Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

साल्ट ट्रेडिङ्ग कर्मचारीको गुण्डागर्दी : भिजेको युरिया मलको भिडियो खिच्न खोज्दा मोबाइल खोसियो

साल्ट ट्रेडिङ्ग प्रमुख आमोज लामिछानेको दबदबा, विगत १८ वर्षदेखि एउटै कार्यालयमा रजाई

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ १९, २०८०
साल्ट ट्रेडिङ्ग कर्मचारीको गुण्डागर्दी : भिजेको युरिया मलको भिडियो खिच्न खोज्दा मोबाइल खोसियो

वीरगंज (पर्सा), १९ भदौ । वीरगंज स्थित साल्ट ट्रेडिङ्ग कम्पनी लिमिटेडका कर्मचारी र पालदारको गुण्डागर्दी बढेको छ । रासायनिक मल खरिद प्रक्रियामा ठेकेदारसँगको मिलोमतोमा घोटाला भइरहेको सूचना प्राप्त भएपछि समाचार संकलन गर्न नेशनल ट्रेडिङ्गमा रहेको साल्ट ट्रेडिङ्गको गोदाममा पुगेका सञ्चारकर्मीमाथि कम्पनीका पालदार र कर्मचारीले गुण्डागर्दी शैलीमा दुव्र्यवहार गर्नुका साथै मोबाइल खोसेका थिए । साल्ट ट्रेडिङ्ग कम्पनीले भारतसँग खरिद गरेको युरिया मल भिजेको अवस्थामा गोदाममा अनलोड भइरहेको अवस्थामा भिडियो खिच्न पुगेका सञ्चारकर्मीमाथि साल्ट ट्रेडिङ्गका करारका कर्मचारी एवं पालदार मिली दुव्र्यवहार गर्नुका साथै मोबाइल खोसेका थिए ।

भिडियो खिच्नको लागि कार्यालय प्रमुखसँग अनुमति लिएर आउनुपर्ने भन्दै मोबाइल खोेसेको कुस मिडिया प्रा.लि.का संचालक अरुण कुशवाहाले बताए । उनका अनुसार साल्ट ट्रेडिङ्ग कम्पनी लिमिटेडका कार्यालय प्रमुख आमोज लामिछानेले ठेकेदारसँगको मिलोमतोमा रकम चलखेल गरि किसानहरुलाई वितरण गर्नको लागि भिजेको अवस्थामा युरिया मल गोदाममा अनलोड गरि रहेको अवस्थामा समाचार संकलनको लागि भिडियो खिच्दा कर्मचारी र पालदारले दुव्र्यवहार गरेको बताए । युरिया मल आयात गर्ने ठेकेदार कम्पनीसँगको मिलोमतोमा साल्ट ट्रेडिङ्गका प्रमुख आमोज लामिछानेले भिजेको युरिया मल भित्र्याएका छन् ।

नेशनल ट्रेडिङ्ग कम्पनी लि. स्थित गोदाममा ना. ३ ख ४०३३ नम्बरको टिपरबाट भिजेको युरिया मल गोदाममा अनलोड भइरहेको अवस्थामा सञ्चारकर्मी त्यहाँ पुगेपछि हाकिमको पोल खुल्ने डरले करार कर्मचारी र पालदार मिलेर सञ्चारकर्मी कुशवाहामाथि दुव्र्यहार गर्नुको साथै मोबाइल खोसेका थिए । मोबाइल खोसेपछि साल्ट टे्रडिङ्ग कम्पनी पुगेका तीन जना अन्य सञ्चारकर्मीहरुले कुराकानी गरि रहँदा पनि ति करार कर्मचारी गुण्डागर्दी शैलीमा प्रस्तुत भएका थिए । मोबाइल किन खोसेको ? भनेर सोध्दा आफ्नो निजी सम्पत्ति रहेको गोदाममा अनुमति विना भिडियो खिचेको कारण मोबाइल खोसेको बेतुकको जवाफ दिए ।

उनीसँगै त्यही कार्यालयमा रहेको अधिकृत स्तरका कर्मचारीहरु अगाडि ति करार कर्मचारीको रवाफ नै अलग्गै थियो । सार्वजनिक सँस्थानमा कमि कमजोरी भइरहेको सूचना पाएपछि जो सुकैले पनि प्रमाणको रुपमा भिडियो खिच्न पाउने अधिकार हो ? तर ति करार कर्मचारीले आफ्नो बुवा बाजेको निजी सम्पत्ति हो भनेर देखाएको रवाफले कार्यालय प्रमुख आमोज लामिछानेको कार्यशैलीलाई उदांगो बनाएको छ । लामिछानेले कर्मचारी भन्दा पनि गण्डालाई पालेको बताइएको छ । कर्मचारी आफ्नो हैसियतमा रहेर आफ्नो पद, जिम्मेवारी अनुसार प्रस्तुत हुनुपर्नेमा कार्यालय प्रमुख लामिछानेको आडमा एउटा करार कर्मचारीको रवाफ हेरेर कार्यालय पुगेको अन्य सञ्चारकर्मीहरु छक्क परेका थिए ।

त्यसमाथि पनि कार्यालय प्रमुख लामिछाने भोलिपल्ट मंगलबार सञ्चारकर्मीलाई फोन गरेर उल्टै कर्मचारीले मुद्दा हाल्ने धम्की दिएका छन् । गल्ती पनि गर्ने, उजागर गर्न खोज्दा धम्की पनि दिने उनको शैलीले कार्यालय प्रमुख पदको घमण्डले मात्तिएको दर्शाएको छ । यो भन्दा अगाडि उनीसँग सूचना माग गर्दा पनि नदिएको सञ्चारकर्मी कुशवाहाको गुनासो छ । विगत लामो समयदेखि सूचना अधिकारीदेखि कार्यालयप्रमुखलाई सम्बोधन गरेर सूचना माग गर्न लिखित निवेदन समेत दिएको अवस्थामा सूचना नदिएको बताइएको छ ।

आमोज लामिछानेको दबदबा, विगत १८ वर्षदेखि एउटै कार्यालयमा रजाई
साल्ट ट्रेडिङ्ग कम्पनी लिमिटेड वीरगंजका कार्यालय प्रमुख आमोज लामिछाने विगत १८ वर्षदेखि यही कार्यालयमा रजाई गर्दै आएका छन् । पहुँच, पावर एवं पैसाको आडमा मन्त्रालय एवं साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेको केन्द्रिय कार्यालयबाट मिलोमतो गरि एकै ठाउँमा विगत १८ वर्षदेखि रजाई गर्दै आएका हुन् । उनी आएदेखि यहाँ कति कर्मचारी आए, गए तर उनी जहाँको त्यही छन् । उनलाई यहाँबाट सरुवा गर्ने मन्त्रालय एवं केन्द्रिय कार्यालयको समेत अधिकार नभएको जस्तो व्यवहार गर्ने गरेका छन् ।

कृषकहरुको लागि आयातित मलमा लोड, अनलोड, ढुवानी, गोदाम भाडा लगायतका शिर्षकमा कमिशन लिने गरेको कारण पनि यहाँबाट उनी अन्यत्र जान नमानेको बताइएको छ । उनलाई मन्त्रालय एवं केन्द्रिय कार्यालयले वीरगंजबाट सरुवा गर्न नसकेको हो ? वा उनी राजनीतिक दलको पुच्छर समातेर यही वीरगंजमै १८ वर्षदेखि रजाई गर्दै आएका छन् यो खोजविनको विषय हो ? विगतमा कृषकहरुको लागि चाहिने मलमध्ये ७० प्रतिशत कृषि सामाग्री कम्पनी तथा ३० प्रतिशत साल्ट ट्रेडिङ्गलाई दिने गरेको अवस्थामा गत २०७९/०८० मा शत प्रतिशत बजेट ल्याउन सफल भएका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

भारतीय सुटर प्रयोग गरी हत्या गराएको आरोपमा दुई जना पुर्पक्षका लागि कारागार चलान

भारतीय सुटर प्रयोग गरी हत्या गराएको आरोपमा दुई जना पुर्पक्षका लागि कारागार चलान

असार २८, २०८३
वीरगंज स्थित यातायात कार्यालयमा लाइसेन्स लिने सेवाग्राहीको भीड

वीरगंज स्थित यातायात कार्यालयमा लाइसेन्स लिने सेवाग्राहीको भीड

असार २८, २०८३
एसईईमा उत्कृष्ट नतिजा ल्याउने ५६ जना विद्यार्थी सम्मानित

एसईईमा उत्कृष्ट नतिजा ल्याउने ५६ जना विद्यार्थी सम्मानित

असार २८, २०८३
दुई महिनादेखि सार्वजनिक बाटो बन्दः निजी बंगला निर्माणका कारण रेल्वे रोडका स्थानीय सास्तीमा

दुई महिनादेखि सार्वजनिक बाटो बन्दः निजी बंगला निर्माणका कारण रेल्वे रोडका स्थानीय सास्तीमा

असार २८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि