Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जर्जर मधेसको शिक्षालाई विश्वविद्यालयले उकास्छ : शिक्षामन्त्री यादव

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ २२, २०८०
जर्जर मधेसको शिक्षालाई विश्वविद्यालयले उकास्छ : शिक्षामन्त्री यादव

वीरगंज (पर्सा), २२ भदौ । मधेश विश्वविद्यालयले आफ्नाे प्रथम बार्षिकाेत्सवकाे अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरेकाे छ । शुक्रबार वीरगंजस्थि विश्व विद्यालय परिसरमा आयाेजित बार्षिकाेत्सव समाराेहलाई सम्बाेधन गर्दै मधेस प्रदेशका शिक्षा तथा समाज कल्याणमन्त्री महेश प्रसाद यादवले मधेस प्रदेशको शिक्षा प्रणाली जर्जर अवस्थामा पुगेको बताए ।

मधेस विश्वविद्यालयको सहकुलपतिसमेत रहेका यादवले जर्जर अवस्थामा रहेको मधेसको शिक्षा प्रणालीलाई सुधार गर्दै माथि उकास्न मधेस विश्वविद्यालयको भूमीका अहम हुने विश्वास आफुले लिएको बताए । उनले शिक्षा नै समाज निर्माणको मेरुदण्ड भएकाले शिक्षाको विकासलाई मधेस सरकारले मुख्य प्राथमिकता दिएकोपनि जनाए । मधेस प्रदेश सरकारसंग सिमित श्रोत साधन भएपनि सिमित श्रोतसाधनकै भरपुर उपयोग गरेर छोटो अवधीमै मधेस विश्वविद्यालय यो अवस्थामा आइपुग्नु गौरवको विषय भएको बताए ।

उनले अब मधेस प्रदेशको कुनैपनि व्याक्ति निरक्षर रहने उद्घोषपनि गरे । मन्त्री यादवले भने,‘ यदि हामीले निष्पक्ष रुपमा र सकरात्मक सोच राखेर काम गरयौ भने समाजको मुहार फेर्न सक्छौ । यो कुरा यस विश्वविद्यालयको प्रथम वार्षिक उत्सवलेपनि पुष्टि गरेको छ । मधेस विश्वविद्यालयका उपकुलपति डाक्टर दिपक शाक्यले स्थापनाको एकवर्षमै विश्वविद्यालयमा कक्षा सञ्चालनको अवस्थामा पुगेको जानकारी गराए । सुरुमा कानुन र जनप्रशासनको पठनपाठन सञ्चालन गर्न लागिएको उनले बताए ।

उनले भने,‘ अबको एक दुई हप्ताभित्रै कक्षा सञ्चालन गर्दैछौ । उनले अबको ५ वर्षभित्रमा मधेस विश्वविद्यालयलाई देशकै एउटा प्रतिष्ठीत र उत्कृष्ट विश्वविद्यालयका रुपमा स्थापित गर्ने उद्घोषपनि गरे । शाक्यको अध्यक्षता तथा मन्त्री यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमलाई मधेस सरकारका उर्जा, सिचाई तथा खानेपानी मन्त्री सिंहासन साह कलवार, वन तथा बाताबरण मन्त्री रमेश कुर्मी, मधेसका पूर्व मुख्यमन्त्री लालबाबु राउत, प्रदेश सभा सदस्यद्वय श्याम पटेल, प्रमोद जयसवाल, प्राध्यापक डाक्टर उपेन्द्र कोइराला, प्राध्यापक डाक्टर युवराज संग्रौला लगायतलेपनि सम्बोधन गरेका थिए ।

यस अघि मधेस विश्व विद्यालयको बार्षिकाेत्सव कै उपलक्ष्यमा वृक्षारोपण तथा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको थियाे । पर्साको बहुदरामाई – २ मा रहेको मता बहुदरामाईको मन्दिरमा वृक्षारोपणसँगै विशेष पूजाका साथ स्वास्थ्य शिविरको आयोजना गरिएकाे थियाे । मधेस विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक शाक्यको सभापतित्व एवम् मधेस प्रदेशका वतन तथा वातावरण मन्त्री रमेशप्रसाद कुर्मीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बहुदरमाई मन्दिर प्राङ्गणमा विभिन्न प्रजातिको बोट बिरुवा रोपिनुका साथै स्थानीयहरूको नि:शुल्क रूपमा स्वास्थ्य परीक्षण गरिएको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वाेच्चको अल्पकालीन अन्तरिम आदेश

‘इन्काउन्टर’को आवरणमा हत्या : डीआईजी, सिडिओदेखि हवल्दारसम्म अनुसन्धानको घेरामा

फाल्गुन २९, २०८२
पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

फाल्गुन २७, २०८२
शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

फाल्गुन २७, २०८२
पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

फाल्गुन २७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि