Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

आयातित सामाग्रीमा लेबलिङ गर्न आवश्यक छ : अर्थमन्त्री डा. महत

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन १९, २०८०
आयातित सामाग्रीमा लेबलिङ गर्न आवश्यक छ : अर्थमन्त्री डा. महत

• मुस्कान श्रेष्ठ
वीरगंज (पर्सा), १९ साउन । अर्थमन्त्री डा. प्रकाश सरण महतले आयातित सामाग्रीमा लेबलिङ गर्न आवश्यक रहेको बताउनुभएको छ ।
नेपाल प्रेस यनियन पर्सा शाखाद्वारा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । अर्थमन्त्री महतले लेबलिङले अवैध रुपमा भित्रिने समानहरुलाई नियन्त्रण गर्न सहयोग गर्ने स्पष्ट पार्दै सबैले यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताउनुभयो ।

उहाँले मुलुकको अर्थतन्त्रमा देखिएको समस्या विस्तारै कम हुँदै गएको र वैदेशिक सञ्चिति सुधारन्मुख रहेको बताउनुभयो । अर्थमन्त्री महतले बैंकहरुको उच्च ब्याजदरका कारण अर्थतन्त्रमा पुंजी प्रवाहमा देखिएको समस्या केही हदसम्म सम्बोधन भएको दाबी गर्नुभयो । उहाँले जलवायु परिवर्तनका कारण समयमा वर्षा नहुँदा तराई मधेशका जमिनहरु बाझो भएको र यसले खाद्यान्न तथा खानेपानीको अभाव सृजना गरेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । यसको दिर्घकालिन समाधानतर्फ सरकार गम्भीर रहेको अर्थमन्त्री महतको भनाई छ ।

नेकपा एमालेले सुन तस्करी प्रकरणमा अर्थमन्त्रीको समेत संलग्नता रहेको पत्रकारको प्रशनको जवाफ दिँदै अर्थमन्त्री महतले यसमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पार्नुभयो । अर्थमन्त्री महतले राज्यको संरचनाले सुन पक्राउ गरेर अनुसन्धान गरिरहेको हुँदा त्यसका लागि उच्च स्तरको छानबीन समिति गठन गर्न आवश्यक नभएको बताउनुभयो । उहाँले वीरगञ्ज चिनी कारखाना संचालनका लागि सम्भाव्यता अध्यन्न भइरहेको बताउनुभयो । उहाँले कारखाना पुनः संचालनको सन्र्दभमा आफ्नो छुट्टै धारणा रहेको हुँदा हचुवाको भरमा काम गरे त्यसले दिर्घकालिन लाभ नदिने बताउनुभयो । मुलुकमा रहेको निजी चिनी मिलहरु राम्रोसंग संचालन नभइरहेको अवस्थामा सरकारले संचालन गर्ने कारखाना चल्न नसक्ने बताउनुभयो ।

उहाँले वर्तमान सरकारले सुशासन, सेवाको प्रत्याभूती र विकास निर्माणको काममा केन्द्रित रहेको बताउनुभयो । उहाँले पार्टीले संगठन बिस्तारको कामलाई अगाडी बढाउन कार्यक्रम लिएर अघि बढेको बताउनुभयो । प्रेस युनियन पर्साका अध्यक्ष बिजय चौहानको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा पर्सा क्षेत्र नम्बर २ का प्रतिनीधि सभा सदस्य अजय चौरसिया, प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्री, मधेश प्रदेशका पूर्व खानेपानी मन्त्री ओमप्रकाश शर्मा, वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनीधि प्रकाश उपाध्याय लगायतको उपस्थिती रहेको थियो । पत्रकार सम्मेलनको सहजीकरण प्रेस युनियन पर्साका उपाध्यक्ष क्रान्ति साहले गरेका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

रास्वपा पर्सा–४ मा मिश्राको प्यानल हावी, शाक्य पक्षलाई धक्का

रास्वपा पर्सा–४ मा मिश्राको प्यानल हावी, शाक्य पक्षलाई धक्का

जेष्ठ २७, २०८३
एसईई टपरलाई ल्यापटप उपहार, शिक्षकलाई नगद पुरस्कार

एसईई टपरलाई ल्यापटप उपहार, शिक्षकलाई नगद पुरस्कार

जेष्ठ २७, २०८३
‘बालअधिकारमा संवेदनशील पत्रकारिता आवश्यकः असारभित्र वीरगंज साक्षर पालिका घोषणा गरिने’

‘बालअधिकारमा संवेदनशील पत्रकारिता आवश्यकः असारभित्र वीरगंज साक्षर पालिका घोषणा गरिने’

जेष्ठ २७, २०८३
सरकारी विज्ञापन नीतिविरुद्ध पर्सामा पत्रकारको धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न चेतावनी

सरकारी विज्ञापन नीतिविरुद्ध पर्सामा पत्रकारको धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न चेतावनी

जेष्ठ २७, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि