Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंज बनाउन सबैको साथ र सहयोग अपरिहार्य : मेयर सिंह

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ १६, २०८०
वीरगंज बनाउन सबैको साथ र सहयोग अपरिहार्य : मेयर सिंह

वीरगंज (पर्सा), १६ भदौ । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगंज बनाउन सबैको साथ र सहयोग अपरिहार्य रहेको बताएका छन् । लायन्स क्लब अफ इन्टरनेशनलको आयोजनामा शुक्रबार आयोजित मेडिकल सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले वीरगंजलाई समृद्ध बनाउन लायन्स लगायत सबैको साथ र सहयोग आवश्यक रहेको बताएका हुन् ।

लायन्स क्लबले वीरगंज र यस क्षेत्रमा गरेको कामको सह्राना गर्दै उनले आउँदा दिनमा वीरगंजकाे आवश्यकता र यहाँका नागरिकको चाहना बमोजिमका कार्यक्रम संचालन गर्न पनि आग्रह गरे । लायन्ससँग सहकार्य गर्दै महानगर अघि बढ्न तयार रहेको भन्दै मेयर सिंहले महानगरले स्थापना गरेर संचालनको तयारी गरेको वीरगंज जनस्वास्थ्य प्रयोगशालामा केही उपकरणहरु आवश्यक रहेकाले त्यसको व्यवस्था गरिदिन आग्रह गरे ।

लायन्स क्लब अफ इन्टरनेशनलका डिएन अग्रवालले शिक्षा स्वास्थ्यको क्षेत्रमा लायन्स क्लबले काम गर्दै आएको जानकारी दिदै आफूहरु महानगरसँग सहकार्य गरेर अघि बढ्न सँधै तयार रहेको बताए । महानगरको प्रयोगशालालाई आवश्यक परेको उपकरण उपलब्ध गराउन लायन्स तत्पर रहेको भन्दै अग्रवालले यसबारे छिट्टै निर्णय दिने पनि बताए ।

क्लबले आँखाको रेटिना सम्बन्धी उपचारका लागि अति आवश्यक उपकरण मेयर सिंहले परवानिपुर स्थित केडिया आँखा अस्पताललाई हस्तान्तरण गरेका थिए । करिब ८५ लाख रुपैयाँको उपकरण हस्तान्तरण भएको र यो उपकरणले आँखाको रेटिनाको शल्यकृया गर्न सहज हुने अस्पतालका संचालक राजेश केडियाले विश्वास व्यक्त गरे ।

अहिले पनि नेपाल भारत लगायत विभिन्न स्थानका आँखाका समस्या भएका व्यक्तिहरुको उपचार गरिरहेको अस्पतालले यो उपकरण पछि अब आँखाको कुनै पनि समस्याको समाधानका लागि बाहिर जानु पर्ने बाध्यता हट्ने उनको विश्वास छ ।

मेडिसिटी बयोधा हस्पिटललाई पनि ४ थान डायलासिस मेसिन सहयाेग

यस्तै शुक्रबार नै क्लबले नेपाल मेडिसिटी बयोधा हस्पिटललाई पनि ४ थान डायलासिस मेसिन हस्तान्तरण गरेको छ । अस्पतालले डायलासिसका लागि निशुल्क व्यवस्था मिलाएकाले त्यहाँ जाने मृगौला बिरामीका लागि सहज होस भनेर आफूहरुले मेसिन उपलब्ध गराएको लायन्स क्लब इन्टरनेशनलका डिएन अग्रवालले जानकारी दिए ।

अस्पतालले यस अघि देखि नै डायलासिस निशुल्क गरिरहेको र अहिले प्राप्त उपकरणबाट पनि थप निशुल्क गर्न आफूहरुलाई उत्साह थपिएको अस्पतालले जनाएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

समाचारको विषयलाई लिएरपत्रकारमाथि मुद्दाः प्रेस संगठनहरूको आपत्ति, ‘शक्तिको आडमा प्रेसलाई तर्साउने काम बन्द गर’

समाचारको विषयलाई लिएरपत्रकारमाथि मुद्दाः प्रेस संगठनहरूको आपत्ति, ‘शक्तिको आडमा प्रेसलाई तर्साउने काम बन्द गर’

भदौ ८, २०८३
अदालतमा नपुग्दै नाबालकको बयान सामाजिक सञ्जालमा छ्यापछ्याप्तीः अनुसन्धान कि तमासा ?

अदालतमा नपुग्दै नाबालकको बयान सामाजिक सञ्जालमा छ्यापछ्याप्तीः अनुसन्धान कि तमासा ?

भदौ ८, २०८३
शैक्षिक गुणस्तर अभिवृद्धि गर्न ठाराब क्याम्पस र आईआईटीएमबीच सम्झौता

टीयू परीक्षा केन्द्रमा विभेदः ठाराबका विद्यार्थीलाई २० किलोमिटर, निजी कलेजलाई ‘होम सेन्टर’ !

भदौ ८, २०८३
विद्युत् समस्या समाधानको माग गर्दै कपिलेश्वरवासीद्वारा हुलाकी राजमार्ग अवरुद्ध

विद्युत् समस्या समाधानको माग गर्दै कपिलेश्वरवासीद्वारा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि