Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मदरसामा पढाउने बहानामा लखनउ लगिएका १८ जना बालबालिकाहरुको उद्दार

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन २८, २०८०
मदरसामा पढाउने बहानामा लखनउ लगिएका १८ जना बालबालिकाहरुको उद्दार

वीरगंज (पर्सा), २८ साउन । मदरसामा पढाउने बहानामा लखनउ लगिएका १८ जना बालबालिकाहरुलाई उद्दार गरिएको छ । मानव बेचबिखन विरुद्ध लखनउ स्थित एसएसबी बेतियाका इन्स्पेक्टर मनोज कुमार शर्माले अवैध रुपमा संचालित मदरसामा पढाउने बहानामा लखनउ लगिएका १८ जना बालबालिकाहरुलाई उद्दार गर्नुको साथै त्यसमा संलग्न ३ जनालाई पक्राउ गरेको जानकारी दिए ।

पहिलो पटक ६ जना बालबालिकाहरुलाई उद्दार गरि नियन्त्रणमा लिइएका १ जना आरोपिसँग सोधपुछ गर्दा उनले दिएको बयानमा मदरसाको ठेगाना थाना पारा क्षेत्र (लखनउ)को सदरौनास्थित अवैध रुपमा संचालित मदरसामा साँझ ५ बजे छापा मार्दा थप १२ जना बालबालिकालाई उद्दार गरिएको र त्यसमा संलग्न थप २ जनालाई नियन्त्रणमा लिइएको थियो । दुवै उद्दार कार्यमा १८ जना बालबालिकाहरुलाई उद्दार गरिएको तथा संलग्न ३ जनालाई पक्राउ गरिएको इन्स्पेक्टर शर्माले बताए ।

उद्दार कार्य डा. शुचिता चतुर्वेदी (सदस्य), उत्तर प्रदेश राज्य बाल अधिकार संरक्षण आयोग (लखनउ) र संगीता शर्मा चाइल्ड लाइन, लखनउ, प्रियंक कानुङ्गो, अध्यक्ष, राष्ट्रिय बाल संरक्षण आयोग, नयाँ दिल्लीको निर्देशनमा छापामारी गरि बालबालिकाहरुलाई उद्दार गरिएको थियो । उद्दार कार्यमा संलग्न अधिकारीहरु त्यहाँ पुग्दा मदरसाको अवस्था देखेर स्तब्ध भएका थिए । बालबालिकालाई मानव जीवनका आधारभूत सुविधाविहीन राखिएको थियो । बिजुली, पंखा, खान-पिउने सुविधा विहीन गरि बालबालिकाहरुलाई राखिएको थियो ।

उर्दू पढाइको नाममा गरिब जनताका छोराछोरीलाई ल्याएर कपडा र झोला बनाउने काममा लगाइदिने प्रमाण फेला परेको छ । उर्दू पढाउने नाममा गरिबका नाबालक बालबालिकाहरुको भविष्यसँग खेलवाड गर्ने गरेको पाइएको उद्दार कार्यमा संलग्न अधिकारीहरुले अनुभव गरेको बताइएको छ । यी बालबालिकालाई पहिले मोतिहारीमा रोकिएको थियो तर बाल कल्याण समिति मोतिहारीको ध्यानाकर्षण नगरी उनीहरुलाई त्यहाँबाट लिएर बसमा लखनउ पठाइएको थियो ।

मानव बेचबिखन नियन्त्रण इकाई (क्षेत्रीय मुख्यालय) एसएसबी बेतियाले ६ जना बालबालिकालाई पढाईको नाममा काम गराउन मदरसामा लगिएको जानकारी पाएलगत्तै मुक्ति फाउन्डेशन दिल्ली, राज्य बाल अधिकार संरक्षण आयोग (लखनऊ), चाइल्ड लाइन लखनऊ, पारा पुलिस स्टेशन लखनऊ, अल्पसंख्यक विभाग लखनऊको संयुक्त टोलीले उद्दार अभियान सुरु गरेको थियो ।

उद्दार कार्यमा राष्ट्रिय बाल संरक्षण आयोग नयाँ दिल्लीका अध्यक्ष प्रियांक कानुन्गो, उत्तर प्रदेश राज्य बाल अधिकार संरक्षण आयोग (लखनऊ) का सदस्य डा. शुचिता चतुर्वेदी, मानव बेचबिखन विरोधी इकाई (क्षेत्रीय मुख्यालय) एसएसबी बेतिया (बिहार) का निरीक्षक मनोज कुमार शर्मा, मिशन मुक्ति फाउन्डेशन (नयाँ दिल्ली) का वीरेन्द्र कुमार सिंह, चाइल्ड लाइन (लखनऊ) का संगीता शर्मा, अल्पसंख्यक विभाग लखनऊका ग्यासुद्दीन खान, बाल आयोग लखनऊका श्याम त्रिपाठी लगायतको सहभागिता रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा गहवामाईको दोश्रो रथयात्रा सम्पन्न, हजारौँ भक्तजनहरुको भीड

श्री गहवामाई रथयात्राको तयारी तीब्र

असार २२, २०८३
ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

असार २२, २०८३
यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

असार २२, २०८३
बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

असार २२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि