Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
नेशनल मेडिकल कलेज रास्वपा पर्सा राष्ट्रिय धोती दिवस हरिखेतान बहुमुखी क्याम्पसमा विवाद सामुदायिक विद्यालय हरिखेतान क्याम्पस विवाद वीरगंजमा लगाइएको कर्फ्यू हट्यो साम्प्रदायिक तनावले शिक्षा प्रभावित
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

लाइसेन्सको ट्रायल परीक्षामा अख्तियारको निगरानी, परीक्षा दिने ३२० जनामध्ये १४ मात्र उत्तीर्ण

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ १८, २०८०
लाइसेन्सको ट्रायल परीक्षामा अख्तियारको निगरानी, परीक्षा दिने ३२० जनामध्ये १४ मात्र उत्तीर्ण

वीरगंज (पर्सा), १८ भदौ । वीरगंजस्थित नारायणी यातायात व्यवस्था कार्यालयले लिने सवारीचालक अनुमतिपत्रको ट्रायल (प्रयोगात्मक) परीक्षा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निगरानीमा भएको छ । अख्तियारको हेटौंडा कार्यालयबाट खटिएको टोलीको प्रत्यक्ष निगरानीमा सोमबार भएको लाइसेन्सको ट्रायलमा अधिकांश परीक्षार्थी फेल भएका छन् ।

गत शुक्रबार यातायात कार्यालयले सोमबार ‘जी’ (बस) वर्गको ट्रायल परीक्षा लिइने सूचना प्रकाशित गरेको थियो । विभिन्न मितिमा लाइसेन्समा ‘जी’ वर्ग थपका लागि आवेदन दिएका ७ सय ५४ जना आवेदकको नामावली यातायात कार्यालय वीरगन्जले प्रकाशित गरेको थियो । प्रहरी निरीक्षक सागर घले नेतृत्वको ४ जना टोली सोमबार विहान साढे ७ बजे नै वीरगंज–२३ प्रसौनीमा रहेको ट्रायल सेन्टरमा पुगेको थियो । ट्रायल प्रमुख बबिता जैसवाल, प्राविधिक र ट्राफिक प्रहरीका प्रतिनिधिसँगै अख्तियारको टोली बसेर प्रत्यक्ष निगरानीमा प्रयोगात्मक परीक्षा सुरु गरिएको थियो ।

ट्रायलको सुरुवाती चरणदेखि लिएर अन्तिम चरणसम्म अख्तियारका कर्मचारीले निगरानी गरेका थिए । अख्तियारका कर्मचारी खटिएका थिए । परीक्षार्थीहरुले चलाएको बसको चक्का लाइनमा छुनेबित्तिकै फेल भएको भन्दै अख्तियारको टोलीले चेकलिस्ट (नामावली) मा रातो कलमले चिन्ह लगाएका थिए । दिउँसो साढे २ बजेसम्म ३ सय २० जना परीक्षार्थीले ट्रायल दिएका थिए । जसमध्ये १४ जना मात्र उत्तीर्ण भएका छन् । प्रहरी निरीक्षक सागर घलेले ट्रायल अनुगमनका लागि कार्यालयले खटाएको बताए । ‘३ सय २० जनाले ट्रायल दिंदा जम्मा १४ जना पास भएका छन्,’ उनले भने ।

यातायात व्यवस्था कार्यालयको ट्रायल प्रमुख बबिता जैसवालले अख्तियारको निर्देशनमा टोली आएको बताइन् । ‘अख्तियारको टोली आफ्नो काम गर्दैछ, हामी आफ्नो काम गर्दैछौँ,’ उनले भनिन् । वीरगंजमा यसरी अख्तियारको प्रत्यक्ष निगरानीमा सवारीचालक अनुमतिपत्रको ट्रायल परीक्षा भएको थिएन् । लाइसेन्सको लिखित र ट्रायल परीक्षामा अनियमितताको उजुरी पर्दा अख्यितारले छानबिन तथा अनुसन्धान गर्दै आएको थियो ।

‘अनियमितता गर्नेलाई अनुसन्धानसहित कारवाही गरेको भए सुधार आउँथ्यो,’ ‘यातायातका एक अधिकृत भन्छन्, ‘कर्मचारीलाई हतोत्साही गरि कार्यक्षेत्रमा हस्तक्षेप भएको छ ।’ सबैलाई एउटै नजरले हेरेर काममा हस्तक्षेप गरेर सुधार नहुने उनले तर्क गरे । साभार : कान्तिपुर

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

यस वर्षको स्व. गोपाल गिरी स्मृत्ति पत्रकारिता पुरस्कार देवकोटालाई

यस वर्षको स्व. गोपाल गिरी स्मृत्ति पत्रकारिता पुरस्कार देवकोटालाई

माघ १, २०८२
नेपाल एसबिआई बैंक लुट प्रकरण : ‘घरभेटीकै योजनामा लुट’ बयानपछि घरधनी पक्राउ

नेपाल एसबिआई बैंक लुट प्रकरण : ‘घरभेटीकै योजनामा लुट’ बयानपछि घरधनी पक्राउ

माघ १, २०८२
बढ्दो जाडोमा विपन्नलाई राहत : पर्सा र बारामा नेपाल प्रहरी श्रीमती संघद्वारा न्यानो कम्बल वितरण

बढ्दो जाडोमा विपन्नलाई राहत : पर्सा र बारामा नेपाल प्रहरी श्रीमती संघद्वारा न्यानो कम्बल वितरण

माघ १, २०८२
धार्मिक आस्था, सांस्कृतिक गौरव र जैविक विविधताको सन्देशसहित माघे सङ्क्रान्ति सम्पन्न

धार्मिक आस्था, सांस्कृतिक गौरव र जैविक विविधताको सन्देशसहित माघे सङ्क्रान्ति सम्पन्न

माघ १, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि