Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

रौतहटको औरैयामा सञ्चालित प्रसूति केन्द्र ‘मोडेल’ बन्न सफल

रौतहट, ईशनाथ नगरपालिकास्थित औरैया प्रसूति केन्द्रमा आयोजित नीतिगत संवाद कार्यक्रमा सो मोडेलको मूल्याङ्कनसहित नेपालका अन्य जोखिमयुक्त क्षेत्रमा जलवायु–उत्थानशील स्वास्थ्य पूर्वाधारको विस्तारका पक्षमा स्पष्ट लक्ष्य तथा कार्यदिशा तय गर्नुपर्नेमा जोड दिइएको थियो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक ६, २०८३
रौतहटको औरैयामा सञ्चालित प्रसूति केन्द्र ‘मोडेल’ बन्न सफल

औरैया (रौतहट), ६ कात्तिक । युएनएफपिएको सहयोगमा नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवालाई जलवायु–उत्थानशील बनाउने ‘मोडेल’ स्थापना भएको छ । जलवायुजन्य विपद्का समयमा पनि अग्रपङ्क्तिमा क्रियाशील स्वास्थ्य संस्थाहरूले जीवन रक्षाका क्षेत्रमा निरन्तर सेवा सञ्चालन गर्न सक्छन् भन्ने प्रमाणित गर्न रौतहट ‘मोडेल’ सफल भएको छ ।

रौतहट, ईशनाथ नगरपालिकास्थित औरैया प्रसूति केन्द्रमा आयोजित नीतिगत संवाद कार्यक्रमा सो मोडेलको मूल्याङ्कनसहित नेपालका अन्य जोखिमयुक्त क्षेत्रमा जलवायु–उत्थानशील स्वास्थ्य पूर्वाधारको विस्तारका पक्षमा स्पष्ट लक्ष्य तथा कार्यदिशा तय गर्नुपर्नेमा जोड दिइएको थियो । सो अवसरमा नेपालस्थित संयुक्त राष्ट्रसङ्घकी आवासीय संयोजक लीला पिटर्स याहियाले भन्नुभयो, “औरैया प्रसूति केन्द्रको यस भ्रमणबाट लक्षित क्षेत्रमा गरिने साना लगानीले पनि मातृ स्वास्थ्य सेवामा पहुँच बढाई वास्तविक परिवर्तन ल्याउन सकिन्छ भन्ने पुष्टि भएको छ ।

स्वास्थ्य चौकीमा योग्य नर्सको उपस्थितिले समुदायमा विश्वास निर्माण गरेको छ, यसबाट परम्परागत सोच बढी रहेका समुदायसहित ग्रामीण महिलालाई गर्भावस्था तथा सुत्केरीपछि स्वास्थ्य सेवा लिन आत्मविश्वास प्रदान गरेको छ ।” उहाँहले भन्नुभयो, “ग्रामीण स्वास्थ्य चौकी, योग्य स्वास्थ्यकर्मी र आवश्यक पूर्वाधारमा गरिने लगानीले जीवन बचाउँछ । त्यसैले मातृ तथा प्राथमिक स्वास्थ्य सेवाका लागि आन्तरिक स्रोत परिचालन गर्नु अत्यन्त महत्त्वपूर्ण छ । यो नेपालभरका महिला, परिवार र समुदायमाथिको लगानी हो ।”

जापान सरकारको आर्थिक सहयोगमा सञ्चालित ‘नेपालमा मातृ तथा बाल स्वास्थ्य सेवा र अनुकूलन क्षमताको सुधार’ परियोजनाअन्तर्गत सञ्चालित जलवायु–उत्थानशील स्वास्थ्य सेवासहित नमूनाका रुपमा प्रस्तुत हुन औरैया प्रसूति केन्द्र सफल भएको छ । युएनएफपिएले स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयसँगको सहकार्यमा कार्यान्वयन गरेको यस परियोजनाअन्तर्गत उक्त स्वास्थ्य संस्थामा विद्युत् ‘ब्याकअप’ प्रणाली, चिकित्सकीय फोहोरमैला व्यवस्थापन स्थल, ‘भेन्टिलेसन’ , पानी शुद्धीकरण एकाइलगायतका सुधारको व्यवस्था गरिएको छ ।

पूर्वाधारका साथै नगरपालिकास्तरीय स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिका लागि मार्गदर्शन तयारी तथा जलवायु–अनुकूलित स्वास्थ्य कार्ययोजना विकास गरेर सरकारी स्वामित्व सुदृढ गर्दै दीर्घकालीन रुपमा सञ्चालन सुनिश्चित गर्ने पहल परियोजनाले गरेको छ । नेपालस्थित युएनएफपिएका उपप्रतिनिधि डा वशिर नजिबले भन्नुभयो, “गत भदौमा नेपालमा गएको बाढीले गर्भवती तथा नवजात शिशुको स्वास्थ्य सेवामा कति समस्या ल्याउन सक्छ भन्ने देखायो ।

स्थानीय योजना तथा सुदृढ पूर्वाधारले सुसज्जित, विपद्का लागि तयार र जलवायु–उत्थानशील स्वास्थ्य केन्द्र निर्माण गर्नु जीवन रक्षाको अनिवार्य आवश्यकता हो । जापान सरकारको सहयोगमा सञ्चालित यस परियोजनामार्फत युएनएफपिए प्रत्येक आमा र नवजात शिशुको सुरक्षाका लागि प्रमाणित अनुकूलन मोडेलहरू दिगो रूपमा सञ्चालन गर्न तथा देशव्यापी रूपमा पुर्याउन सबै तहका सरकारसँग साझेदारी गर्न प्रतिबद्ध छ ।”

यसैगरी, ईशनाथ नगरपालिकाकी उपप्रमुख कौशल्या देवीले भन्नुभयो, “प्रतिकूल अवस्थामा पनि गर्भवती तथा नवजात शिशुलाई निर्बाध रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन तीनै तहका सरकारबीच सहयोग, सहकार्य र समन्वय हुन आवश्यक छ । विपद् पूर्वतयारी, स्वास्थ्य सेवाको निरन्तरता दिन र स्थानीय समुदायलाई बढी आवश्यक परेका बेला स्वास्थ्य संस्थाहरू सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्दछु ।” सो अवसरमा युएनएफपिएले विपद् पूर्वतयारी तथा प्रतिकार्य क्षमता सुदृढ गर्न मधेस प्रदेश सरकारलाई करिब एक लाख अमेरिकी डलर मूल्यको जीवनरक्षक औषधि तथा अत्यावश्यक उपकरण हस्तान्तरण गरेको थियो ।

जापान सरकारको वित्तीय सहयोगमा खरिद गरिएका ती उपकरणहरू रौतहट जिल्लाका पाँचवटा स्वास्थ्य संस्थामा आकस्मिक प्रसूति तथा नवजात शिशु स्याहार सेवा सुदृढ गर्न पनि वितरण गरिने बताइएको छ । जापान सरकारको सहयोगमा सन् २०२५ देखि सञ्चालित मातृ तथा बाल स्वास्थ्य सेवा र अनुकूलन क्षमताको सुधार परियोजनाले जलवायु जोखिममा रहेका जाजरकोट र रौतहट जिल्लामा जलवायु जोखिम तथा अनुकूलनसँग सम्बन्धित काम गरिरहेको युएनएफपिएले जनाएको छ । संयुक्त राष्ट्रसङ्घको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी निकायका रुपमा युएनएफपिएले नेपाललाई आर्थिक तथा प्राविधक सहयोगसहित विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ । रासस

Tags: ईशनाथ नगरपालिका औरैया रौतहट
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सार्वजनिक स्थानमा हतियारसहित अश्लील नृत्यको भिडियो फेसबुकमा राख्ने युवती पक्राउ, युवक फरार

सार्वजनिक स्थानमा हतियारसहित अश्लील नृत्यको भिडियो फेसबुकमा राख्ने युवती पक्राउ, युवक फरार

कार्तिक ६, २०८३
रौतहटको औरैयामा सञ्चालित प्रसूति केन्द्र ‘मोडेल’ बन्न सफल

रौतहटको औरैयामा सञ्चालित प्रसूति केन्द्र ‘मोडेल’ बन्न सफल

कार्तिक ६, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

अपराधिक लाभ र बाल यौनदुरुपयोगको कसुरमा संलग्न चारजना पक्राउ

कार्तिक ६, २०८३
‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

कार्तिक ६, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि