Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पाठेघर सम्बन्धि नि:शुल्क स्वास्थ्य शिविरमा ७४ जना महिलाले लिए सेवा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन १४, २०८०
पाठेघर सम्बन्धि नि:शुल्क स्वास्थ्य शिविरमा ७४ जना महिलाले लिए सेवा

• मुस्कान श्रेष्ठ
वीरगंज (पर्सा), १४ साउन । नेवा देय् दबू बिरगंज महानगर समितिले महिलाहरुको पाठेघर सम्बन्धि निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । बिरगंज स्थित नारायणी अस्पतालको सहयोगमा आयोजित निशुल्क स्वास्थ्य शिविरमा ७४ जना महिलाले चेकजाच गराएका छन् । स्वास्थ्य शिविर कार्यक्रमलाई सम्बोधन गर्दै बिरगंजकी समाजसेवीका अन्नपुर्ण मानन्धरले महिलाहरु स्वस्थ भए मात्रै परिवार र समाजको स्वास्थ्य सुधार हुनेमा जोड दिनुभयो । उहाँले नेपाली महिलाहरुमा पाठेघरको मुखको हुने क्यान्सरले बिकराल रुप लिइरहेको भन्दै समयमै महिलाहरु आफ्नो स्वास्थ्य प्रति सचेत हुनुपर्ने कुरामा समेत जोड दिनुभयो ।

स्वास्थ्य शिविरमा चेकजाँचको क्रममा महिलाहरुमा तल्लो पेट दुख्ने, सेतो पानी बग्ने लगायतको समस्या भेटिएको नारायणी अस्पतालकी स्त्री तथा प्रसुति रोग बिशेषज्ञ डा. दिप्ती यादवले जानकारी दिनुभयो । पाठेघरको मुखको क्यान्सर स्क्रिनिंग(भिआइए ) परीक्षण गराएका मध्ये १२ जनामा पाठेघर सम्बन्धी समस्या देखिएकाले थप उपचारका लागि नारायणी अस्पताल आउन सल्लाह दिएको उहाँले बताउनुभयो । शिविरमा नारायणी अस्पतालकी स्त्री तथा प्रसुति रोग बिशेषज्ञ डा. प्रिती यादव, डा. दिप्ती यादव, डा. मिता महर्जनले संयुक्तरुपमा महिलाहरुको चेकजाँच गर्नु भएको थियो ।

पाठेघर सम्बन्धि निशुल्क स्वास्थ्य शिवीर बिशेष गरी गाउँघरमा हुने गरेको हुदा सहरी क्षेत्रमा समेत यसको आवश्यकतालाई मध्य नजर गर्दै बिरगंजमा यो शिविरको आयोजना गरिएको नेवा देय दबू बिरगंज महानगर समितिका अध्यक्ष सत्यम खड्गीले जानकारी दिनुभयो । उहाँले पाठेघरमा हुने क्यान्सरको कारण महिलाहरुले ज्यान गुमाउनु परेको भन्दै यही बिकराल समस्या केही न्यूनीकरण होस भन्ने उद्देश्य लिएर शिविरको आयोजना गरेको बताउनुभयो ।

नारायणी अस्पतालकी प्रसुती गृहकी नर्सिङ्ग इन्चार्ज हेमा थापाले पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरको बिषयमा जानकारी गराउनु भएको थियो । उहाँले गाउँघरमा महिलाहरु स्वास्थ्य अज्ञानताको कारण र सहरी क्षेत्रमा भने जानकारी भएर पनि चेकजाँचका लागि समय नभएको कारण यो रोगबाट पिडीत हुने गरेको बताउनुभयो । थापाले यसबाट जोगिन बेलाबेलामा पाठेघरको समस्या चेकजाच गर्न आग्रह गर्नुभयो ।

शिविर कार्यक्रममा नारायणी अस्पतालका मेडिकल सुपरिटेनडेन्ट डा. चितरजन शाह, बरिष्ठ स्त्री तथा प्रसुति रोग बिशेषज्ञ डा. सुरेन्द्र चौधरी लगायतको उपस्तिथी रहेको थियो । शिविरमा उपचार पश्चात निशुल्क औषधि समेत वितरण गरिएको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा गहवामाईको दोश्रो रथयात्रा सम्पन्न, हजारौँ भक्तजनहरुको भीड

श्री गहवामाई रथयात्राको तयारी तीब्र

असार २२, २०८३
ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

असार २२, २०८३
यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

असार २२, २०८३
बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

असार २२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि