वीरगंज (पर्सा), २० भदौ । मधेश विश्वविद्यालयले विविध कार्यक्रम गरेर वार्षिकोत्सव मनाउने भएको छ । यही भदौ २२ गते मधेश विश्वविद्यालयले वार्षिकोत्सवकै अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री एवम् मधेश विश्वविद्यालयका कुलपति सरोज कुमार यादवको प्रमुख आथित्यतामा प्रथम वार्षिकोत्सव समारोह हुने विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दीपक शाक्यले जानकारी दिए । उनका अनुसार भदौ २२ गते शुक्रवार बिहान साढे ७ बजेदेखि साढे ८ बजेसम्म बहदुरमाई नगरपालिका वडा नम्बर २ स्थित विश्वविद्यालयको जग्गामा वृक्षरोपण गरिनेछ ।
त्यस्तै साढे ८ बजेदेखि सवा ९ बजेसम्म बिहान बहुदरमाईमै खाजा खुवाएर साढे ९ बजेदेखि साढे १२ बजेसम्म बृहत स्वास्थ्य शिविरको आयोजना गरिएको शाक्यले जानकारी दिए । बहुदरमाई मन्दिर परिसरमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरी बिशिष्ट स्वास्थ्य चिकित्सकहरुको उपस्थितीमा स्थानीयको चेकजाँच गरिनेछ । साढे १२ बजेदेखि पौने २ बजेसम्म मधेश विश्वविद्यालय परिसरमा दीवा खाना खुवाएर २ बजेदेखि वार्षिकोत्सव समारोह सुरु हुने विश्वविद्यालयका रजिष्टार विजय यादवले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस् !