Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

कन्टेनर चोरी प्रकरण : सिपिङलाइन कम्पनीद्वारा कन्टेनरको खोजी सुरु, अरु पनि चोरिएको आशंका

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ २१, २०८०
दालको कन्टेनरमा विदेशी चुरोट ल्याउने विरुद्ध पक्राउ पुर्जी जारी, ११ करोड जरिवाना

वीरगंज (पर्सा), २१ भदौ । सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगंजमा अहिले अन्तर्राष्ट्रिय सिपिङलाइन कम्पनीले आ-आफ्ना कन्टेनरको खोजी सुरु गरेका छन् । ड्राइपोर्ट भन्सार सञ्चालनको ठेक्का पाएको प्रिस्टिन भ्यालीकै कर्मचारीको सेटिङमा यार्डबाटै १० वटा कन्टेनर चोरीको घटना सार्वजनिक भएपछि अधिकांश सिपिङलाइन कम्पनीले आफ्ना प्रतिनिधिमार्फत कन्टनेरको खोजी थालेका हुन् । ‘ड्राइपोर्ट भन्सारमा अहिले सिपिङलाइन कम्पनीहरुबीच खैलाबैला छ ।

सबैले आफना कन्टेनरको स्टक मिलाउन सुरु गरेका छन्,’ सिपिङलाइनका एक प्रतिनिधिले भने, ‘प्रिस्टिनले काम सुरु गरेयताको अवधिदेखि हालसम्म बाहिर गएका ८२ वटा कन्टनेरमा शंका छ । ती सबै कन्टेनरको खोजी भइरहेको छ ।’ ४ दिनमा १९ वटा कन्टनेर ड्राइपोर्टमा फिर्ता ल्याएर स्टक मिलाइएको जानकारी उनले दिए । केही सिपिङलाइनले प्रिस्टिनको भुक्तानी पनि रोकेर आफ्ना कन्टेनरको स्टक मिलाइरहेका छन् । मक्र्सलाइनका १० वटा कन्टेनर चोरी भएको घटना सार्वजनिक भएपछि अहिले उक्त कम्पनीसँगै जिम, वन, वहान, एभरग्रीन, समुद्रा, एमएसी, सीएमए बीएलपीएल, आरसीएल, ओओसीआर लगायत सिपिङलाइन कम्पनीले आफ्ना कन्टेनरको अवस्थाबारे चासो राखेका हुन् । तर प्रिस्टिन भ्यालीका प्रतिनिधिले ८२ वटा कन्टेनर बाहिर गएकोमा शंका नगर्न आग्रह गर्दै १० वटा मात्र चोरी भएको बताएका छन् ।

‘कतिपय कन्टनेर आयातकर्ताले समानसहित सिपरबाट खरिद गर्छन्,’ प्रिस्टिन भ्यालीका प्रमुख सञ्चालन अधिकृत अतुल शर्माले भने, ‘बाहिर गएका कन्टनेर त्यस्ता हुन सक्छन् । कन्टनेर चोरी भएर बाहिरिएपछि हाम्रो जिम्मेवारी बढेको छ, सबैले स्टक मिलाइरहनुभएको छ, यो सत्य हो । तर ८२ वटा कन्टनेर गायब भएको कुरा निराधार हो ।’ केही दिनमै यसबारे यकिन तथ्यांक सार्वजनिक हुने उनले बताए । ड्राइपोर्ट सञ्चालन नियमन गर्ने निकाय वाणिज्य मन्त्रालय अन्तर्गतको नेपाल इन्टरमोडेल यातायात विकास समिति हो । समितिको वीरगंज प्रमुख कमल ज्ञवालीले आफूले १० वटा मात्रै कन्टेनर चोरी भएको घटनाबारे माथिल्लो निकायलाई पत्राचार गरेको बताए । थप कन्टेनर गायब भएको भन्ने जानकारी नभएको उनले प्रष्ट पारे ।

ड्राइपोर्ट भन्सार प्रमुख डा. रामप्रसाद मैनाली कन्टनेर चोरीको विषयमा प्रिस्टिनले छानबिन गरिरहेको र उसैले चोरीमा संलग्नलाई कानुनी दायरामा ल्याउनु पर्ने बताउँछन् । ‘हाम्रो काम सामानको जाँसपास गरी भन्सार महसुल तिराउने मात्र हो,’ उनले भने ।

श्री एयरलाइन्सले गरेन फिर्ता
सुक्खा बन्दरगाह भन्सारबाट चोरी भएका १० मध्ये ८ वटा कन्टेनर फिर्ता भएका छन् । प्रिस्टिन भ्याली कम्पनीकै कर्मचारीको संलग्नतामा वीरगंज, सिमरा, भरतपुर र पोखराका व्यवसायीलाई बेचिएका ८ वटा कन्टेनर फिर्ता भएका हुन् । आफ्नै कर्मचारीको बद्मासीका कारण कन्टेनर गायब भएको खुलेपछि प्रिस्टिनका अधिकारीले खरिदकर्तासँग छलफल गरेर फिर्ता गराएका हुन् ।

कम्पनीले कन्टेनर फिर्ता गराउन खरिदकर्तालाई उनीहरुले तिरेको रकम दिएको छ । तर श्री एयरलाइन्सले दुई वटा कन्टेनर फिर्ता नगरेको प्रिस्टिन भ्यालीले जनाएको छ । श्री एयरलाइन्सले आफूले किनेका कन्टेनरलाई त्रिभुवन विमानस्थलमा अफिसका रुपमा प्रयोग गरिरहेको छ । अफिस बनाउँदा आफ्नो १० लाख रुपैयाँभन्दा बढी लगानी भइसकेको भन्दै श्री एयरलाइन्सले फिर्ता गर्न आलटाल गरिरहेको शर्माले बताए ।

श्री एयरलाइन्सका कर्पोरेट म्यानेजर अनिल मानन्धरले यसबारे आफूलाई धेरै जानकारी नरहेको बताए । उनले भने, ‘मलाइ थाहा छैन, बुझ्नै पर्छ ।’ प्रिस्टिन भ्यालीकै कस्टम रिलेसन म्यानेजर विक्रमप्रताप सिंहको संलग्नतामा गत असार २१ देखि साउन १९ गतेसम्मको अवधिमा चार लटमा १० थान कन्टनेर अवैधरूपमा बेचिएको थियो । त्यसपछि कन्टेनर तीन तहमा बिक्री भएको थियो । प्रिस्टिनका कर्मचारी सिंहले कन्टेनर खरिदकर्ताबाट आफ्नै खातामा रकम जम्मा गर्न लगाएर सिपिङलाइनको एनओसी (नो अब्जेक्सन लेटर) उपलब्ध गराउने झुटो आश्वासन दिएको पनि खुलेको छ ।

सडकमार्गबाट कन्टनेरमा समान निकासी हुने भनी ‘एक्सपोर्ट बाइ रोड’ अर्थात फर्जी गेट पास बनाएर बेचिएको खुलेको हो । त्यसपछि प्रिस्टिनले कन्टेनर चोरी प्रकरणमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएको थियो । सिंह भने फरार छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा गहवामाईको दोश्रो रथयात्रा सम्पन्न, हजारौँ भक्तजनहरुको भीड

श्री गहवामाई रथयात्राको तयारी तीब्र

असार २२, २०८३
ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

असार २२, २०८३
यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

असार २२, २०८३
बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

असार २२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि