Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

तीन पाङ्ग्रे सवारी व्यवस्थित गर्न वीरगंजमा चेकजाँच कडाई गरिँदै

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन २१, २०८०
तीन पाङ्ग्रे सवारी व्यवस्थित गर्न वीरगंजमा चेकजाँच कडाई गरिँदै

वीरगंज (पर्सा), २१ साउन । वीरगञ्ज महानगरपालिकाले दर्ता नभई सञ्चालनमा रहेका तीन पाङ्ग्रे सवारीसाधन (रिक्सा, ई–रिक्सा, अटो रिक्सा) लाई कारबाही गर्न सुरु गरेको छ । महानगरमा दर्ता विना संचालनमा रहेका यस्ता तीन पाङ्ग्रे सवारीका कारण ट्राफिक व्यवस्थापनमा कठिनाई हुने गरेकाले जथाभावी संचालन गर्न रोक्न कारबाही थालेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा महानगरको सडक तथा यातायात व्यवस्था शाखाको संयुक्त टोलीले २ दिनमा ४५ वटा तीन पाङ्ग्रे सवारीलाई कारबाही गरेको छ । गएको मंगलबार र बिहीबार २ दिन जाँच गर्न खटिएको टोलीले महानगरमा दर्ता नरहेको, बाटो इजाजत (रुटपरमिट) नलिएको, लाइसेन्स, ब्लुबुक जस्ता महत्वपूर्ण कागजात बिना नै सवारी संचालन गरिरहेको भेटेपछि कारबाही गरिएको महानगरको सडक तथा यातायात व्यवस्था शाखाका प्रमुख इन्जिनियर विजय गुप्ताले जानकारी दिनुभयो ।

४५ वटा सवारीलाई पहिलो पटक भएकाले ५/५ सय जरिबाना तिराएर अबदेखि प्रकृया पुर्याएर मात्रै महानगरमा संचालन गर्न पाउने गरि छाडिएको बताउँदै उहाँले फेरि दोहोरिए ५ हजासम्म जरिबाना गरिने र सवारी नियन्त्रणमा लिने पनि उहाँले बताउनुभयो । महानगरका मेयर राजेशमान सिंहले महानगरमा दर्ता रहेकाले मात्रै महानगरमा सेवा दिन पाउने गरी व्यवस्था मिलाउन निर्देशन दिएसँगै गएको साताबाट तीन पाङ्ग्रे सवारी साधन जाँचलाई तिब्रता दिइएको हो ।

महानगरबाहिर संचालन गर्ने भनेर यातायात कार्यालयमा दर्ता भएका तीन पाङ्ग्रेले पनि महानगरभित्रै आएर सेवा दिँदा ट्राफिक व्यवस्थापनमा चुनौति थपिएको छ । तीन पाङ्ग्रे सवारी साधन अव्यवस्थित रुपमा संचालनमा रहेकाले त्यसलाई व्यवस्थित बनाउन महानगरले अहिले दर्ता प्रकृया रोकेर पहिले दर्ता रहेकालाई व्यवस्थापन गर्न खोजेको इन्जिनियर गुप्ताले बताउनुभयो । नगरक्षेत्र भित्र अहिले २ हजार भन्दा बढी तीन पाङ्ग्रे (ई–रिक्सा, अटो रिक्सा) सवारी साधन अव्यवस्थित रुपमा संचालनमा रहेको अनुमान छ । महानगरमा जम्मा ६ सय ७० वटा मात्रै दर्ता रहेर रुट इजाजत लिएका छन् ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले आफ्नो क्षेत्र भित्रका सवारी तथा यातायात व्यवस्थापनको जिम्मा स्थानीय सरकारलाई दिएकाले महानगरले त्यही अनुरुप सवारी व्यवस्थापनका लागि कार्यविधि नै बनाएर काम गरिरहेको छ । यातायात व्यवसायी, ट्राफिक प्रहरी तथा सरोकारवालाहरुसँग बसेर छलफल गरिसकेको महानगरले त्यति गर्दा पनि व्यवस्थित हुन नसकेपछि अब भने कारबाही नै गर्न सुरु गरेको हो । महानगरपालिकामा सवारी दर्ता नगरी सञ्चालन गरेको खण्डमा सवारी चालकलाई प्रथम पटक १ हजार रुपैयाँ जरिवाना तिरेर दर्ता गरेपछि मात्रै सवारी सञ्चालन गर्न पाउने व्यवस्था छ ।

जरिवाना नतिरेसम्म नगरभित्र सवारी सञ्चालनमा रोक लगाउन सकिने कार्यविधिमा स्पष्ट उल्लेख छ । तर पनि व्यवहारिक रुपमा तीन पाङ्ग्रे सवारीलाई कम जरिबाना गरिएको महानगरले जनाएको छ । अटो चलाएरै घर परिवार पाल्नु पर्ने कतिपयको समस्या देखेर नै आफूहरुले जरिबाना पनि कम गरेको उल्लेख गर्दै इन्जिनियर गुप्ताले यसमा पनि अटेर गर्ने प्रबृत्ति बढे व्यवहारिक नहेरी कार्यविधिले तोके बमोजिम गर्न आफूहरु बाध्य हुने बताए ।

यस्तै सवारी साधनले रुट इजाजत पत्र नलिइ सवारी चलाएको खण्डमा पहिलो पटक तत्कालै १ हजार ५ सय रुपैयाँ जरिवाना र दोस्रा पटकका लागि ३ हजार रुपैयाँ जरिवाना गरिने व्यवस्था छ । अब हरेक दिन नगरको विभिन्न स्थानमा ट्राफिक प्रहरी, नगर प्रहरी र महानगरको सडक तथा यातायात व्यवस्था शाखाको संयुक्त टोली तीन पाङ्ग्रे (ई–रिक्सा, अटो रिक्सा) सवारी साधन चेकजाँचका लागि खटिने छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

रास्वपा वीरगंज महानगरको नेतृत्वमा दीपराज पटेल, ४७ मतान्तरले आलम पराजित

रास्वपा वीरगंज महानगरको नेतृत्वमा दीपराज पटेल, ४७ मतान्तरले आलम पराजित

जेष्ठ १८, २०८३
जगरनाथपुर गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम

जगरनाथपुर गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम

जेष्ठ १८, २०८३
पद मोहकाे राजनीतिः रास्वपा बारागढीमा भाँडभैलो, ‘म नै पुनः सभापति’ हुने अडानले अधिवेशन संकटमा !

पद मोहकाे राजनीतिः रास्वपा बारागढीमा भाँडभैलो, ‘म नै पुनः सभापति’ हुने अडानले अधिवेशन संकटमा !

जेष्ठ १८, २०८३
पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

जेष्ठ १६, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि