Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मधेश प्रदेशमा भारतीय बीमा कम्पनीहरुको दबदबा, कृषि बीमाबारे किसान नै अनभिज्ञ : सरोकारवाला

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ २२, २०८०
मधेश प्रदेशमा भारतीय बीमा कम्पनीहरुको दबदबा, कृषि बीमाबारे किसान नै अनभिज्ञ : सरोकारवाला

वीरगंज (पर्सा), २२ भदौ । मधेश प्रदेशमा भारतीय बीमा कम्पनीहरुको दबदबा रहेको सरोकारवालाहरुले बताएका छन् । नेपाल बीमा प्राधिकरण मधेश प्रादेशिक कार्यालय वीरगंजले आयोजना गरेको ‘आर्थिक पत्रकारसँग नेपाल बीमा प्राधिकरण’ विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रममा सहभागी सरोकारवालाहरुले मधेश प्रदेशमा भारतीय बीमा कमपनीहरुको दबादबा रहेकोले नेपाली बीमा कम्पनी कमजोर भएको बताएका छन् । नेपाली बीमा कम्पनीहरुले नेपालकै मधेश प्रदेशमा आफ्नो विश्वास कायम गर्न नसकेको कारण पनि भारतीय बीमा कम्पनीहरुले आफ्नो दबदबा बनाएकोले यसलाई चिर्दै नेपाली बीमा कम्पनीहरुले मधेश प्रदेशमा आफ्नो दबदबा बनाउन सक्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले वीरगंजबाट मासिक १ करोड रुपैयाँभन्दा बढी प्रिमियम एउटै भारतीय बीमा कम्पनीले लगि रहेको दाबी गरे । यस्तो अवस्थामा एकातिर नेपाली बीमा कम्पनीहरु आक्रमक रुपमा बजारमा सक्रिय हुनुपर्ने सुझाव दिदै अर्कोतिर बीमाको माध्यमबाट भारततर्फ भई रहेको पुँजी पलायन पनि रोक्नु पर्ने कुरामा जोड दिए । उनले मधेशको ठूलो जनसंख्याले अझै पनि बीमाको महत्व नबुझेको अवस्था रहेको भन्दै गाउँघरका किसान अझै पनि बीमाबारे अनभिज्ञ नै रहेकोले उनीहरुलाई बीमा बारे धेरै भन्दा धेरै जनचेतना जगाउनुपर्ने बताए । गाउँघरका किसानहरुलाई अहिलेपनि कृषि, पशु र बाली बीमाजस्ता किसानको हितकारी बीमाबारे ज्ञात नरहेकोले यस्ता बीमा कार्यक्रमहरुबारे गाउँघरका किसानहरुलाई जानकारी गराउनुपर्ने बताए ।

पत्रकार महेशचन्द्र गौतमले पछिल्लो समय जीवनभन्दा निर्जीवन बीमाले धेरै सेवाग्राही लाभान्वित हुने अवस्था रहेपनि यो बीमाबारे शिक्षित वर्गसमेत अनभिज्ञ रहेको बताए । उनले निर्जीवन बीमालाई पनि जीवन बीमा सरह जनमानसमा प्रभावकारी रुपमा बिस्तार गर्न सुझाव दिए । पत्रकार निरज पिठाकोटेले जीवन बीमालाई मृत्यु र जीवनसँग मात्र जोडेर हेर्ने परिपाटीको अन्त्य हुन जरुरी रहेको बताए । बीमा प्राधिकरण मधेश प्रदेश कार्यालकी प्रमुख कुसुम शर्माले अन्य प्रदेशको तुलनामा मधेश प्रदेशमा बीमा साक्षरताको अवस्था कमजोर रहेको बताइन् ।

कार्यक्रममा प्राधिकरण प्रादेशिक कार्यालयका सहायक निर्देशक अनिश तिमल्सेनाले हाल मधेश प्रदेशमा जीवन बीमाका १ सय २३ शाखा, ७१ उपशाखा रहेको र त्यसमा ४ सय ६८ कर्मचारीले रोजगारी पाएको बताए । त्यसैगरी, प्रदेशमा निर्जीवन बीमाका ९४ शाखा, २३ उपशाखा रहेको र त्यसमा ४ सय ३ जनाले रोजगारी पाएको बताए । मधेश प्रदेश भरीमा आव २०७९/०८० मा २ लाख १५ हजार २ सय २६ निर्जीवन बीमा लेख जारी हुँदा २ अर्ब ४७ करोड १० लाख ७९ हजार रुपैयाँ बीमा शुल्क संकलन भएको बताए । सोही आवमा ५ लाख ७४ हजार ४ सय १२ वटा जीवन बीमा लेख जारी हुँदा १३ अर्ब १५ करोड ९६ लाख ९८ हजार रुपैयाँ बीमा शुल्क संकलन भएको बताए ।

मधेश प्रदेश सरकारले यस वर्षको बजेटमा सरल र सहजरुपमा उन्नत जातको कृषि तथा पशुपन्छी बिमामा २० करोड बजेट विनियोजन, निजामती कर्मचारीका लागि १० लाख रुपैयाँको दुर्घटना बीमा र प्रत्येक नागरिकका लागि २ लाख रुपैयाँ बराबरको विपद् जोखिम बीमाको व्यवस्था गर्नु स्वागतयोग्य रहेको उनले बताए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

रास्वपा वीरगंज महानगरको नेतृत्वमा दीपराज पटेल, ४७ मतान्तरले आलम पराजित

रास्वपा वीरगंज महानगरको नेतृत्वमा दीपराज पटेल, ४७ मतान्तरले आलम पराजित

जेष्ठ १८, २०८३
जगरनाथपुर गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम

जगरनाथपुर गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम

जेष्ठ १८, २०८३
पद मोहकाे राजनीतिः रास्वपा बारागढीमा भाँडभैलो, ‘म नै पुनः सभापति’ हुने अडानले अधिवेशन संकटमा !

पद मोहकाे राजनीतिः रास्वपा बारागढीमा भाँडभैलो, ‘म नै पुनः सभापति’ हुने अडानले अधिवेशन संकटमा !

जेष्ठ १८, २०८३
पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

जेष्ठ १६, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि