Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन नेशनल मेडिकल कलेज रास्वपा पर्सा निर्वाचन प्रहरी छनोट पर्सामा चुनावी सरगर्मी उत्कर्षमा प्रतिनिधिसभा उम्मेदवार सामुदायिक विद्यालय पर्सामा एमालेको चुनावी गणित
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

‘पथलैया-कमला’ सडक चार लेनको निर्माण कार्य सुरु, ३० हजारभन्दा बढी रूख काटिने

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ २१, २०८०
‘पथलैया-कमला’ सडक चार लेनको निर्माण कार्य सुरु, ३० हजारभन्दा बढी रूख काटिने

वीरगंज (पर्सा), २१ भदौ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत मधेस प्रदेशको पूर्वमा सिरहादेखि पश्चिममा बाराको पथलैयासम्म चार लेनको सडक निर्माणको काम भइरहेको छ । विस २०२१ मा तत्कालीन सोभियत सङ्घको सहयोगमा निर्माण भएको दुई लेनको पूर्व-पश्चिम राजमार्गलाई अहिले विश्व बैङ्कको लगानीमा स्तर वृद्धि गरेर चार लेनको बनाउने काम सुरु भएको हो ।

विश्व बैङ्कले दिन लागेको रु ८८ अर्ब ऋण सहयोगबाट दुई लेनको पूर्व-पश्चिम राजमार्गलाई चार लेनको सडक निर्माण गर्न सुरु गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत एक सय ३० किलो मिटर सडकलाई पथलैया-ढल्के र ढल्के-कमला गरी दुई प्याकेजमा बिभाजन गरेर अहिले सडकको साइड क्लियर गर्नेलगायत काम सुरु गरिएको पथलैया-ढल्के-कमला सडक योजना प्रमुख दीपेन्द्र पाण्डेले जानकारी दिए । उनका अनुसार यस योजना अन्तर्गत निर्माण हुने एक सय ३० किलोमिटर सडक जङ्गल क्षेत्रमा २७ मिटर चौडा र सहरी क्षेत्रमा ५० मिटरको चौडा रहनेछ ।

सडक विभाग, वैदेशिक सहायता कार्यान्वयन महाशाखाले पथलैया, निजगढ, चन्द्रनिगाहपुरलगायत सात स्थानमा सार्वजनिक सुनुवाइ गर्नाका साथै स्थानीयवासीको राय, सुझावसमेत लिएर काम सुरु गरेको उनले बताए । बस्ती र सहरी क्षेत्रमा ५० मिटर लिइने जग्गामा चार लेनको सडकसँगै नाला, सडकपेटीसहित साइकल लेनसमेत निर्माण गर्ने गरी कार्यहरू सुरु भइसकेको र अन्य स्थानहरूमा सडकको दुवैतर्फ सडक निर्माण गरिने आयोजनाले जनाएको छ । एउटा लेन तीन दशमलव पाँच मिटरको हुने, सडकको दुवै छेउमा रूखबिरुवा तथा फूल रोपिने र दायाँबायाँ साढे दुई मिटर अतिरिक्त कालोपत्र गर्ने योजना रहेको डिपिआरमा उल्लेख छ ।

सडकमा गुड्दै गरेको सवारी साधन बिग्रिए त्यसलाई पार्किङ गर्न सक्ने व्यवस्थासमेत गरिने आयोजना प्रमुख पाण्डेले बताए । यस सडकखण्डमा रहेको बागमती र कमला नदीको पुलबाहेक सानाठूला गरेर ७२ वटा पुलहरू पनि निर्माण हुनेछन् । साइकल लेन र फुटपाथ छोपिने गरी नाला रहने उक्त सडकको सब बेस २० सेन्टिमिटर र माथिल्लो फिनिसिङ लेबल १४ सेन्टिमिटर रहने डिपिआरमा उल्लेख छ । हाल सञ्चालनमा रहेको कज वे हटाएर आवश्यक स्थानमा बक्स कल्भर्ट निर्माण गर्ने काम भइरहेको छ । पर्यावरणीय हिसाबले यो क्षेत्र संवेदनशील रहेकाले सडकबाट वारपार गर्ने जङ्गली जनावरका लागि ‘एनिमल पास ब्रिज’ पनि निर्माण गर्ने योजना सडक विभागको छ ।

विद्युत्, पानी, नेटवर्कको पाइपलाइन र वातावरण संरक्षणको विविध पक्षमा अध्ययन गरी डिजाइन तयार गरिएको आयोजनाका प्राविधिकहरूको भनाइ थियो । सडक सीमाभित्रको संरचना हटाउने, रूख कटान गर्ने, पोल सार्ने, कजवे बनाउनेलगायत काम सडक विभागले अगाडि बढाइसकेको छ । यस राजमार्ग पथलैयादेखि कमला खोलासम्मको एक सय ३० मिटर लामो दुई लेनको सडकलाई स्तर वृद्धि गरेर चार लेनको बनाउन ठेक्का लगाइएको सडक विभाग वैदेशिक सहायता महाशाखाका एसडिई बन्दना आचार्यले बताए । उनका अनुसार विश्व बैङ्कको ऋण सहयोगमा सडकलाई चार लेन बनाउन लागिएको हो ।

तीस हजार आठ सय ७१ सानाठूला रूख कटान गर्ने, प्रतिरूख दस वटाका दरले तीन लाख आठ हजार दुई सय ७० वटा बिरुवा रोपिने विभागले जनाएको छ । चार लेन सडकका रूपमा विकास गर्न लागिएको यस राजमार्गमा लामो तथा छोटो दूरीका गरी दैनिक हजारौँ सङ्ख्यामा सवारी साधन आवतजावत हुने गर्छन् । करिब ६० वर्ष पहिला निर्माण गरिएको पूर्व-पश्चिम राजमार्ग सवारी साधनको चापले साँघुरो हुनाका साथै दुर्घटनाको कारण बर्सेनि ठूलो सङ्ख्यामा भइरहेको मानवीय क्षति कम गराउन वर्षौंदेखि विज्ञहरूले सडक चौडा पार्ने सुझाव दिँदै आएकाले अहिले राजमार्ग विस्तारको काम सुरु भएको हो । रासस

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

घरदैलोदेखि आन्दोलनसम्मः क्षेत्र नं. १ मा युवा उम्मेदवार ‘ओमप्रकाश’ चुनावी बहसको केन्द्रमा

घरदैलोदेखि आन्दोलनसम्मः क्षेत्र नं. १ मा युवा उम्मेदवार ‘ओमप्रकाश’ चुनावी बहसको केन्द्रमा

माघ १०, २०८२
रेल्वेको जग्गामा सरसफाई

रेल्वेको जग्गामा सरसफाई

माघ १०, २०८२
मदिरा व्यवसायी संघको वार्षिक साधारण सभा सम्पन्न

मदिरा व्यवसायी संघको वार्षिक साधारण सभा सम्पन्न

माघ १०, २०८२
नेकपा एमालेको क्षेत्रीय समन्वय कमिटि बैठक

नेकपा एमालेको क्षेत्रीय समन्वय कमिटि बैठक

माघ १०, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि