Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

तस्करबाट बरामद ६० किलो सुन उच्च गुणस्तरको

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ ३, २०८०
तस्करबाट बरामद ६० किलो सुन उच्च गुणस्तरको

काठमाडौं, ३ भदौ । चिनियाँ तस्करले हङकङबाट भित्र्याएको ‘ब्रेक-सु’बाट बरामद गरिएको सुनको गुणस्तर सबैभन्दा उत्कृष्ट ठहरिएको छ । नेपाल राष्ट्र बैंक टक्सार महाशाखाले गुणस्तर परीक्षण गर्दा उक्त सुन ‘९९९’ शुद्ध रहेको पुष्टि भएको हो । सामान्यतया बजारमा २२ क्यारेट र २४ क्यारेट भनेर सुनको गुणस्तर वर्गीकरण गर्ने गरिन्छ ।

तर, राष्ट्र बैंकले नम्बरका आधारमा सुनको गुणस्तर हेर्ने गर्छ । जसअनुसार ‘९९९’ भनेको सबैभन्दा उच्च गुणस्तरको (शुद्ध) सुन हो । नेपालमा यति शुद्ध गुणस्तरको सुन धेरै कम रहेको राष्ट्र बैंक स्रोतले बताएको छ । नेपाल राष्ट्र बैंकलाई सुनको सिक्का (असर्फी) का लागि सबैभन्दा उच्च गुणस्तरको सुन चाहिन्छ । यसकारण सरकारको अनुमति पाएमा कानुन अनुसार उक्त सुन आफैंले खरिद गर्न तयार रहेको राष्ट्र बैंक स्रोतले बताएको छ ।

तस्करबाट बरामद भएको सुन गत साता टक्सार महाशाखाले गालेको थियो । ‘ब्रेक-सु’बाट निकाल्दा सुनको परिमाण ६० किलो ७८९ ग्राम कायम भएकोमा त्यसलाई गाल्दा घटेर ६० किलो ७१६ ग्राम कायम भएको छ । सुन गालेर ‘बिस्कुट’ बनाएपछि राष्ट्र बैंकले सुनको गुणस्तर मापन गर्दा सबैभन्दा उच्च गुणस्तरको भेटिएको हो ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), राजस्व अनुसन्धान विभाग, नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालय र नेपाल राष्ट्र बैंक टक्सार कार्यालयका प्रतिनिधिको रोहबरमा गत साता ‘ब्रेक-सु’ बाट सुन निकालेर जोखिएको थियो । उक्त सुनलाई उल्लिखित निकायका प्रतिनिधिको रोहबरमा गत मंगलबार गालिएको हो । अब उक्त सुन राष्ट्र बैंकको ढुकुटीमै रहन्छ । मुद्दा विचाराधिन रहेकाले त्यसको टुङ्गो नलाग्दा सुन पनि राज्यकै ढुकुटीमै राख्ने कि राष्ट्र बैंकले खरिद गर्ने भन्ने टुङ्गो लाग्ने छैन । साभार : कान्तिपुर

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मुख्यमन्त्री कार्यालय परिसरमा डीडीसीको दुग्धजन्य सामग्री बिक्री स्टल खुल्ने

मुख्यमन्त्री कार्यालय परिसरमा डीडीसीको दुग्धजन्य सामग्री बिक्री स्टल खुल्ने

साउन २३, २०८३
लेनदेन विवादबारे भएको सहमति खारेजको माग गर्दै प्रदर्शन

लेनदेन विवादबारे भएको सहमति खारेजको माग गर्दै प्रदर्शन

साउन २३, २०८३
ढल्केबरमै ट्रमा सेन्टर निर्माणको माग गर्दै आन्दोलनको घोषणा

ढल्केबरमै ट्रमा सेन्टर निर्माणको माग गर्दै आन्दोलनको घोषणा

साउन २३, २०८३
ट्याङ्करबाट तेल चोरेको आरोपमा पम्पका सञ्चालकसहित सातजना पक्राउ

ट्याङ्करबाट तेल चोरेको आरोपमा पम्पका सञ्चालकसहित सातजना पक्राउ

साउन २३, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि