Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

साढे ५ लाख पर्ने ट्र्याक्टर वीरगंज महानगरद्वारा साढे ९ लाखमा खरिद

पहिलो टेन्डरमा ५ जना सहभागी हुँदा रद्द, दोस्रोमा एक जना मात्र सहभागी, उसैलाई ठेक्का

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ ७, २०८०
साढे ५ लाख पर्ने ट्र्याक्टर वीरगंज महानगरद्वारा साढे ९ लाखमा खरिद

वीरगंज (पर्सा), ७ भदौ । वीरगन्ज महानगरपालिकाले फोहोर संकलनका लागि ३२ वटै वडाका लागि गत वैशाखमा ३२ वटा ट्र्याक्टर र टेलर खरिद गरेको थियो । एउटा ट्र्याक्टरका लागि महानगरले ९ लाख ५० हजार र टेलरको २ लाख ७५ हजार रुपैयाँ भुक्तानी गरेको छ । पहिलो पटकको बोलपत्र आह्‍वान हुँदा ५ वटा कम्पनीले आवेदन दर्ता गराएका थिए । तर, प्राविधिक कारण देखाउँदै महानगरले उक्त बोलपत्र रद्द गरेको थियो । ट्र्याक्टर खरिदका लागि महानगरले दोस्रो पटक बोलपत्र आह्वान गर्दा एउटा मात्र कम्पनीले आवेदन दिएको थियो । त्यही कम्पनीबाट महानगरले ३ करोड ९२ लाखमा ३२ वटा ट्र्याक्टर र टेलर खरिद गरेको हो ।

बजार मूल्य ६ लाख ६० हजार पर्ने ट्र्याक्टर महानगरले ३ लाख बढी मूल्यमा खरिद गरेको पाइएको छ । महानगरको यान्त्रिक शाखाका अनुसार फोहोर संकलनका लागि २४ एचपीको २४२ मोडलको आइचर कम्पनीको एक सिलिन्डरको ट्र्याक्टर खरिद गरिएको हो । महानगरले खरिद गरेको उक्त ट्र्याक्टर वीरगन्ज भन्सार विन्दुमा जाँचपास भइसकेपछि ५ लाख ५१ हजार रुपैयाँ मूल्य पर्ने गरेको छ ।

वीरगन्ज भन्सार कार्यालयको तथ्यांकअनुसार भारतबाट आयात भएको उक्त मोडलको आइचर ट्र्याक्टरको मूल्य आयातकर्ताले ३ लाख १६ हजार ८ सय ३५ भारु घोषणा गरेका छन् । एउटा ट्र्याक्टरको भन्सार विन्दुसम्मको ढुवानी भाडा र बिमा गरि १३ हजार ७५ भारु उल्लेख गरिएको छ । आयातमा लाग्ने ५ प्रतिशत भन्सार महसुल दाखिला गरि आयातकर्ताले ३ लाख ४४ हजार ८८० भारु ( ५ लाख ५१ हजार रुपैयाँ ) मा ट्र्याक्टर जाँचपास गराएको भन्सारको तथ्यांकमा देखिन्छ ।

वीरगन्ज उद्योग वाणिज्य संघका एक पदाधिकारीका अनुसार आयातित वस्तुको भन्सार विन्दुमा लागेको खर्चमा २० प्रतिशत मूल्य थपेर बजारमा बिक्री गर्न पाइन्छ । ‘ट्र्याक्टर जाँचपास गराइ भन्सार विन्दुमा लागेको कुल खर्चको २० प्रतिशत निकाल्दा एक लाख १० हजार ३६१ रुपैयाँ हुन आउँछ,’ संघका ती पदाधिकारी भन्छन्, ‘उक्त ट्र्याक्टरको बजार मूल्य अधिकतम ६ लाख ६२ हजार रुपैयाँसम्म राख्न सकिन्छ । नगदमा खरिद गर्दा व्यवसायीले छुट समेत दिने गरेका छन् ।’ तर, उक्त ट्र्याक्टर महानगरपालिकाले ९ लाख ५० हजार रुपैयाँमा खरिद गरेको छ । बजार मूल्यभन्दा करिब ३ लाख रुपैयाँ बढीमा महानगरले ३२ वटा ट्र्याक्टर खरिद गरेपछि केही वडाध्यक्ष विरोधमा उत्रिएका छन् ।

कमिसनका लागि योजनाबद्ध चलखेल
ट्र्याक्टर खरिदका लागि महानगरपालिकाले पहिलो पटक गत असोज २६ मा बोलपत्र आह्‍वान गरेको थियो । ओमनी अटो मोबाइल्स, अर्थ आटोबिल्स, तुलस्यान ट्र्याक्टर्स, नेपाल ट्रेड एण्ड सर्भिस लिंक र खेसारी चन्द्र वणवालले आवेदन दर्ता गराएका थिए । बोलपत्र मूल्यांकन समितिले प्राविधिक कारणले सबैको आवेदन खारेज गरेको थियो । करिब ६ महिना पछि दोस्रो बोलपत्र आह्वान गरियो । एउटा मात्र, विना एग्रो इन्टरप्राइजेज प्रालिको आवेदन दर्ता भयो । मूल्यांकन समितिले उसकै बोलपत्र सदर गरेको थियो । विना एग्रो प्रालि पहिलो पटक बोलपत्र आह्वान हुँदा आवेदन दिएको थिएन ।

महानगर स्रोतका अनुसार पहिलो बोलपत्रमा ‘आर्थिक मिलेमतो’ हुने सम्भावना नदेखिएपछि प्राविधिक कारण देखाएर रद्द गरिएको थियो । पहिलो बोलपत्रमा आवेदन दर्ता गराएका एक अटोमोबाइल व्यवसायीले महानगरले मिलेमतोमै ट्र्याक्टर खरिद गर्ने देखिएपछि दोस्रो पटकको बोलपत्रमा सहभागी नभएको प्रतिक्रिया दिएका छन् । ‘आफू निकटका व्यवसायीलाई नै ट्र्याक्टरको ठेक्का दिने मनसाय बुझेपछि हामीले दोस्रो पटकको बोलपत्र खरिद नै गरेनौँ,’ उनले भने, ‘पहिलो बोलपत्रमा न्यूनतम नाफा राखेर बोलपत्र आवेदन दर्ता गराएका थियौं ।’

महानगरको यान्त्रिक शाखा प्रमुख मनोज कर्ण भने पहिलो पटकको बोलपत्रमा आवेदन दिएका सबै कम्पनीहरु प्राविधिक प्रस्तावमै फेल भएको दाबी गर्छन् । ‘प्राविधिक प्रस्ताव पास भएकाहरुको मात्र आर्थिक प्रस्ताव हेरिन्छ,’ उनले भने, ‘प्राविधिक प्रस्तावमै सबै फेल भएपछि बोलपत्र नै रद्द गरेका हौं ।’ उनका अनुसार पहिलो पटकको बोलपत्र हुँदा मूल्य केही बढी थियो, ट्र्याक्टर पनि ३ सिलिन्डरको माग गरिएको थियो । पहिलो बोलपत्रमा टेलर खरिद गर्ने योजना थिएन । ‘टेन्डर रद्द भएपछि टेलर समेत खरिद गर्ने कुरा आयो,’ महानगरको राजस्व शाखा प्रमुख समेत रहेका कर्ण भन्छन्, ‘अनि ट्र्याक्टरको क्षमता तीन सिलिन्डरबाट घटाएर एक सिलिन्डर गरेर टेलर सहितको दोस्रो बोलपत्र आह्वान गरिएको हो, ठेक्का मूल्य पनि केही घटाएका थियौं ।’

उनका अनुसार पहिलो बोलपत्रमा ३ सिलिन्डरको ट्याक्टर माग हुँदा प्रति ट्र्याक्टर मूल्य १३ लाख २५ हजार राखिएको थियो भने दोस्रो पटक टेलरसहित १ सिलिन्डरको ट्र्याक्टरको बोलपत्र आह्वान गर्दा १२ लाख ५० हजार रुपैयाँ मूल्य राखिएका थियो । बिना एग्रोले टेलरसहित १२ लाख २५ हजार रुपैयाँमा दर्ता गराएको आवेदन स्वीकृत भएको कर्णले जनाए । प्रति ट्याक्टरको ९ लाख ५० हजार र टेलरको २ लाख ७५ हजार रुपैयाँ बिना एग्रोले भुक्तानी लिएको छ ।

६ लाख ६० हजार रुपैयाँसम्ममा पाइने एक सिलिन्डरको ट्याक्टर महानगरले किन ९ लाख ५० हजार रुपैयाँमा खरिद गरेको भन्ने प्रश्नमा यान्त्रिक शाखा प्रमुख कर्णले ‘बजार मूल्य तलमाथि भइराख्ने र नगदमा खरिद गर्दा केही छुट पाइने हुनाले केही अन्तर देखिएको हुनसक्छ’ भनि प्रतिक्रिया दिए । ‘सबभन्दा सस्तो र इन्धन कम खपत हुने ट्र्याक्टर खरिद गरेका छौँ,’ उनले भने, ‘कुनै प्रक्रिया लुकाएर गरेका छैनौं ।’ विना एग्रोका एकजना सेल्सम्यानले सर्वसाधारणले खरिद गर्दा र स्थानीय तहले खरिद गर्दा छुट्टाछुट्टै मूल्यको बिल बन्ने गरेको बताए । ती सेल्सम्यान भन्छन्, ‘सर्वसाधारणले खरिद गर्दा कसैलाई कमिसन चाहिदैन । तर, जब पालिकाको लागि ट्र्याक्टर खरिद हुन्छ, त्यसमा हाकिम, लेखा, खरिद समिति, प्रमुख र उपप्रमुख सबैलाई कमिसन छुट्याएर बिल बनाउनुपर्छ ।’

ट्र्याक्टर भारतबाट आयात गरि आपूर्ति गरेको बिना एग्रोले टेलर भने स्थानीय व्यवसायीबाटै बनाउन लगाई महानगरलाई उपलब्ध गराएको हो । व्यवसायीका अनुसार टेलरमा समेत बढीको बिल बनाएर चलखेल गरिएको छ । फोहोर संकलनका लागि बनाइएको ती टेलरहरुको बिलमा पनि प्रति टेलर ५० हजार रुपैयाँ बढी अनियमितता भएको छ । साभार : कान्तिपुर

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

जेष्ठ ३, २०८३
मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

जेष्ठ ३, २०८३
संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

जेष्ठ ३, २०८३
लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

जेष्ठ ३, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि