Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

तस्करीको सामान छोड्न पत्रकार भनेर सशस्त्र प्रहरीलाई थर्काउने झोलेहरुको विगविगी

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन १७, २०८०
तस्करीको सामान छोड्न पत्रकार भनेर सशस्त्र प्रहरीलाई थर्काउने झोलेहरुको विगविगी

वीरगंज (पर्सा), १७ साउन । वीरगंज भन्सार स्थित सशस्त्र प्रहरीलाई पत्रकार भनेर थर्काउनेहरुको विगविगी बढेको छ । तस्करीको सामान नछोडेपछि आफू पत्रकार हो भनेर थर्काउनेहरु कार्य तिब्र रुपमा बढेको छ । पत्रकार नै नभएको व्यक्तिहरु पत्रकार जस्तो पवित्र संगठनको नाममा तस्करी गर्ने, तस्करको सामान छुटाउन सशस्त्र प्रहरीलाई थर्काउने गरेको पाइएको छ । भन्सार छेउछाउमा तस्करी गर्ने, गराउने कार्य गर्दै आएका व्यक्तिले ड्युटीमा खटेका सशस्त्र प्रहरीको देखावटी भिडियो बनाउने, त्यतिले नभई सशस्त्र प्रहरीको कार्यालय परिसरमा पुगेर आफू पत्रकार हो, सरुवा गराईदिन्छु भन्दै थर्काउने गरेका हुन् ।

यस्ता झोले व्यक्तिहरुको कारण पत्रकार महासंघ पर्सा बद्नामी खेपी रहेको छ । जसको कारण पत्रकारिता गर्ने व्यक्ति पनि केही सूचना लिन जाँदा पनि अप्ठ्यारो पर्ने गरेको छ । पत्रकार भनेर तस्करी गर्ने जस्ता विभिन्न क्रियाकलापहरु गर्दै आएका छन् । पत्रकार गर्ने पत्रकारले कहिलेपनि भन्सार क्षेत्रमा देखा पर्दैनन् तर ठूलठूला कार्डधारी पत्रकारको नाममा तस्करी गर्नेहरुको दिनहुँ भीड लाग्छ । विहानदेखि बेलुकासम्म पत्रकार भनेर तस्करीको सामान छुटाउने काम गर्दै आएको बताइएको छ । दिनभरि भन्सार क्षेत्रमै देखा पर्ने इनर्वा, छपकैयाका केही युवाहरु ठुलठूला कार्ड बोकेर सशस्त्र प्रहरी कहाँ तस्करीको सामान छुटाउने दबाब दिने गरेको पाइएको हो ।

आफूलाई पत्रकार भन्ने दुईजना युवाको समूहले दिनहुँ भन्सारमा भिडियो, तस्विर खिचि रहेका हुन्छन् । उनीहरुको काम हो मोबाइल देखाएर तस्करीको सामान छुटाउने । तस्करीको सामान सशसत्र प्रहरीले समातेपछि त्यसको पछि पछि लागि अनावश्यक रुपमा भिडियो बनाउने गरेका छन्, जसले गर्दा सशस्त्र प्रहरीलाई ड्युटी गर्न पनि कठिनाई हुने गरेको छ । विहानदेखि चर्को घाममा ड्युटीमा खटेका सशस्त्र प्रहरीसँग अनावश्यक मुख लाग्ने, आफू पत्रकार हो भन्दै जे पनि गर्न सकिने मनसायका व्यक्तिहरुको विगविगी भएको हो ।

यसबारे नेपाल पत्रकार महासंघ पर्सा शाखाका सचिव भूषण यादवले आफूलाई पत्रकार भनेर गलत क्रियाकलाप गर्नेहरुलाई प्रहरीले कारवाही गर्नुपर्ने बताए । उनले पत्रकार नै नभएका व्यक्तिले जबरजस्ती थर्काउन खोजे प्रहरीको जिम्मा लगाउन आग्रह गरे । पत्रकारै नभएका व्यक्तिले पत्रकार भनेर तस्करी गराउने, तस्करीको सामान छुटाउन जबरजस्ती दबाब दिने कार्य गरे नेपाल पत्रकार महासंघ पर्सा शाखासँग समन्वय गरि प्रहरीलाई बुझाउन भने । अहिले भन्सारमा आधा दर्जन भन्दा बढि युवाहरुको समूह आफूलाई पत्रकार भन्दै तस्करी गर्ने र गराउने गरेको पाइएको छ ।

https://birgunjtimes.com/wp-content/uploads/2023/08/Bhansar.mp4
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

गुठीका पोखरी अतिक्रमण हटाउन थप १५ दिनको समय

गुठीका पोखरी अतिक्रमण हटाउन थप १५ दिनको समय

भदौ २९, २०८३
बेतौनामा पानीको कहरः भूमिगत दोहनले चापाकल सुके, एउटै समरसेवलको सहारामा २०० परिवार !

बेतौनामा पानीको कहरः भूमिगत दोहनले चापाकल सुके, एउटै समरसेवलको सहारामा २०० परिवार !

भदौ २९, २०८३
बबिताको प्रसवदेखि पविताको मृत्युसम्मः स्वास्थ्य प्रणालीको भयावह स्थिति ! स्वास्थ्य सेवा कि व्यापार

बबिताको प्रसवदेखि पविताको मृत्युसम्मः स्वास्थ्य प्रणालीको भयावह स्थिति ! स्वास्थ्य सेवा कि व्यापार

भदौ २९, २०८३
काठमाडौंमा ग्यास अभाव टार्न तराईका उद्योग २४ घण्टा संचालनमाः वैकल्पिक बाटोबाट ग्यास पठाइँदै

काठमाडौंमा ग्यास अभाव टार्न तराईका उद्योग २४ घण्टा संचालनमाः वैकल्पिक बाटोबाट ग्यास पठाइँदै

भदौ २८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि