वीरगंज (पर्सा), १३ साउन । पर्सा प्रहरीले बरामद गरेको राजस्व छलिको विभिन्न सामानहरु भन्सार कार्यायलमा बुझाएको छ । साउन ११ र १२ गते जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट बरामद गरेको राजस्व छलिको सामानहरु भन्सार कार्यालयमा बुझाएको पर्साका प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
उनका अनुसार वडा प्रहरी कार्यालय प्रहरी टोलीले बरामद गरेको काजु ३ सय केजी, ठूलो भेष्ट ५२ पिस, सानो भेष्ट ७३ पिस, लेडिज फ्रक ३० पिस, लेडिज टप १२ पिस, लेडिज पाइन्ट २ पिस गरि अन्दाजी ४ लाख ७२ हजारको सामान भन्सार कार्यालयमा बुझाएको छ । यसैगरि वडा प्रहरी चौकी भिस्वाको टोलीले कस्तुरी मदिरा ९० पिस, अस्थायी प्रहरी चौकी इनर्वाको टोलीले विभिन्न किसिमको तरकारी २८ क्यारेट, अन्दाजी ६० हजार मूल्य बराबरको बरामद भन्सार बुझाइएको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस् !