Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सरकार विरुद्ध तरुण दलकाे प्रदर्शन, गृहमन्त्री श्रेष्ठको राजीनामा माग

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ २१, २०८०
सरकार विरुद्ध तरुण दलकाे प्रदर्शन, गृहमन्त्री श्रेष्ठको राजीनामा माग

वीरगंज (पर्सा), २१ भदौ । सत्तारुढ दल नेपाली कांग्रेस निकटका तरुण दलले शुक्रबार सरकार विरुद्ध प्रदर्शन गरेकाे छ । कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि भएकाे सांघातिक आक्रमणका विरुद्ध कांग्रेसकाे भातृ संगठन नेपाल तरुण दल पर्साका नेता कार्यकर्ताहरुले बिहीबार साँझ घण्टाघर चाेकमा प्रदर्शन गर्दै सरकार र गृहमन्त्री नारायणकाजी श्रेष्ठकाे विराेधमा नाराबाजी गरेका हुन् ।

प्रदर्शनमा सहभागी तरुण दलका नेता कार्यकर्ताहरुले नालायक सरकार मुर्दावादा, हत्यारा सरकार मुर्दावाद, गृहमन्त्री राजिनामा दे लगायतका नारा लगाएका थिए । नाराबाजीपछि आयाेजित काेण सभामा बाेल्दै कांग्रेस पर्साका सहसचिव नविन सिंहले कांग्रेस नेता यादमाथि भएकाे सांघातिक आक्रमण गर्नेलाई हदैसम्मको कारबाही गर्न सरकारसंग माग गरे ।

उनले लाेकतन्त्र र गणतन्त्रका विराेधी शक्तिहरु कांग्रेसलाई तर्साउने हर्कतमा लागेकाे भएपनि कांग्रेस त्यसबाट कदापि नडराउने बताए । त्यस्ता अराजक र अपराधीक तत्वहरुलाई सरकारले कारबाही नगरे कांग्रेसले देशैभर आन्दाेलन चर्काउने चेतावनीसमेत उनले दिए ।
तरुण दल पर्साका अध्यक्ष विकास तिवारीकाे अध्यक्षतामा भएकाे प्रदर्शनमा नेवि संघका केन्द्रीय सदस्य मुनराज तिवारी, नेहा मिश्रा, तरुण दलका नेता कालु सिंह, कांग्रेस क्षेत्रीय सचिव रन्जित कुमार पटेल, युवा नेता शेष हजरा लगायतको सहभागीता रहेकाे थियाे ।

यस अघि कांग्रेस निकट कै विद्यार्थी संगठन नेपाल विद्यार्थी (नेवि) संघ पर्साले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको छ । बिहीबार पर्साका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाउँदै नेविसङ्घ पर्साले गृहमन्त्री श्रेष्ठको राजीनामा मागेको हो । काठमाडौँमा बुधवार दिनदहाडै काङ्ग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गरी ज्यान लिने प्रयास गरिएकोले देशमा शान्ति सुरक्षा कायम गर्न गृहमन्त्री श्रेष्ठ असफल भएकाले श्रेष्ठले अविलम्ब राजीनामा दिनुपर्ने माग नेविसङ्घको छ ।

नेविसंघ पर्साका सभापति रमेश यादवले पर्साका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीलाई बुझाएको ज्ञापनत्रमा गृहमन्त्री श्रेष्ठले अपराधी र तस्करलाई संरक्षण गरेको, श्रेष्ठको कार्यकालमा  लोकतन्त्रका लागि लडेका नेताहरूको ज्यानै लिने गरी आक्रमण भइरहेको, मुलुकमा शान्ति–सुरक्षा र अमयन चयन कायम गर्न श्रेष्ठ असफल भएकाले नैतिकताका आधारमा श्रेष्ठले गृहमन्त्रीबाट राजीनामा दिनुपर्ने उल्लेख छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

जेष्ठ १६, २०८३
वीरगंज मेनरोड भत्काउने कार्य रोक्न स्थानीयको माग, ‘विकासको नाममा सहरको पहिचान नमेटियोस्’

वीरगंज मेनरोड भत्काउने कार्य रोक्न स्थानीयको माग, ‘विकासको नाममा सहरको पहिचान नमेटियोस्’

जेष्ठ १६, २०८३
चुरे जोगाउने कि दोहन गर्ने ? चुरे संरक्षणको बजेटमा भारी कटौती, उत्खनन नीतिले बढायो चिन्ता !

चुरे जोगाउने कि दोहन गर्ने ? चुरे संरक्षणको बजेटमा भारी कटौती, उत्खनन नीतिले बढायो चिन्ता !

जेष्ठ १६, २०८३
निर्वाचन केन्द्रित ‘मिसन पार्टी जागरण’ अभियानमा एमाले, संगठन सुदृढीकरणमा जोड

निर्वाचन केन्द्रित ‘मिसन पार्टी जागरण’ अभियानमा एमाले, संगठन सुदृढीकरणमा जोड

जेष्ठ १६, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि