Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
नेशनल मेडिकल कलेज रास्वपा पर्सा राष्ट्रिय धोती दिवस हरिखेतान बहुमुखी क्याम्पसमा विवाद सामुदायिक विद्यालय हरिखेतान क्याम्पस विवाद वीरगंजमा लगाइएको कर्फ्यू हट्यो साम्प्रदायिक तनावले शिक्षा प्रभावित
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मुलुकमा वैधानिक अर्थतन्त्र कमजोर र तस्करतन्त्र प्रोत्साहित भएका छन् : महासचिव पोखरेल

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ १, २०८०
मुलुकमा वैधानिक अर्थतन्त्र कमजोर र तस्करतन्त्र प्रोत्साहित भएका छन् : महासचिव पोखरेल

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), १ भदौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान अवस्थामा मुलुक थप राजनीतिक अस्थिरताको शिकार बन्न पुगेको बताएका छन् । वीरगंजमा आयोजित पत्रकार सम्मेलनमा नेकपा एमालेको मिसन २०८४ एवं मधेश प्रदेशमा नेकपा एमालेको भावी रणनीतिबारे प्रकाश पार्दै महासचिव पोखरेलले राजनीतिक अस्थिरता र अराजकता एवं बलियो राष्ट्रशक्ति निर्माण हुन नसक्नु जस्ता चुनौतिहरु सृजना भएकोले मुलुक थप राजनीतिक अस्थिरताको शिकार बन्न पुगेको बताए ।

उनले नेपालमा बहुदलीय व्यवस्था स्थापना भएको ३४ वर्षमा २८ वटा प्रधानमन्त्री फेरिए, एकजना प्रधानमन्त्रीले सवा एक वर्ष भन्दा बढि कार्यभार सम्हाल्न पाएका छैनन् भने मन्त्रीले ६ महिना पनि काम गर्न पाएका छैनन् त्यस्तो अवस्थामा मुलुकमा परिणाम देखिने गरि काम गर्ने अवस्था सृजना हुन नसक्नु स्वभाविक रहेको बताए । जनताले बलियो सरकारको अपेक्षा गरेर केपी ओलीको नेतृत्वमा सरकार गठन भयो तर जनादेशको विपरित सर्वोच्च अदालतको परमादेशबाट नयाँ सरकार गठन गर्ने काम भयो त्यले राज्यका सबै अँग कमजोर भएको बताए । अदालत अदालत जस्तो छैन, संसद संसदको भूमिका निर्वाचन गर्न असफल छ, सरकार जनता राष्ट्रको हितमा काम गर्न नसक्ने निरीह बनेको उनको भनाई छ ।

वीरगंज नेपालको आर्थिक केन्द्रका रुपमा चिनिन्छ तर गठबन्धन सरकारको कारणले गर्दा वैधानिक अर्थतन्त्र कमजोर र अवैधानिक एवं तस्करतन्त्र प्रोत्साहित भएको आरोप लगाए । उनले मेहनत गर्ने उद्यमी व्यवसायीहरु सकसमा परेका छन्, कतिजनाले आत्महत्या गरे, तर त्यो सरकारको लागि चिन्ताको विषय बन्न नसकेको बताए । मुलुक आर्थिक रुपमा मन्दीको अवस्थामा प्रवेश गरेको छ । एकपछि अर्को कारणहरु उजागर हुँदै गइरहेको भन्दै महासचिव पोखरेलले सुन तस्करी प्रकरणलाई मात्रै कोट्याउने हो भने दुई महिनाको अवधिमा नक्कली कम्पनी खडा गरि झण्डै २ हजार केजी भन्दा बढि सुन भित्र्याइएको तथ्यहरु बाहिर आएका छन् । यसले दुई महिनाको अवधिवमा एक अर्व राजस्व हिनामिना भएको उनले बताए ।

वैधानिक कारोबारहरु ठप्प भई अवैधानिक कारोबारहरु प्रोत्साहन गरेको गठबन्धन सरकारको कारण मुलुकले आर्थिक मन्दीको समस्या खेप्नुपर्ने अवस्था सृजना भएको महासचिव पोखरेलको भनाई छ । अहिले विदेशिने युवाहरुको तथ्याँक पनि उकालो लाग्दो छ, ७ लाख ७२ हजारको हाराहारीमा युवाहरु विदेश गएका छन् । पढ्ने सिलसिलामा डेढ लाख विद्यार्थी बाहिरिएका छन् । यो आँकडाले काम गर्ने युवाहरु विदेशिँदा देशको विकासको यात्रा रोकिएको उनको भनाई छ । उनले एमाले सरकारमा हुँदा युवाहरु विदेशिने क्रम कम हुन्छ, जुन बेला एमाले सरकारबाट बाहिरिन्छ युवाहरु विदेशिनेको संख्यामा वृद्धि हुने गरेको छ, यसले पनि गठबन्धनको सरकार कुन ढँगले अगाडि बढि रहेको छ छर्लङ्ग हुने गरेको बताए ।

राष्ट्र आर्थिक संकटमा पर्ने, आम जनता महंगीको मारमा पर्ने, उद्यमी व्यवसायीहरु वित्तीय संकटमा पर्ने र त्यही अवधीमा सत्ता निकट रहेका केही उद्यमीहरु असाधारण रुपमा आयआर्जन गर्ने गरेको पनि तथ्यहरु सार्वजनिक भएका छन् भन्दै एउटा विदेशी सञ्चार माध्यमले एक जना व्यापारीको सम्पत्ति एक वर्षको अवधिमा ४० अर्व वृद्धि भएको रिपोर्ट सार्वजनिक गरेको थियो, यसबाट अहिलेको गठबन्धन सरकार सीमित स्वार्थी तत्वको पृष्ठपोषकको रुपमा रहेको पुष्टि गरेको उनको भनाई छ ।

अर्कोतर्फ अहिले जसरी सरकारले प्रतिपक्षमाथि नियोजित रुपमा घेराबन्दी गरि आक्रमण गर्ने गरेको छ, यो दुःखदायी अवस्था छ भन्दै महासचिव पोखरेलले गठबन्धनको सरकारले आफ्ना कमजोरीलाई लुकाउन अरुमाथि दोषारोपण गर्ने घृणित कामहरु गरि रहेको बताए । हामीले भ्रष्टाचार विरुद्ध निष्पक्ष छानविनको माग गरेका छौं तर सत्तापक्षले त्यो मानेको छैन भन्दै महासचिव पोखरेलले भ्रष्टाचार विरुद्ध कुनैपनि सम्झौता गर्दिन भन्ने गठबन्धन सरकारका प्रधानमन्त्री र गृहमन्त्रीले आफ्ना पार्टी कार्यकर्ता संलग्न घटनाहरु सार्वजनिक हुँदा त्यसलाई सामानीकरण गर्ने र घटना दबाउन तर्फ लाग्नुले पनि सरकारको कार्यप्रति शंका उत्पन्न गराएको बताए ।

सुन तस्करीमा समातिएका चिनियाँ व्यापारीसँ माओवादीका नेताले २३४ पटक फोन सम्पर्क गर्नुपर्ने कारण थियो ? भन्दै महासचिव पोखरेलले यसबाट पनि तस्करीमा सत्तापक्षको नेताहरुको संलग्नता देखिएको उनको भनाई छ । यत्रो ठुलो घटनामा संलग्न देखिएका सत्ता गठबन्धनका नेतालाई सरकारले फोनकै आधारमा दोषी भन्न नमिल्ने भन्दै उम्काउन खोजि रहेको बताए । भ्रष्टाचार विरुद्ध कुनैपनि सम्झौता नगर्ने भनि रहेका गठबन्धन सरकारले भ्रष्टाचारीलाई संरक्षण गर्ने काम गरि रहेको भन्दै भ्रष्टाचारका सबै मामिलामा निष्पक्ष छानविन हुनुपर्ने हाम्रो पार्टीको माग रहेको बताए ।

प्रेस चौतारी पर्साका अध्यक्ष श्याम बञ्जाराको सभापतित्वमा आयोजित पत्रकार सम्मेलनमा नेकपा एमालेका सचिव योगेश भट्टराई, सांसद अच्युत मैनाली, नेकपा एमालेको नेत्री एवं पूर्वमन्त्री ज्वाला साह, डा. विश्वम्बर शर्मा, प्रभु हजरा लगायतको उपस्थिति रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

यस वर्षको स्व. गोपाल गिरी स्मृत्ति पत्रकारिता पुरस्कार देवकोटालाई

यस वर्षको स्व. गोपाल गिरी स्मृत्ति पत्रकारिता पुरस्कार देवकोटालाई

माघ १, २०८२
नेपाल एसबिआई बैंक लुट प्रकरण : ‘घरभेटीकै योजनामा लुट’ बयानपछि घरधनी पक्राउ

नेपाल एसबिआई बैंक लुट प्रकरण : ‘घरभेटीकै योजनामा लुट’ बयानपछि घरधनी पक्राउ

माघ १, २०८२
बढ्दो जाडोमा विपन्नलाई राहत : पर्सा र बारामा नेपाल प्रहरी श्रीमती संघद्वारा न्यानो कम्बल वितरण

बढ्दो जाडोमा विपन्नलाई राहत : पर्सा र बारामा नेपाल प्रहरी श्रीमती संघद्वारा न्यानो कम्बल वितरण

माघ १, २०८२
धार्मिक आस्था, सांस्कृतिक गौरव र जैविक विविधताको सन्देशसहित माघे सङ्क्रान्ति सम्पन्न

धार्मिक आस्था, सांस्कृतिक गौरव र जैविक विविधताको सन्देशसहित माघे सङ्क्रान्ति सम्पन्न

माघ १, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि