Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जिल्ला सरकारी वकिल कार्यालय रौतहट नयाँ भवनमा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ ३, २०८०
जिल्ला सरकारी वकिल कार्यालय रौतहट नयाँ भवनमा

गौर (रौतहट), ३ भदौ । रौतहटको गौरमा रहेको जिल्ला सरकारी वकिल कार्यालयको नवनिर्मित भवनको आइतबार एक समारोहकाबीच उद्धघाटन गरिएको छ।भवनको उद्धघाटन गर्दै महान्यायाधिवक्ता दिनमणी पोखरेलले पूर्वाधारको विकाससँगै कार्यालयले न्याय सम्पादन पनि अझ बढि सहज र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

उनले नयाँ भवनबाट प्रदान गरिने सेवा सबैको पहुँचमा हुनुपर्ने भन्दै नयाँ परिमार्जित ऐन, कानुन र नियमको परिधीभित्र रहेर सो भवनबाट सेवाग्राहिलाई ढिलासुस्ती नगरी गुणस्तरीय सेवा दिन आग्रह गरे । ‘सुविधा सम्पन्न भवन पाउनु आफैमा ठुलो उपलब्धि हो’ उनले भने, ‘साधन श्रोतको उपलब्धता र प्रदान गर्ने सेवाको गुणस्तरीयता मापन गर्ने प्रक्रिया पनि यसले सँगसँगै लिएर आउँछ । यति ठुलो साधनश्रोतले सम्पन्न भवनमा बसेर प्रदान गर्ने सेवा र भूमिका कति प्रभावकारी भयो भनेर हामीमाथि औला ठड्याउने , प्रश्न गर्ने चुनौति पनि रहेको छ ।’

उनले महान्याधिवक्ताको कार्यालयले देशैभर सुविधा सम्पन्न सरकारी वकिलको कार्यालय भवन निमार्ण गर्ने अभियान अन्र्तगत अहिले देशका १४–१५ वटा बाहेक अन्य जिल्लामा भवन निमार्ण सम्पन्न गरिएको जानकारी दिदैँ बाँकी जिल्लाहरुमा पनि छिट्टै भवनहरु निमार्ण गरिने बताए । फरक प्रसंगमा साइवर क्राईम , बैकिङ कसुरको , मिटर व्याजी मुद्दा जिल्ला अदालत मार्फतमा आएकाले सरकारी वकिल कार्यालयमा भूमिका अझ बढेको भन्दै उनले न्यायलाई केन्द्रमा राखेर जिम्मेवारी सहि तरिकाले पूरा सुझाए ।

कार्यक्रममा जिल्ला न्यायाधीश मातृका प्रसाद मरासिनी पिडितले समयमै न्याय पाउनको लागि सबै सरोकारवालाहरु हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिदैं न्यायबाटो सबैको लागि सहज र सरल बनाउनुपर्ने बताए । सो भवन निर्माणको लागि महान्यायाधिवक्ता कार्यालयले २०७८ जेठ १० गते कुल लागत अनुमान ५ करोड २ लाख ७२ हजार १४८ रुपैया १ पैसा स्वीकृत गरेकोमा मूल्य अभिवृद्धि करबाहेक ३ करोड ३३ लाख ७८ हजार ८६० रुपैयां ७६ पैसामा कार्य सम्पन्न गर्ने गरी निमार्ण कम्पनी सिएम–चण्डीदेवी–मुन्ना जेभी कम्पनी र जिल्ला सरकारी वकिल कार्यालय रौतहटबीच २०७८ असोज २० गते २०८० असोज २० गत निमार्ण सम्पन्न गर्ने गरि सम्झौता भएको थियो ।

सम्झौतामा तोकिएको निर्धारित म्यादभित्रै निर्माण व्यवसायीको तर्फबाट भवनको निर्माण कार्य सम्पन्नको भएको जिल्ला न्याधिवक्ता बद्री कुमार कार्कीले जानकारी दिए । २४ वटा कोठाहरु रहेको सो नयाँ भवनकोे तेस्रो तलामा पाहुना कक्ष र चौथो तलामा कार्यालय प्रमुखको निवास रहेको उनले बताए । यस अघि सोही ठाउँमा रहेको पुरानो साँघुरो भवनबाट कार्यालय नवनिर्मित भवनमा सरेपछि सेवा प्रवाहमा सहजता हुने विश्वास कार्कीको रहेको छ ।

नायव महान्यायाधिवक्ता विश्वराज कोइराला सभाध्यक्षतामा सम्पन्न सो कार्यक्रममा महान्यायाधिवक्ता कार्यलयका सहन्यायाधिवक्ता सूर्यराज दाहाल, उच्च सरकारी वकिल कार्यालय बिरगंजका सहन्यायाधिवक्ता राम कुमार थापा, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, सुरक्षा निकायका प्रतिनिधि, रौतहट बार एसोसीएसनका प्रतिनिधि तथा कानुनी व्यवसायी, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

गुठीका पोखरी अतिक्रमण हटाउन थप १५ दिनको समय

गुठीका पोखरी अतिक्रमण हटाउन थप १५ दिनको समय

भदौ २९, २०८३
बेतौनामा पानीको कहरः भूमिगत दोहनले चापाकल सुके, एउटै समरसेवलको सहारामा २०० परिवार !

बेतौनामा पानीको कहरः भूमिगत दोहनले चापाकल सुके, एउटै समरसेवलको सहारामा २०० परिवार !

भदौ २९, २०८३
बबिताको प्रसवदेखि पविताको मृत्युसम्मः स्वास्थ्य प्रणालीको भयावह स्थिति ! स्वास्थ्य सेवा कि व्यापार

बबिताको प्रसवदेखि पविताको मृत्युसम्मः स्वास्थ्य प्रणालीको भयावह स्थिति ! स्वास्थ्य सेवा कि व्यापार

भदौ २९, २०८३
काठमाडौंमा ग्यास अभाव टार्न तराईका उद्योग २४ घण्टा संचालनमाः वैकल्पिक बाटोबाट ग्यास पठाइँदै

काठमाडौंमा ग्यास अभाव टार्न तराईका उद्योग २४ घण्टा संचालनमाः वैकल्पिक बाटोबाट ग्यास पठाइँदै

भदौ २८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि