वीरगंज (पर्सा), १३ साउन । पर्सा प्रहरीले बिलबिजक भन्दा बढि औषधी तथा खुद्रा सामानहरु लोड गरेको ट्रक नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलीले वीरगंजबाट परवानीपुरतर्फ जाँदै गरेको ना. ३ ख ७०५३ नम्बरको मालबाहक कन्टेनर सहितको ट्रक नियन्त्रणमा लिएको हो ।
अन्दाजी राति करिब ३ बजेको समयमा वीरगंज महानगरपालिका वडा नं. २१ परवानीपुर स्थित सडक खण्डमा ति ट्रकलाई नियन्त्रणमा लिइएको पर्साका प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए । उनका अनुसार बिलबिजक भन्दा बढ मालबस्तु लोड रहेको शंकाको आधारमा ट्रकलाई रोकेर चेकजाँच गर्दा बिलबिजक भन्दा बढिको सामान लोड रहेको देखिएको थियो ।
८३ लाख ९२ हजार ७८२ रुपैयाँको बिलबिजक रहेको ति ट्रकमा बिलबिजक भन्दा बढिको सामान रहेको शंका लागेपछि ट्रकलाई नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरी नायब उपरीक्षक गिरीको भनाई छ ।
प्रतिक्रिया दिनुहोस् !