वीरगंज (पर्सा), २१ भदौ । रोट्याक्ट क्लब ऑफ वीरगंज मेट्रोपोलिसको आयोजनामा बिहिबार ट्राफिक सुरक्षा नियम सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएकाे छ । वीरगंजस्थित माउन्ट मकालूमा इंगलिश बाेर्डिङ्ग स्कुलमा भएकाे कार्यक्रममा ट्राफिक नियम सम्बन्धि प्रशिक्षण दिइएकाे क्लबका उपाध्यक्ष एवम् कार्यक्रम संयाेजक दिपु बर्णवालले वताए ।
कक्षा ७, ८ र ९ का विद्यार्थीलाई लक्षित गरेर आयोजित अभिमुखीकरण कार्यक्रममा ट्राफिक सुरक्षा नियम, ट्राफिक नियम पालनाको महत्त्व र युवाहरूमा सुरक्षा नियमहरूको पालना र कार्यान्वयनमा विद्यार्थीहरूको भूमिकालगायतका विषयका बारेमा जानकारी गराइएकाे थियाे । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख भास्कर खतिवडा विद्यार्थीहरूलाई ट्राफिक नियमको पालना गर्न आग्रह गरेका थिए । उनले ट्राफिक नियम पालना नगर्दा दुर्घटना हुन सक्ने भएकाेले ट्राफिक नियमकाे पालना गर्नु पर्नेमा जाेड दिए ।
विद्यार्थीमा ट्राफिक नियम सम्बन्धी जनचेतना जगाउन कार्यक्रम आयोजना गरेकोमा स्कूलले आयोजकलाई धन्यवाद दिएको थियाे । कार्यक्रममा रोट्याक्ट क्लब ऑफ वीरगंज मेट्रोपोलिसका अध्यक्ष रेशु अग्रवाल, उपाध्यक्ष दिपु वर्णवाल, राधिका दारुका र स्कूलका संयोजक विजय कुमार बल लगायतको उपस्थिति रहेकाे थियो ।
प्रतिक्रिया दिनुहोस् !