Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बालसुधार गृहका कैदीहरुबीच झडप, ९ कैदी सहित १२ जना घाइते, १६ घण्टादेखि सुधारगृह तनावग्रस्त

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ २७, २०८०
बालसुधार गृहका कैदीहरुबीच झडप, ९ कैदी सहित १२ जना घाइते, १६ घण्टादेखि सुधारगृह तनावग्रस्त

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), २७ भदौ । वीरगंज महानगरपालिका – ४ वीर्ता स्थित बालसुधार गृहका बालकैदीहरुबीच मंगलबार राति झडप हुँदा ९ जना कैदी घाइते भएका छन् । मंगलबार राति करिब ८ बजेदेखि कैदीहरुबीच भएको उत्पन्न विवादलाई नियन्त्रण लिन पुगेका प्रहरीमाथि कैदीहरुले गरेको ढुंगामुढाले ३ जना प्रहरी घाइते भएको छ ।

बाल सुधार गृहमा विगत २ हप्ता अघि भक्तपुर स्थित बाल सुधार गृहबाट ल्याइएका १८ जना कैदी र वीरगंज स्थित पहिलादेखि नै बस्दै आएका बालकैदीहरुबीच विवाद भई झडप हुँदा भक्तपुर स्थितका १२ जना कैदी घाइते भएका छन् भन् बालसुधार गृह मंगलबार रातिदेखि बुधबार दिउँसोसम्म तनावग्रस्त छ । अहिले पनि कैदीहरुले ढुँगामुढा नै गरि रहेका छन् । प्रहरीले अवस्थालाई नियन्त्रण गर्न प्रयास गरेपनि असफल रहेको छ । विवाद उत्पन्न भएदेखि नै जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कोमल शाहको नेतृत्वमा धेरै संख्यामा नेपाल प्रहरी एवं सशस्त्र प्रहरी बल १३ नं. गणबाट ठुलै संख्यामा सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ तर स्थिति नियन्त्रणमा आउन सकेको छैन ।

मंगलबार राति भएको झडपमा भक्तपुरबाट ल्याइएका मध्ये ९ जना बालकैदी एवं ३ जना प्रहरी घाइते भएका छन् । घाइते भएका सुधार गृहका ९ जना बालकलाई मङ्गलवार राति नारायणी अस्पतालमा उपचार गराई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ । भक्तपुरको बाल सुधार गृहमा भदौ ४ मा उत्पात मच्चाएकामध्ये १८ जना बाल कैदीहरूलाई वीरगंजको बाल सुधार गृहमा ल्याएर राखिएको थियो । भक्तपुरबाट ल्याएर राखिएका बालकहरूले मङ्गलवार बेलुकी सुधार गृहका नाइकेसँग विवाद गरेर कुटपिट गरेपछि यहाँका बालकैदी र भक्तपुरबाट ल्याइएका बालकैदीबीच झडप भएको थियो ।

सुधार गृहभित्र उनीहरुले तोडफोड गर्न थालेपछि ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । प्रहरीले स्थिति नियन्त्रणमा लिन आधा दर्जन भन्दा बढि राउण्ड अश्रु ग्याँस पनि प्रहार गरेको थियो । बालकैदीहरुले बुधबार दिउँसोसम्म पनि होहल्ला, तोडफोड एवं प्रहरीमाथि ढुँगामुढा नै गरि रहेका छन् । प्रहरीले अवस्थालाई साम्य पार्न प्रयास गरेपनि अवस्था सामान्य हुन सकेको छैन । विवाद उत्पन्न भएदेखि १६ घण्टा भन्दा बढि समय वितिसक्दा पनि बालकैदीहरुले प्रहरीलाई सुधार गृह भित्र प्रवेश गर्न दिएको छैन ।
उनीहरु प्रदर्शन गर्ने क्रममा पर्खाल माथिको फलामको रेलिङ्ग नाघी सडकमा आई सञ्चारकर्मीहरुसँग कुराकानी गर्न प्रयास पनि गरेको थियो ।

होहल्लाकै क्रममा केही कैदीहरु पर्खाल नाघी सडकमा आएर आफूहरुमाथि सुधार गृहका नाइकेले दिने गरेको यातनाबारे जानकारी गराएका थिए । भक्तपुरबाट आएका बालकैदीहरुले आएदेखि नै यहाँ बस्ने मनसायमा थिएनन् । अस्पतालमा भर्ना भएका भक्तपुरबाट आएका बालकैदीहरुले यस बालसुधार गृहमा खुलेयाम बालअधिकारको हनन् हुने गरेको बताएका छन् । उनीहरुले यहाँ खाना राम्रो नपाउने, फोन गर्दा प्रतिकल १ सय रुपैया लिने गरेको, एउटै कोठामा धेरै जनालाई कोचेर राखेको तथा गृह प्रमुखले यातना दिने गरेको बताए ।

भक्तपुर बाल सुधार गृहबाट ल्याइएका १८ जना बालकहरु यहाँ नबस्ने भन्दै विरोध जनाउँदै आएका थिए । त्यही विषयलाई लिएर मंगलवार बेलुकी सुधार गृहका नाइकेसँग विवाद गरी कुटपिट गरेपछि सुधार गृहमा कैदीहरुबीच झडप भएको थियो । पर्साका प्रहरी उपरीक्षक कोमल शाहले सुधार गृहभित्रको स्थिति सामान्य बनाउन प्रयास हालसम्म प्रयासरत छन् भने प्रमुख जिल्ला अधिकारीसहितको टोली पनि घटनास्थल पुगेर समस्या समाधानको प्रयास भइरहेको छ । बालसुधार गृहमा ६५ जना बालकलाई राख्ने क्षमता रहेकोमा १ सय ५१ जना बालकैदीहरु राखिएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

रास्वपा वीरगंज महानगरको नेतृत्वमा दीपराज पटेल, ४७ मतान्तरले आलम पराजित

रास्वपा वीरगंज महानगरको नेतृत्वमा दीपराज पटेल, ४७ मतान्तरले आलम पराजित

जेष्ठ १८, २०८३
जगरनाथपुर गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम

जगरनाथपुर गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम

जेष्ठ १८, २०८३
पद मोहकाे राजनीतिः रास्वपा बारागढीमा भाँडभैलो, ‘म नै पुनः सभापति’ हुने अडानले अधिवेशन संकटमा !

पद मोहकाे राजनीतिः रास्वपा बारागढीमा भाँडभैलो, ‘म नै पुनः सभापति’ हुने अडानले अधिवेशन संकटमा !

जेष्ठ १८, २०८३
पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

जेष्ठ १६, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि