Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंजमा अब मेट्रिक प्रणालीमा आधारित घर नम्बर

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ १८, २०८०
वीरगंजमा अब मेट्रिक प्रणालीमा आधारित घर नम्बर

वीरगंज (पर्सा), १८ भदौ । वीरगंज नगरपालिकाले वैज्ञानिक ठेगाना प्रणाली (जिआईएस बेस्ड हाउस नम्बरिङ) थालनी गर्न सुरुवात गरेको छ । बढ्दो शहरीकरणसँगै घर संख्या बढ्दै गएकाले नगरवासीका घर सहजै पहिचान गर्न सकियोस भन्ने उद्देश्यले मेट्रिक ठेगाना प्रणालीको सुरुवात गरिएको हो । नगरपालिकालाई व्यवस्थित र स्मार्ट नगरका रुपमा विकास गर्न यो प्रणालीले टेवा पु¥याउने महानगरका प्रमुख राजेशमान सिंहले बताउनुभयो ।

महानगरको आरयूडीपी प्रोजेक्ट अन्तर्गत एडीवीको सहयोगमा यो प्रणाली सुरु गर्न लागिएको हो । गणकहरुले आवश्यक तथ्याङक संकलन गरी त्यसका आधारमा मेट्रिक ठेगाना प्रणाली बनाउने गर्छन् । वीरगञ्ज महानगरपालिकाको वडा नम्बर–१० आदर्शनगरमा रहेको नेपाल इन्भेष्टमेन्ट मेघा बैंक रहेको भवनमा महानगर प्रमुख सिंहले नम्बर प्लेट टाँस गरी मेट्रिक ठेगाना प्रणाली उद्घाटन गर्नुभएको हो ।आदर्शनगर चोकदेखि ठाकुरराम क्याम्पस सम्मको सडकलाई पशुपति घोष मार्ग नामाकरण गरि २३० नम्बरको नम्बर प्लेट टाँस गरिएको हो ।

सडकको चोक तथा मिलन विन्दु (दोबाटो र चौबाटो) देखि कुनै निश्चित घरको दूरी (लम्बाई) का आधारमा घरको ठेगाना पत्ता लगाउन सकिने प्रणाली मेट्रिक ठेगाना प्रणाली हो । उक्त दूरीलाई आधार मानेर घरको नम्बर, टोल र बाटोको नाम उल्लेख गरी सोहि आधारमा घर–घरमा नम्बर प्लेट राखिने महानगरका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले जानकारी दिनुभयो । पहिलो चरणमा महानगरको वडा नम्वर १ देखि १६ सम्म जिआईएस बेस्ड हाउस नम्बरिङ गर्नका लागि सर्वे गरि सबै सडकको नामाकरण गर्नुका साथै आवश्यक डाटाबेस तयार पारिसकिएको जिआईएस विज्ञ उमेश कुँवरले बताउनु भयो ।

आवश्यक डाटावेसका आधारमा सडकको सुरु विन्दुबाट दायाँ तर्फ जोर नम्बर र बाँया तर्फ विजोर नम्वर प्रणालीका आधारमा नम्बरिङ गरिने पनि उहाँले बताउनुभयो । पशुपति घोष मार्गमा आजै ५५ वटा घरमा नम्बरिङ गरिएको छ । १६ वटै वडाको करिब ३३ हजार भन्दा बढी घरमा नम्बरिङ गर्ने गरि तयारी भएको र पहिलो चरणमा कम्तिमा १० हजार घरमा मेट्रिक प्रणालीसहितको नम्बर प्लेट वितरण गर्ने महानगरको लक्ष्य रहेको प्राविधिक सल्लाहकार अमात्यले जानकारी दिनुभयो ।

यो प्रणालीमा सडक÷गल्लीको नाम र दूरीको आधारमा घर नम्बर प्रदान गरिने भएकाले जो कोहीले खोजेको घर सहजै पत्ता लगाउन सक्ने जिआईएस टेक्निसियनसमेत रहेका सब इन्जिनियर अर्चन आचार्यले बताउनुभयो । घरसँग जोडिएको सडकको सुरुको बिन्दुदेखि घरको मुल ढोका सम्मको दुरी घरको नम्बर प्लेटमा राखिने भएका कारण घर पत्ता लगाउन सहज हुने पनि उहाँले बताउनुभयो । नम्बरप्लेट राख्नुका साथै सडक र गल्लीको नाम र घर नम्बर गुगलमा समावेश गरिने गरि काम भइरहेको हुँदा कोही कसैको पनि सहजै ठेगाना पत्ता लगाउन सकिने छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मधेशमा मानसिक स्वास्थ्य संकटः सामाजिक लाञ्छना र विशेषज्ञ अभावले आत्महत्याको जोखिम !

मधेशमा मानसिक स्वास्थ्य संकटः सामाजिक लाञ्छना र विशेषज्ञ अभावले आत्महत्याको जोखिम !

असार २६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

स्कुल बसको अचानक मोडाइले दुर्घटनाः मोटरसाइकल चालकको मृत्यु, दुई गम्भीर घाइते

असार २५, २०८३
वीरगंज मुख्यक सडक विस्तारः अतिक्रमित संरचना हटाउने अभियान जारी

वीरगंज मुख्यक सडक विस्तारः अतिक्रमित संरचना हटाउने अभियान जारी

असार २५, २०८३
अब साप्ताहिक पत्रिकाले पनि लोककल्याणकारी विज्ञापन पाउने

अब साप्ताहिक पत्रिकाले पनि लोककल्याणकारी विज्ञापन पाउने

असार २५, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि