Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा रास्वपा पर्सा जसपा नेपाल जसपा उम्मेदवार अशोक टेमानी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

भ्रामक समाचारप्रति स्पर्श हस्पिटलको ध्यानाकर्षण, बद्नीयतपूर्वक बद्नाम गर्न खोजियो : अस्पताल

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ ७, २०८०
स्पर्श मल्टि स्पेशलिटि अस्पताललाई बद्नाम गर्न कपोकल्पित समाचार प्रकाशन

वीरगंज (पर्सा), ७ भदौ । वीरगंज महानगरपालिका वडा नं. १४ पिपरा स्थित स्पर्श मल्टिस्पेशलिटी हस्पिटलले भ्रामक समाचार प्रकाशन भएकोप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । अस्पताल प्रशासनद्वारा हस्ताक्षरित विज्ञप्ति जारी गरि यही मिति २०८० भदौ ६ गते उपचारको क्रममा मृत्यु भएका हुलास स्टिलका कर्मचारीको विषयमा अनावश्यक भ्रमित समाचारहरु प्रकाशन भएकोमा हस्पिटलको गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

जिल्ला बारा सिमरा स्थित हुलास स्टिलमा कार्यरत कर्मचारी वीरगंज महानगरपालिका वडा नं. १४ पिपरा स्थित ४८ वर्षीय बिरेन्द्र प्रसाद कुर्मीको उपचारको क्रममा मृत्यु भएपश्चात विभिन्न सञ्चारमाध्यमहरुमा भ्रमित समाचारहरु प्रकाशन भएको भन्दै अस्पतालले आपत्ति जनाएको छ । अस्पताल प्रशासन पक्षको कुरा नै नसुनी एकतर्फी रुपमा मृतकका आफन्तको भनाई अनुसार अस्पताललाई बद्नाम गर्ने उद्देश्यले समाचारहरु प्रकाशन भएको अस्पतालको ठहर रहेको छ । कुनैपनि घटनामा दुबै पक्षको कुरा सुनेर मात्रै समाचार प्रकाशन गर्नुपर्ने पत्रकारिताको मुलमर्म विपरित केही सञ्चारमाध्यमले एकतर्फी रुपमा समाचारहरु प्रकाशन गरेकोले घटनाको वास्तविकता भन्दा पनि घटनालाई तोडमोड गरेर अस्पताललाई बद्नाम गर्न खोजिएको अस्पताल प्रशासनको भनाई छ ।

हुलास स्टिलमा कार्यरत कर्मचारी बिरेन्द्र प्रसाद कुर्मी काम गर्ने क्रममा क्रेनको ‘हुक’ चुडी छातीमा गम्भीर चोट लाग्दा तत्काल विहान ८ः१० बजेको समयमा सिमरा स्थित एभरग्रीन तराई सिमरा हस्पिटल प्रा.लि.मा उपचारको लागि लगिएको थियो । त्यहाँ उपचार हुन नसक्दा थप उपचारको लागि ९ः१५ बजे यस स्पर्ष मल्टिस्पेशलिटि हस्पिटलमा ल्याइएको अस्पतालले जनाएको छ । विरामीलाई अस्पतालमा ल्याउने वित्तिकै अर्थोपेडिक डा. सुशिल साहको निगरानीमा आकस्मिक कक्षमा उपचार भइरहेको अवस्थामा उनको ब्लडप्रेसर, पल्स कम रहेको र पहिला ‘प्राथमिक उपचार’ गरेपछि एक्सरेमा लगेर एक्सरे गरिएको थियो ।

त्यस क्रममा कम्पनी र विरामीका आफन्तबीच विरामीलाई काठमाडौं लैजाने कुराकानी भइरहँदा तत्काल यही उपचार गरि अवस्था सामान्य भएपछि काठमाडौं लैजाने कुरा भएपछि अस्पतालको आईसियू वार्डमा भर्ना गरियो । उपचारको क्रममा विरामीको अवस्था गम्भिर थियो । छात्तीको करङ्क भाँचेको थियो । औषधी दिँदा पनि ब्लडप्रेसर बढ्ने अवस्था थिएन । विरामीको अवस्था गम्भिर भएर साँस लिन नसक्ने अवस्था भएपछि भेन्डिलेटरमा राखेर उपचार गर्दा गर्दै उनलाई बचाउन नसकिएको अस्पतालको भनाई छ ।

अस्पतालका अनुसार यो सबै कुरा विरामीका आफन्त र कम्पनीलाई जानकारी गराइएको थियो । विरामीको कति इन्जुरी छ, त्यसको जाँच गर्नुपर्ने थियो तर त्यो समय नै भ्याएन । विरामी आएदेखि नै चिकित्सकहरु उपचारमा संलग्न थिए । विरामीको ब्लडप्रेसर नभइकन बाहिर पठाउन गाह्रो नै थियो तर पनि आफन्त एवं कम्पनीको भनाईमा उपचारका लागि बाहिर लैजान खोज्दा कुनैपनि अवरोध थिएन र उहाँहरुको भनाई अनुसार रेफर कागज पनि तयार गरिएको थियो । विरामीलाई बचाउन खोज्दा खोज्दै नसकेपछि बाहिर भ्रामिक समाचारहरु प्रकाशन भई अस्पतालमाथि विभिन्न किसिमको आरोप प्रत्यारोप लगाइएको अस्पताल प्रशासनको भनाई छ ।

अस्पतालमाथि लगाइएको आरोप तथ्यहीन रहेको अस्पतालले स्पष्ट पारेको छ । जुनसुकै विरामीलाई पनि थप उपचारका लागि बाहिर लैजान अस्पतालले कहिलेपनि बाधक नबनेको अस्पतालको भनाई छ । विरामीको उपचारको क्रममा अस्पताल पक्षबाट कुनै किसिमको लापरवाही नभएको अस्पतालको दाबी छ । यस अवस्थामा केही सञ्चार माध्यमहरुले बद्नीयतपूणर् मनसायले अस्पताललाई बद्नाम गर्न खोजेको अस्पतालको बुझाई छ । अस्पताल जस्तो सम्वेदनशील ठाउँमा कसैको उक्साहटमा आएर आफन्तजनले प्रहरी प्रशासनको उपस्थितिमा अस्पतालमा तोडफोड गरि क्षति पुर्‍याउनु दुःखद पक्ष रहेको अस्पतालको बुझाई छ । अस्पतालमा उत्श्रृङ्खल कार्य गर्दा अन्य विरामीहरुको उपचारमा असहजता उत्पन्न हुने भएकाले आगामी दिनमा यस्ता क्रियाकलाप नदोहरिन सम्बन्धित प्रहरी प्रशासनलाई अस्पतालले ध्यानाकर्षण गराएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

महोत्तरीको चारै क्षेत्रमा रास्वपाको एतिहासिक जीत

महोत्तरीको चारै क्षेत्रमा रास्वपाको एतिहासिक जीत

फाल्गुन २४, २०८२
पराजय स्वीकार्दै रुपेश पाण्डेको प्रतिबद्धता, जनताको सेवामा निरन्तर सक्रिय रहने

पराजय स्वीकार्दै रुपेश पाण्डेको प्रतिबद्धता, जनताको सेवामा निरन्तर सक्रिय रहने

फाल्गुन २४, २०८२
गादीमाई साझेदारी वनमा विवाद, अध्यक्षको राजीनामा माग्दै वन कार्यालय घेराउ

गादीमाई साझेदारी वनमा विवाद, अध्यक्षको राजीनामा माग्दै वन कार्यालय घेराउ

फाल्गुन २४, २०८२
नेपाल भारत सीमामा मानव तस्करी प्रयास विफल : टिकटक प्रेमको फन्दामा परेकी किशोरीको उद्दार

नेपाल भारत सीमामा मानव तस्करी प्रयास विफल : टिकटक प्रेमको फन्दामा परेकी किशोरीको उद्दार

फाल्गुन २४, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि