Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

गुणस्तरहीन कालोपत्र गरेपछि स्थानीयले घेरे ठेकेदार, पुनः निर्माण गर्न सांसद यादवको निर्देशन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन १४, २०८०
गुणस्तरहीन कालोपत्र गरेपछि स्थानीयले घेरे ठेकेदार, पुनः निर्माण गर्न सांसद यादवको निर्देशन

वीरगंज (पर्सा), १४ साउन । वीरगंज महानगरपालिका वडा नं. ३१ को मिलन चौकदेखि लालपर्सासम्म बनिरहेको सडकमा गुणस्तरहीन काम भएको भन्दै त्यसलाई तत्काल मादण्ड अनुसार निर्माण गर्न निर्देशन दिइएको छ । पर्सा क्षेत्र नं. १ का सांसद प्रदीप यादले ठेकेदार कम्पनी एवं भौतिक पूर्वधार विकास मन्त्रालय अन्तर्गतको सडक डिभिजन कार्यालय हेटौडाका इन्जिनियरलाई मापदण्ड अनुसार गुणस्तर काम गर्न निर्देशन दिएका हुन् ।

सडक निर्माण कार्य पर्साको क्षेत्र नं. १ मा पर्ने भएको हुँदा कमसल सामाग्री प्रयोग गरि गुणस्तरहीन काम गरेर सांसद यादवलाई बद्नाम गर्न खोज्दा स्थानीयहरुले ठेकेदार कम्पनीलाई घेरेर यादवलाई जानकारी गराएका थिए । त्यस पश्चात सांसद यादवको निर्देशनमा स्वकीय सचिव निखिल वणर्वालको नेतृत्वमा सडक डिभिजन कार्यालय प्रमुख सहितको टोली तत्काल निर्माणस्थल पुगी अनुगमन गर्दा गुणस्तरहीन काम भएको पाएपछि सांसद यादले मापदण्ड अनुसार गुणस्तरीय काम गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका थिए । मिलन चौकदेखि लालपर्सा सम्मको ७.५ किलोमिटर सडक स्तरोउन्नति एवं कालोपत्रे गर्न शारधा अमित जेवी कम्पनीले ठेक्का सकार गरेको छ । कम्पनीले सडक ३.५ मिटरदेखि ७ मिटर सम्मको चौडाईमा कालोपत्रे गर्न २ करोड ९८ लाखमा ठेक्का सकार गरेको छ ।

सडक कालोपत्रे गरेको केहि दिनमै पिच खुइलिएको भिडियोहरु समाजिक सञ्जालमा सार्वजनिक भएपछि सांसद यादव सडकको अनुगमन गर्न इन्जिनियर एवं निर्माण कम्पनी सहितको टोलीलाई शनिवार मिलन चौकमा बोलाएका थिए । त्यस पश्चात स्थानीयहरुले गुणस्तरहीन काम गरेको भन्दै विरोध जनाउन थालेपछि ठेकेदार कम्पनी र इन्जिनियरलाई गुणस्तरीय काम गर्न निर्देशन दिएका थिए । सडक निर्माणमा ठेकेदार कम्पनी र इन्जिनियरको मिलोमतोमा गुणस्तरहीन काम भएको स्थानीयहरुको भनाई छ ।

कालोपत्रे कमजोर हुनुमा भौतिक पूर्वधार विकास अन्तर्गतको सडक डिभिजन कार्यालयका कर्मचारी एवं ठेकेदार कम्पनी दोषी स्थानीयहरुको भनाई छ । उनीहरुले निर्माण कम्पनीले हतारमा रातीको समयमा काम गरेको कारण कालोपत्रे गर्ने काम गुणस्तरीय नभएको बताए । कालोपत्रे उप्केको ठाउँमा पुनः कालोपत्रे गर्नुपर्ने स्थानीयहरुको माग छ । ठेकेदार कम्पनी शारधा अमित जेवीका संचालक जितेन्द्र साहले पिच गर्ने वेलामा पानी परेको एवं केहि प्राविधिक त्रुटि भएको कारण केही स्थानमा पिच उप्केको स्वीकारे । उनले कालोपत्रे उप्केको जानकारी पाउने वित्तिकै पुनः निर्माणको कार्य थालनी गरिसकेको बताए ।

सडक निर्माणको क्रममा मौसमले साथ नदिएको कारण केही ठाउँमा सडक गुणस्तरीय हुन नसकेको भन्दै साहले दुई हप्ताभित्र विग्रेको सडक पुनः निर्माण गरिने विश्वास व्यक्त गरे । अनुगमनको लागि मिलन चौक पुगेका भौतिक पूर्वधार विकास कार्यालय अन्तर्गतका सडक डिभिजन कार्यालय हेटौडाका इन्जिनियर ग्रिसनन्द पोरसले कम्पनीले राम्ररी काम नगरे धरौटी फिर्ता नहुने एवं ठेक्काको रकम असुल उपर गर्न सक्ने बताए ।

उनले केही ठाउँमा कालोपत्रे खुलिएको कुरा आएको हुँदा कम्पनीलाई तत्कालै सो ठाउँमा पुनः कालोपत्रे गर्न पत्रचार गरि सकिएको बताए । कार्यालयको पत्रचारपछि कम्पनीले काम पनि शुरु गरिसकेको हुँदा स्थानीयहरुलाई नआतिन आग्रह गरे । गुनासो बढेपछि आफु स्वयम पुनः बाटो हेर्न आएको उनको भनाई छ । अन्य ठाउँहरुको पिचको गुणस्तर राम्रो पाइएको भएपनि मिलन चौकमा अलि समस्या रहेको उनले बताए । बाटो निर्माण भएको वेलामा कुनै ठाउँमा पिच नखुइएिको बताउँदै उनले कम्पनीलाई आर्थिक बर्षको अन्ततिर भुक्तानी गरिएको भएपनि बिग्रेको काम पुनः ठेकेदार कम्पनीले बनाउने प्रावधान रहेकोले ठेकेदारले विग्रेको सडक तत्काल पुनः निर्माण गर्ने बताए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

रास्वपा पर्सा–४ मा मिश्राको प्यानल हावी, शाक्य पक्षलाई धक्का

रास्वपा पर्सा–४ मा मिश्राको प्यानल हावी, शाक्य पक्षलाई धक्का

जेष्ठ २७, २०८३
एसईई टपरलाई ल्यापटप उपहार, शिक्षकलाई नगद पुरस्कार

एसईई टपरलाई ल्यापटप उपहार, शिक्षकलाई नगद पुरस्कार

जेष्ठ २७, २०८३
‘बालअधिकारमा संवेदनशील पत्रकारिता आवश्यकः असारभित्र वीरगंज साक्षर पालिका घोषणा गरिने’

‘बालअधिकारमा संवेदनशील पत्रकारिता आवश्यकः असारभित्र वीरगंज साक्षर पालिका घोषणा गरिने’

जेष्ठ २७, २०८३
सरकारी विज्ञापन नीतिविरुद्ध पर्सामा पत्रकारको धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न चेतावनी

सरकारी विज्ञापन नीतिविरुद्ध पर्सामा पत्रकारको धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न चेतावनी

जेष्ठ २७, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि