Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

भ्रष्टाचारीहरु मिलेर घेराबन्दी गरि सरकारलाई असफल पार्न खोज्दैछन् : गृहमन्त्री श्रेष्ठ

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ १०, २०८०
भ्रष्टाचारीहरु मिलेर घेराबन्दी गरि सरकारलाई असफल पार्न खोज्दैछन् : गृहमन्त्री श्रेष्ठ

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), १० भदौ । उप-प्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले माओवादी नेतृत्वको सरकारले मुलुकलाई समृद्धिको यात्रामा लैजान खोज्दा भ्रष्टाचारीहरु मिलेर सरकारलाई असफल पार्न खोजेको आरोप लगाए । वीरगंजमा आयोजित नेकपा माओवादी पार्टीको ‘कार्यकर्ता प्रशिक्षण तथा पार्टी प्रवेश’ कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले माओवादी नेतृत्वको सरकारले सुशासन स्थापित गर्दै मुलुकलाई समृद्धिको यात्रामा लैजान खोज्दा सबै भ्रष्टाचारीहरु मिलेर घेराबन्दी गरि सरकारलाई असफल पार्न प्रयत्न गरि रहेको बताए ।

मुलुकमा चारैतिर मौलाएको भ्रष्टाचारलाई अन्त्य गरि समृद्धिको बाटोमा लैजान खोज्दा भ्रष्टाचारीहरु एकजुट भई सरकारलाई घेराबन्दी गर्नु खेदजनक रहेको भन्दै भ्रष्टाचारीहरुलाई अन्य गर्न सबै मिलेर खबरदारी गर्नुपर्ने उनको भनाई छ । माओवादी नेतृत्वको सरकारले चलाएको ‘भ्रष्टाचार विरुद्ध’ अभियानले धेरै भ्रष्टाचारीहरुको निन्द्रा हराएकोले यो अभियान असफल पार्न उनीहरु विभिन्न षडयन्त्र गरि रहेको भन्दै भ्रष्टाचारीहरुलाई अन्त्य गरि यो सरकारलाई सफल पार्नुपर्ने बताए ।

उनले नेपाल बुहजात्तीय, बहुधार्मिक, बहुबाषिक, बहुसाँस्कृत्तिक मुलुक हो, यसले विविधताको बीचमा एकता भन्ने सन्देश दिएको छ, सद्भाव र सहिष्णुता यसको मुल विशेषता हो तर अहिले धार्मिक मुद्दालाई गलत ढंगले राखेर एक आपस विरुद्ध द्वन्द्व पैदा गर्न विभिन्न किसिमका क्रियाकलापहरु भइरहेको बताए । उनले विविधताको बीचमा एकताको पहिचान कायम गरेको यस मुलुको मौलिक पहिचानलाई ध्वस्त पार्ने कुनै पनि प्रकारको षडयन्त्र बढ्न पाउनु हुँदैन भन्दै गृहमन्त्री श्रेष्ठले तराईदेखि हिमाल पहाडसम्म, मेचीदेखि महाकालीसम्मका सबै जनता मिलेर यो देशको एकतालाई रक्षा गर्नुपर्ने बताए ।

गृहमन्त्री श्रेष्ठले कसैको षडयन्त्र र प्रहारबाट हामी पछाडि हट्नेवाला छैनौं, समृद्धिको यात्रालाई तिब्र पार्न सुशासनको यात्रालाई सफल पारेर छाड्ने प्रतिबद्धता जनाए । नयाँ नेपाललाई बलियो बनाउन सुशासनको अभियानलाई सफल पार्नैपर्छ र सुशासनको अभियानलाई सफल पार्न माओवादी सरकारलाई बलियो बनाउनुपर्ने उनको भनाई छ । भ्रष्टाचारीहरु, तस्कर, ठगहरुलाई कारवाही गर्दै समृद्ध नेपाल बनाउन माओवादी सरकारले मात्रै नेतृत्व गर्न सक्ने बताए ।

उनले हाम्रो अगाडि राष्ट्रियताको रक्षा गर्नु, भौगौलिक अखण्डता, स्वाधिनता स्वाभिमान र हितको रक्षा गर्नु, राष्ट्रिय सुरक्षालाई बलियो बनाउनु र राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्नु ५ वटा राष्ट्रिय कार्यभारहरु रहेको बताए । त्यसको साथसाथै लडेर ल्याएको राजनीतिक परिवर्तनलाई रक्षा गर्नु र बलियो बनाउँदै लैजानु, राजनीतिक परिवर्तनलाई सामाजिक आर्थिक क्षेत्रमा विस्तारित गरि विकसित र समृद्ध मुलुक बनाउनु नै आजको केन्द्रिय कार्यभार रहेको उनको भनाई छ । शान्ति प्रक्रियाको बाँकी कार्यभार अझै पुरा गर्नुपर्ने, द्वन्द्वपीडितलाई न्याय दिलाउँदै समाजवादी नेपाल निर्माण गर्नुपर्ने दायित्व पनि हाम्रै काँधमा रहेको र माओवादी नेतृत्वको सरकारले यसैलाई नै केन्द्रविन्द बनाएर अगाडि बढि रहेको बताए ।

देशमा क्रान्तिको नेतृत्व गर्ने, शान्ति प्रक्रियाको नेतृत्व गर्ने, संविधानसभाबाट संविधान निर्माणको नेतृत्व गर्ने पार्टी नै माओवादी रहेको स्मरण गराउँदै यस पार्टीलाई अझै बलियो बनाउन हामीले प्रत्येक जनताको घरघरमा एवं सबै तहतप्कामा पुगी पार्टीको नयाँ निर्माणको रुपान्तरण पुनरगठन अभियान अगाडि बढाउनुपर्ने बताए । उनले यसै क्रममा मंसिरमा माओवादी पार्टीको विधान सम्मेलन हुन गइरहेको भन्दै त्यसको तीन महिना पछि पुनः विशेष राष्ट्रिय महाधिवेशन गरिने र पार्टीको विचारलाई अझै मजबुत तुल्याउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ७ सय जना भन्दा बढि नेता तथा कार्यकर्ताहरु पार्टी प्रवेश गरेका थिए । नेपाल सुशासन पार्टीको केन्द्रिय सदस्य तथा मधेश प्रदेश अध्यक्ष शिवकुमार साह तेलीको नेतृत्वमा ३ सय ५० जना, नेपाली काँग्रेस निकट शेख अरमानको नेतृत्वमा ३ सय ५० जना गरि ७ सय जना भन्दा बढिले पार्टी प्रवेश गरेका थिए । नवप्रवेशीहरुलाई गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वागत गर्दै पार्टी प्रवेश गराएका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

भारतीय सुटर प्रयोग गरी हत्या गराएको आरोपमा दुई जना पुर्पक्षका लागि कारागार चलान

भारतीय सुटर प्रयोग गरी हत्या गराएको आरोपमा दुई जना पुर्पक्षका लागि कारागार चलान

असार २८, २०८३
वीरगंज स्थित यातायात कार्यालयमा लाइसेन्स लिने सेवाग्राहीको भीड

वीरगंज स्थित यातायात कार्यालयमा लाइसेन्स लिने सेवाग्राहीको भीड

असार २८, २०८३
एसईईमा उत्कृष्ट नतिजा ल्याउने ५६ जना विद्यार्थी सम्मानित

एसईईमा उत्कृष्ट नतिजा ल्याउने ५६ जना विद्यार्थी सम्मानित

असार २८, २०८३
दुई महिनादेखि सार्वजनिक बाटो बन्दः निजी बंगला निर्माणका कारण रेल्वे रोडका स्थानीय सास्तीमा

दुई महिनादेखि सार्वजनिक बाटो बन्दः निजी बंगला निर्माणका कारण रेल्वे रोडका स्थानीय सास्तीमा

असार २८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि