्थगीत गरि अपरान्ह साढे ४ बजेपछि देखि बालगृह भित्र फर्किएको बाल सुधार गृहका प्रमुख टिकाकृष्ण काफेलेले बताए ।

उनका अनुसार वार्तामा भएको सहमति अनुसार प्रहरीले भक्तपुरको बालसुधार गृहबाटबाट ल्याएर राखिएका १८ जना बाल कैदीहरुलाई निकालेर जिल्ला प्रहरी कार्यालयमा लगेको थियो । वार्तामा वीरगंज बाल सुधार गृहमा मंगलबार राति देखि तोडफोड र ढुङ्गामुढा गर्दै प्रदर्शनमा उत्रिएका मध्ये २० जना बालकैदी, पर्साका प्रमुख जिल्ला अधिकारी रेग्मी, प्रहरी उपरीक्षक कोमल शाह, सशस्त्र प्रहरी उपरीक्षक सुमन बज्राचार्य, वीरगंज महानगरपालिका अन्तर्गतको बाल कल्याण गृहकी प्रमुख साबित्री भण्डारी, पत्रकार र मानवअधिकारकर्मीको सहभागीता थियो । भक्तपुर बाल सुधार गृहबाट ल्याइएका १८ जना बालकहरु यहाँ नबस्ने भन्दै विरोध जनाउँदै आएका थिए । त्यही विषयलाई लिएर मंगलवार बेलुकी सुधार गृहका नाइकेसँग विवाद गरी कुटपिट गरेपछि सुधार गृहमा कैदीहरुबीच झडप भएको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

यस वर्षको स्व. गोपाल गिरी स्मृत्ति पत्रकारिता पुरस्कार देवकोटालाई

यस वर्षको स्व. गोपाल गिरी स्मृत्ति पत्रकारिता पुरस्कार देवकोटालाई

माघ १, २०८२
नेपाल एसबिआई बैंक लुट प्रकरण : ‘घरभेटीकै योजनामा लुट’ बयानपछि घरधनी पक्राउ

नेपाल एसबिआई बैंक लुट प्रकरण : ‘घरभेटीकै योजनामा लुट’ बयानपछि घरधनी पक्राउ

माघ १, २०८२
बढ्दो जाडोमा विपन्नलाई राहत : पर्सा र बारामा नेपाल प्रहरी श्रीमती संघद्वारा न्यानो कम्बल वितरण

बढ्दो जाडोमा विपन्नलाई राहत : पर्सा र बारामा नेपाल प्रहरी श्रीमती संघद्वारा न्यानो कम्बल वितरण

माघ १, २०८२
धार्मिक आस्था, सांस्कृतिक गौरव र जैविक विविधताको सन्देशसहित माघे सङ्क्रान्ति सम्पन्न

धार्मिक आस्था, सांस्कृतिक गौरव र जैविक विविधताको सन्देशसहित माघे सङ्क्रान्ति सम्पन्न

माघ १, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि