• मुस्कान श्रष्ठ
वीरगंज (पर्सा), ३१ साउन । वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसका बिधार्थीलाई उत्तीर्ण गराउन उत्तरपुस्तिका साटेको आरोपमा पर्सा प्रहरीले २ जनालाई रंगेहात पक्राउ गरेको छ । पक्राउ पर्नेमा ठाकुुरराम बहुमुखी क्याम्पसका परिक्षा शाखाका पूर्व प्रमुख मोहन यादव र त्रिजुद्ध माविका सहायक परिक्षा केन्द्रका विनोद स्वर्णकार रहेका छन् । उनीहरुले ७००१५१८८७ सिम्बल नम्बर भएको ठाकुरराम क्याम्पसमा अधन्नरत बिमा कुमारी यादवलाई उत्तीर्ण गराउन उत्तरपुस्तिका साट्न खोजेका थिए ।
बुधबार परिक्षाको अन्तिम समयमा पूर्व प्रमुख यादवले छात्रा यादवसंग भएको उत्तरपुस्तिकाको सट्टा बाहिरबाट उत्तर लेखिएको अर्काे उत्तरपुस्तिका ल्याई त्रिजुद्ध माविका परिक्षा केन्द्र प्रमुख स्वर्णकार राख्न दिँदै गरेको अवस्थामा वडा प्रहरी कार्यालय विर्ताका प्रहरी टोलीले उनीहरुलाई रंगेहात प्रकाउ गरेको थियो । ठाकुरराम बहुमुखी क्याम्पसको बीबीएस दोश्रो वर्षको परिक्षा केन्द्र वीरगञ्जस्थित त्रिजुद्ध माविमा तोकिएको छ । आज अंग्रेजी विषयको परिक्षा रहेको थियो । यसअघिका विषयहरुमा समेत उत्तरपुस्तिका साट्ने चलखेल
भएको त्रिजुद्ध माविका कर्मचारीले बताए । उनका अनुसार यादव र स्र्वणकारले सो बापत प्रति बिधार्थीसंग ३०–३५ हजार असुल्ने गरेका छन् ।
उत्तरपुस्तिका साटेर बिधार्थीहरुलाई उत्तीर्ण गराउने काम भइहरको भन्ने सूचनाका आधारमा वडा प्रहरी कार्यालय विर्ताका प्रहरी टोलीलाई परिक्षा केन्द्रमा खटाइएको थियो । प्रकाउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको पर्साका प्रहरी उपरीक्षक कोमल साहले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस् !