Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंजमा खानेपानीको हाहाकार, महानगरद्वारा टोलटोलमा ट्याङ्करबाट पानी वितरण

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन १३, २०८०
वीरगंजमा खानेपानीको हाहाकार, महानगरद्वारा टोलटोलमा ट्याङ्करबाट पानी वितरण

वीरगंज (पर्सा), १३ साउन । वीरगंजमा खानेपानीको हाहाकार भएपछि ट्याङ्कर एवं ट्याङ्कीबाट टोलटोलमा पानी वितरणको कार्य तिब्र रुपमा भइरहेको छ । वीरगंज महानगरपालिकाको अधिकांश क्षेत्रमा चापाकल सुकेर पानीको अभाव हुन थालेपछि महानगरपालिकाले विभिन्न वडामा ट्याङ्करबाट पानी वितरण कार्यलाई तिब्रता दिएको हो ।

महानगरले वडाहरुमा पानी वितरणका लागि समय तालिका नै सार्वजनिक गरेको छ । महानगरले ट्याङ्करबाट पानी वितरण गर्नुका साथै विभिन्न स्थानमा अस्थायी ट्याङ्की नै राखेर पानी वितरणको व्यवस्था मिलाएको हो । नगरवासीको जनजीवन सहज बनाउन महानगरले समय नै तोकेर पानी वितरणका लागि तालिका सार्वजनिक गरेको महानगरका मेयर राजेशमान सिंहले बताए ।

विहान ५ बजेदेखि राती ८ बजेसम्म विभिन्न १९ वटा वडामा ट्याङ्करमार्फत पानी वितरण गरिरहेको र अन्य वडामा पनि समस्या देखिए पानी उपलब्ध गराइने मेयर सिंहले बताए । ट्याङ्करबाट अहिलेसम्म १९ वटा वडामा दैनिक पानी उपलब्ध गराइरहेको र ७ वटा वडाको विभिन्न स्थानमा अस्थायी ट्यांकी राखिएको छ । यसका साथै खानेपानी संस्थानको पाइपलाईन विस्तार भएका ठाउँको सार्वजनिक स्थानहरुमा खानेपानीको धारा जडान गर्ने कार्यलाई महानगरले तिब्रता दिएको मेयर सिंहको भनाई छ ।

वडा नम्वर १ देखि १७ र १९ मा खानेपानीको पाइपलाइन विस्तार भएकाले ती वडाका सार्वजनिक स्थानमा धारा जडान गर्ने कार्य भइरहेको महानगर खानेपानी शाखाका प्रमुख भोगेन्द्र चापागाइँले जानकारी दिए । पानीको सतह तल झरेपछि वीरगंज महानगरभित्रका विभिन्न वडाका हजारौँ चापाकलहरु सुकेका छन् । तत्कालै प्राकृत्तिक रूपमै जलस्तरमा सुधार आउने सम्भावना न्यून देखिएकाले महानगरले अहिले पानी ट्याङ्कीमार्फत अस्थायी रूपमा समस्या समाधानको प्रयास गरिरहेको हो ।

वीरगंज महानगरपालिका सहित विभिन्न सामाजिक संघ संस्थाहरुले पनि पानी वितरणलाई तिव्रता दिएका छन । सामाजिक उत्तरदायित्व अभियान अन्तरगत रेडियो बीरगंजले विगत दुई साता देखि पानी वितरण गर्दै आएको छ । रेडियो वीरगंजले आज वीरगंज महानगरपालिका वडा नम्बर १६ अमरचोक र रेल्वे चोकमा खानेपानी वितरण गरेको छ । खानेपानीको अभावमा परेकाहरुलाई तत्काल पानी उपलब्ध गराउने अभियानमा रेडियो वीरगंज क्रियाशिल रहदै आएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि