Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वडाध्यक्ष सुपुत्रको कुपुत्र काम, बाउको विरुद्धमा समाचार लेखेको भन्दै पत्रकारलाई ज्यानमार्ने धम्की

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ २७, २०८०
वडाध्यक्ष सुपुत्रको कुपुत्र काम, बाउको विरुद्धमा समाचार लेखेको भन्दै पत्रकारलाई ज्यानमार्ने धम्की

वीरगंज (पर्सा), २७ भदौ । बारा जिल्ला परवानीपुर गाउँपालिकाका एक वडाध्यक्षका सुपुत्रले कुपुत्र कार्य गरेका छन् । आफ्नो बाउको विपक्षमा समाचार लेखेको भन्दै पत्रकारलाई अस्लिल गाली गलौंज तथा ज्यान मार्ने धम्की दिएका छन् । परवानीपुर गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष रामेश्वर कलवारको छोरा जयप्रकाश भन्ने रुपेश गुप्ताले आफ्नो बाउको विरुद्धमा समाचार लेखेको भन्दै सामाजिक सञ्जालदेखि मोबाइल फोनमा अस्लिल गाली गलौज गर्नुको साथै ज्यान मार्ने धम्की दिएका हुन् ।

वडाध्यक्ष सुपुत्र रुपेश गुप्ताले वीरगंजबाट संचालित प्रहार डेलीका संचालक राहुल गुप्तालाई सामाजिक सञ्जालदेखि फोन मार्फत गालीगलौज गर्नुका साथै ज्यानमार्ने धम्की दिएको सञ्चारकर्मी राहुल गुप्ताले जानकारी दिए । उनका अनुसार गत भदौ २४ गते बाराको परवानीपुर गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष रामेश्वर कलवारले स्थानीयमाथि हातपात तथा दुव्र्यवहार गरेको समाचार प्रकाशन गरेका थिए ।

समाचार तथ्यहीन भए कानूनी उपचार हुँदाहुँदै वडाध्यक्ष सुपुत्र रुपेशले आफ्नो बाउ वडाध्यक्ष भएको घमण्डले मातेर नियम कानूनलाई धज्जी उडाउँदै सञ्चारकर्मी राहुल गुप्तालाई गालीगलौज गर्नुका साथै ज्यानमार्ने धम्की दिएका हुन् । सञ्चारकर्मी राहुल गुप्ताले प्रकाशन गरेको समाचार सामाजिक सञ्जाल फेसबुकमा सेयर गरिएको अवस्थामा समाचारको कमेन्ट बक्समा नै वडाध्यक्ष सुपुत्र रुपेशले अस्लिल शब्द प्रयोग गर्दै गाली गलौंज गरेका थिए ।

त्यतिले पनि नपुगेपछि वडाध्यक्ष सुपुत्रले सञ्चारकर्मी राहुल गुप्ताको म्यासेन्जर बक्समा गाली गलौंज गरेको र ९८५५०३२९३९ नम्बरबाट मोबाइलमा फोन गरि तथानाम गाली गलौं गर्दै ज्यान मार्ने धम्की दिएको सञ्चारकर्मी राहुल गुप्ताले जानकारी दिए । वडाध्यक्ष सुपुत्रले सामाजिक सञ्जालदेखि मोबाइल फोनमा गरेको गाली गलौजको प्रमाण सञ्चारकर्मी गुप्तासँग सुरक्षित रहेको र कानूनी उपचार खोज्दै जिल्ला प्रशासन कार्यालय बारा हुँदै जिल्ला प्रहरी कार्यालयमा वडाध्यक्ष सुपुत्र विरुद्ध जाहेरी समेत दिएको बताए ।

यस घटनाप्रति पर्साका सम्पूणर् सञ्चारकर्मीहरु एकबद्ध भई वडाध्यक्ष सुपुत्रलाई कानूनी कारवाहीको माग गरेका छन् । पर्सेली क्रियाशील सञ्चारकर्मीहरुले सामाजिक सञ्जालमा स्टाट्स पोष्ट्याउँदै समाचार लेखेकै निहुँमा पत्रकारलाई अस्लिल गालीगलौज एवं ज्यानमार्ने धम्की दिने वडाध्यक्ष सुपुत्रर्लाइ कानूनी कारवाही हुनुपर्ने माग गरेका छन् । सञ्चारकर्मी क्रान्ति साहले लेखेका छन् ‘समाचार लेखेको निहुँमा वडाध्यक्ष रामेश्वर कलवारका छोरा जयप्रकाश भन्ने रुपेश गुप्ताले पत्रकार राहुल गुप्तालाई ज्यानमार्ने धम्की दिएका छन् । समाचारमा असन्तुष्टि भए कानुनी उपचार खोज्नुको सट्टा धाकधम्की दिनु कानुनी राज्यको उपहास हो । तसर्थ यसबारे सत्यथ्य छानबिन गरी धम्की दिनेलाई कडाभन्दा कडा कारबाहीको माग गर्दछौं ।’

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

फाल्गुन २७, २०८२
शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

फाल्गुन २७, २०८२
पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

फाल्गुन २७, २०८२
प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा : दैनिक २० मेट्रिकटन प्रशोधन गर्ने क्षमता

प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा : दैनिक २० मेट्रिकटन प्रशोधन गर्ने क्षमता

फाल्गुन २७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि