वीरगंज (पर्सा), ३२ साउन । जनता समाजवादी पार्टी नेपाल पोखरीया नगर कार्य समितिको बैठक बिहिबार सम्पन्न भएकाे छ । पार्टीका नगर अध्यक्ष राजु साहकाे अध्यक्षता र जिल्ला अध्यक्ष रामनरेश यादवकाे प्रमुख आतिथ्यतामा बसेकाे बैठक सम्पन्न भएकाे हाे । पाेखरियामा बसेकाे बैठकले नगरपालिका भित्रकाे सम्पूर्ण वडाकाे वडा कमिटी असाेज भित्र पुर्नगठन गर्ने निर्णय गरेकाे छ ।
बैठकमा पार्टीका केन्द्रिय सदस्य खलिल मियाँ, सलमा खातुन, जिल्ला उपाध्यक्ष नागेन्द्र यादव, जिल्ला सचिव तबरेज अहमद, प्रदेश क्षेत्रिय अध्यक्ष पवन कुमार सिंह, नगर सचिव दशरथ पटेल लगायतकाे सहभागिता रहेका थिए ।
प्रतिक्रिया दिनुहोस् !