Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

आपत्कालकाे समयमा ज्यान जोगाउन सिपीआर महत्त्वपूर्ण

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ २४, २०८०
आपत्कालकाे समयमा ज्यान जोगाउन सिपीआर महत्त्वपूर्ण

वीरगंज (पर्सा), २४ भदौ । भारतका प्रसिद्ध चिकित्सकहरूले वीरगंजमा कार्डियोपल्मोनरी रिसस्सिटेसन (सिपीआर) सम्बन्धी अभिमुखीकरण गरेका छन् । छिमेकी राष्ट्र भारतको विहार राज्यको केन्द्र पटना सहरस्थित जयप्रभा मेदान्ता सुपर स्पेस्यालिटी हस्पिटलका वरिष्ठ मुटुरोग विशेषज्ञ तथा क्लिनिकल कार्डियोलोजी एन्ड रिसर्च हार्ट इन्स्टिच्युट पटनाका निर्देशक डा. अजय सिन्हाले वीरगंजमा सिपीआर सम्बन्धी अभिमुखीकरण गरेका हुन् ।

अस्पतालसँगको सहकार्यमा नेपाल युवा उद्यमी मञ्च (एनवाइईएफ) वीरगंजले शनिवार यहाँस्थित दियालो लर्ड्स प्लाजा होटेलमा आयोजना गरेको कार्यक्रममा विभिन्न सङ्घ संस्थाबाट आमन्त्रित प्रतिनिधिलाई डा. सिन्हा र उनीसँगै आएको विशेषज्ञ चिकित्सकहरूको समूहले सिपीआर सम्बन्धी सैद्धान्तिक जानकारी गराउनुका साथै डम्मीको सहयोगले सीपीआर गर्ने तरिकाका बारेमा प्रशिक्षण गरेका थिए ।

कुनै कारण वा रोगले गर्दा अचानक मुटु चल्न बन्द भए बाहिरबाट मुटु थिचेर रगत पम्प गराउनका लागि आपत्कालमा गरिने उपायलाई सिपीआर भनिने डा. सिन्हाले बताए । मानिसको मस्तिष्कमा पर्याप्त मात्रामा रगत र अक्सिजन नपुगेको खण्डमा आपत्कालका लागि सिपीआरले मुटुको सञ्चालन गर्नुका साथै आंशिक रूपमा मस्तिष्कसम्म रगत र अक्सिजन पुर्‍याउने काम गर्ने गरेको उनले बताए ।

उनले भने, ‘मस्तिष्कमा चार मिनेटसम्म रगत नपुग्दा त्यसका कोषहरू मर्न थाल्छन् र सात मिनेटसम्म पनि नपुगेमा पूर्णरूपमा मारेर मान्छेको ज्यान समेत जान सक्छ । त्यसैले मस्तिष्कलाई बचाइराख्न र मुटुको चाल ठिक गर्न सिपीआर गरिन्छ ।’

आपत्कालको समयमा कुनै पनि व्यक्तिको ज्यान जोगाउन सिपीआर महत्त्वपूर्ण रहेको भन्दै डा. सिन्हाले प्रत्येक व्यक्तिलाई यसको बारेमा प्रशिक्षण दिन आवश्यक रहेको बताए । सिपीआर गर्न जाने बर्सेनि हजारौँ व्यक्तिलाई मृत्युको मुखबाट जोगाउन सकिने उनको भनाई थियो । कार्यक्रममा नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डा. नीरज सिंह र डा. श्याम सुन्दर दासले पछिल्लो समय बढ्दै गएको डेङ्गी सङ्क्रमणबाट जोगिने उपाय र लागी हाले उपचारको प्रक्रिया बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशका पूर्व अध्यक्ष गणेश प्रसाद लाठ, नेपाल मेडिकल एसोसीएससन नारायणी क्षेत्रका प्रमुख डा. मनोज गुप्ता, मस्कुलोस्केलेटल डिसअर्डर र अर्थोपेडिक्स संस्थान पटनाका निर्देशक तथा वरिष्ठ परामर्शदाता डा. सन्तोषकुमार सिंह, सीटीभीएस कार्डियाक सर्जरी हार्ट इन्स्टिच्युट पटनाका निर्देशक डा. सञ्जय कुमार, न्युरोसर्जन इन्स्टिच्युट एन्ड न्युरोसाइन्सेस पटनाका निर्देशक तथा विभाग प्रमुख डा. मुकुन्द प्रसाद र मेडिकल एन्ड हेमाटो अनकोलोजी क्यान्सर इन्स्टिच्युट पटनाका डा. अमरेन्द्र अमर लगायतले आफ्नो मन्तव्य राखेका थिए ।

एनवाइईएफ वीरगंजका अध्यक्ष सन्दीप अग्रवालको सभापतित्वमा भएको कार्यक्रममा जयप्रभा मेदान्ता सुपर स्पेस्यालिटी हस्पिटल र एनवाइईएफ, वीरगंज साइकीलिङ क्लब, राउण्ड टेबल नेपाल, वुमन्स क्रिएसन र फोर जी आर समूह बिच छुट सम्बन्धी सम्झौता पनि भएको थियो । सम्झौता गरेका संस्थाका सदस्यहरूले अस्पतालमा उपचार गराउँदा विशेष छुट प्राप्त गर्ने छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद

सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद

जेष्ठ ४, २०८३
कलैयामा किन्नर र तेश्रोलिङ्गी समूहबीच विवाद

कलैयामा किन्नर र तेश्रोलिङ्गी समूहबीच विवाद

जेष्ठ ४, २०८३
रास्वपाका क्षेत्रीय सभापति मिश्रमाथि आक्रमण

रास्वपाका क्षेत्रीय सभापति मिश्रमाथि आक्रमण

जेष्ठ ४, २०८३
महोत्तरीमा नेपाल-भारत सीमा स्तम्भ मर्मत कार्यको अनुगमन

महोत्तरीमा नेपाल-भारत सीमा स्तम्भ मर्मत कार्यको अनुगमन

जेष्ठ ४, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि